Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नपा ८ ले ल्यायो निशूल्क स्वास्थ्य विमा संगै खुत्रुके वितरण अभियान

बद्री नयाँघरे बद्री नयाँघरे
३ आश्विन २०७९, सोमबार
in प्रदेश नं ३, स्थानीय सरकार, स्वास्थ्य
0
48
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । नयाँ नयाँ जन प्रतिनिधिहरुको आगमन संगै नागरिकको पक्षमा काम गर्न होडबाजीनै चलेको छ । गत आबमा सबै नागरिकहरुलाई हिल टेक ट्याँकि वितरण गरेको रामेछाप नगरपालिका–८ ले यस वर्ष वडाका सबै नागरीकको निशुल्क स्वास्थ्य बिमा संगै नियमित बचतका लागि खुत्रुके वितरणको कामको आरम्भ गरेको छ । कार्यालयले आज साविकको वडा नं २ सल्लेमा एक औपचारीक कार्यक्रमको आयोजना गरी निशुल्क स्वास्थ्य बिमा संगै खुत्रुके बितरणको काम सुरु गरेको जानकारी गराएको हो ।

उसले रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने लाई प्रमुख अतिथि बनाएर सोमबार बाट उक्त कार्यको थालनी गरेको हो । कार्यक्रमको आरम्भ गर्दै प्रमुख न्यौपानेले निशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको वडा नं ८ को सेवालाई अन्यत्र वडामा पनि संचालन गर्नका लागि नगरपालिकाले पनि आबश्यक सहयोग गर्नै सोच बनाएको बताउनु भयो । सो क्रममा न्यौपानेले नगरले नगरको विकास र नागरिको हितका लागि कुनै पनि कसुर बाँकि नराख्ने भन्दै आफनो कार्यकालमा स्वास्थ शिक्षा र सडक तथा भौतिक संरचना निर्माणका क्ष्ोत्रमा धैरै काम गरेर देखाउने भिजन आफुसंग रहेको दावि पनि गर्नु भयो ।
कार्यक्रमका अबसरमा प्रमुख अतिथि न्यौपाने र उपप्रमुख बाल कुमारी थापा कार्कीले सल्लेका स्थानियलाई बिमा पत्र हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमका अबसरमा वडा अध्यक्ष सन्तोष तामाङ्कले उपचार खर्चको अभावमा वडाका कुनै पनि नागरीकले ज्यान गुमाउन नपरोस भनेर वडाका सबै नागरीकको पहुँचमा निशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रम तय गरेको जानकारी दिनु भयो ।
स्वास्थ विमा कार्यक्रम लागु भएको लामो समय वितिसक्दा पनि अधिकांस वडावासिहरु स्वास्थ्य विमाको पहुँच बाहिर रहेको र उनिहरुलाई विमाको पहुँच भित्र ल्याउन सकियोस भन्नका लागि वडा कार्यालयले पहिलो एक पटकका लागि भनेर सबै घरमा सेवा प्रवाह गर्न लागेको जानकारी पनि अध्यक्ष तामाङले दिनु भयो । निशुल्क विमा नहुँदा कतिपयले उपचार खर्चको अभावमा छटपटाउनु परेको भन्दै त्यस खालको कर्मबाट नागरिकलाई मुक्ति दिलाउनका लागि वडा कार्यालयले सेवा आरम्भ गरेको पनि वडाअध्क्ष तामाङले जानकारी दिनु भयो ।


स्वास्थ्य बिमा प्रति नागरीकहरुको आकर्षण बढाउन र सबै नागरिकहरुलाई स्वास्थ्य उपचारमा सरल र सहज पहुँच पुर्याउने उद्देश्यले वडामा रहेका सबै घर परिवारलाई उक्त सेवामा समाहित गराउन लागिएको हो । अभियानलाई आगामि बर्ष पनि क्रमशः अन्य टोलहरुमा विस्तार गरि सबै घर परिवार सम्म लैजानै निति पनि कार्यलयले लिएको छ ।
प्रकृया अनुसार वडा कार्यालयले हरेक परिवारको ५ जनाको स्वास्थ्य बिमा निशुल्क गरिदिने छ भने अर्कोे पटकको विमा नविकरणमा सहज होस भन्न र नियमित बचत प्रति पे्ररणा दिलाउन खुत्रुके वितरण गरिएको पनि सो अबसरमा जानकारी दिईएको थियो ।
कार्यक्रमा नेपाली काँग्रेस रामेछापका उप सभापति लेख बहादुर कार्किले वडा कार्यालयले गरेको कामको प्रशंसा गर्नु हुँदै जन प्रतिनिधिलाई ईमान्दारीतका साथ नागरीकको पक्षमा काम गर्दै नागरिकको विश्वास जित्न आग्रह गर्नु भएको थियो ।

Share19Tweet12Share3

Related Posts

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

३ आश्विन २०७९, सोमबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

३ आश्विन २०७९, सोमबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

३ आश्विन २०७९, सोमबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

३ आश्विन २०७९, सोमबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

३ आश्विन २०७९, सोमबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

३ आश्विन २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero