Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पर्यटन मन्त्रीद्धारा मन्थली एअरपोर्ट संचालनमा वेवास्ता

नेपाल अभियान नेपाल अभियान
६ आश्विन २०७९, बिहीबार
in प्रदेश नं ३, समाचार, समाज
0
70
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । संस्कृति , पर्यटन तथा नागरिक उडड्यन मन्त्री जिवनराम श्रेष्ठले मन्थली एअरपोर्ट संचालनमा वेवास्ता देखाउनु भएको छ । मन्त्रालयका उच्च अधिकारीहरु सहित विहिबार मन्थली आईपुग्नु भएका मन्त्री श्रेष्ठल दिउँसो सदरमुकाम मन्थली स्थित रामेछाप विमानस्थलको निरीक्षण गरेको भएपनि स्थानिय बासिन्दाले विमान स्थल संचालनका लागि गरेको मागको भने वेवास्ता गर्नु भएको छ । सो क्रममा उहाँले त्यहाँको अबस्थाका बारेमा पनि जानकारि लिनु भएको थियो ।
निजी क्षेत्रको समिट एयरको चार्टर जहाँज चढेर दिउँसो विमानस्थलमा उत्रिएको मन्त्री सहितको टोलीले विमानस्थलका पूर्वाधार र त्यहाँको अबस्थाका बारेमा पनि जानकारी लिएको थियो । सो अबसरमा विभिन्न कम्पनीका प्रतिनिधि र नागरिक उडड्यन प्राधिकरणका अधिकारीले मन्त्री श्रेष्ठलाई विमानस्थलको समस्याको बारेमा जानकारी गराउनुका साथै । त्यहाँको समस्या र समाधानका बारेमा पनि जानकारी गराएका थिए ।
विमानस्थलमा स्थानिय हरुले मन्त्री श्रेष्ठलाई हप्तामा कम्तिमा पनि रामेछापबाट काठमाण्डौका लागि एउटा उडान राख्नका लागि अनुरोध गरेका थिए । तर उक्त अनुरोधलाई मन्त्री श्रेष्ठले खासै चासो राखेनन् । सो क्रममा उनले रामेछापबासीको मागका समन्धमा आफनो ध्यानाकर्षण भएको मात्र वताए । यस अघीका पर्यटन मन्त्री प्रेम आलेले पनि करिब ५ महिना अघि रामेछापको गाल्वामा आयोजित पार्टिको कार्यक्रममा जहाज चलाउने बचन दिएको भए पनि उक्त बचन पनि पुरा भएन् । रामेछाप विमानस्थलबाट ब्यवसायीक उडान गर्दे नाफा आर्जन गर्दे आएका निजि विमान कम्पनीहरुले रामेछाप काठमाण्डौ उडानमा यात्रु नहुने भन्दै प्राधिकरणको आँखामा छारे हाल्दै आएका छन् । स्थानीयले केहि बर्ष देखिनै रामेछाप देखि काठमाण्डौका लागि यात्रु बाहक हवाई सेवा संचालनको माग गरेपनि विमान कम्पनी र सरकारले त्यसको कुनै वास्ता गरेका छनन् ।
पंचायत कालमानै निर्माण भएको उक्त विमान स्थललाई कालो पत्रे गरेर स्तरोन्नति गरीएको भएपनि लामो समय देखि यस एरपार्टमा कुनै पनि कम्पानिले जहाज उडाएका छैनन् । तर नेपाल नागरिक उडड्यन प्राधिकरणले भने सोलुजाने पर्यटकहरुका लागि असोज ९ देखि मन्थली एरपोर्ट बाट लुक्लाका लागि जहाज उडाउने तयारी गरेको छ । त्यस बाहेक तारा सिता र समिट एयरले पनि पर्यटक केन्द्रीत उडान भर्ने तयारी गरेका छन् ।
काठमाण्डौंको विमानस्थलमा हुने हवाई चापलाइ कम गर्न रामेछाप विमानस्थलबाट लुक्लाका लागि उडान हुन लागेको हो । लुक्लाको मौसम राम्रो हुदा रामेछापबाट अधिकतम उडान गर्ने योजना वायुयान संचालकको छ । काठमाण्डौंबाट लुक्ला जाने यात्रुहरुलाई गाडिमा राखेर विपी राजमार्ग हुदै रामेछाप विमानस्थल सम्म लैजाने र त्यहि बाटो काठमाण्डौ फर्काउने विगतको कार्य यस बर्ष समेत निरन्तरता दिईने भएको छ । काठमाण्डौंबाट रामेछाप विमानस्थल सम्मको सडक मार्ग यात्राका लागि करिव ४ घण्टाको समय लाग्ने भएकोले पनि ब्यवसायीहरुको रोजाईमा मन्थली विमानस्थल परेको हो ।

Share28Tweet18Share5

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

६ आश्विन २०७९, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

६ आश्विन २०७९, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

६ आश्विन २०७९, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

६ आश्विन २०७९, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

६ आश्विन २०७९, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

६ आश्विन २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero