रामेछाप १८ जेठ, ग्लोबल हाइड्रो पावर एसोसियसन प्रा.लि.द्वार निर्माणाधिन रहेको लिखु २ जलविद्युत आयोजनाको सुरुङ बाट पानी चुहिएर पछि प्रभावित गुम्देलको पेकारनासका स्थानीयहरूले आयोजनालाई २४ घण्टे अल्टििमेटम सहित उजुरी दिएका छन् ।
उनीहरूले बिहीबार सोही वडाका वडा अध्यक्ष ङातिम्बाू शेर्पाको रोहबरमा जिल्ला प्रशासन कार्यालय रामेछापमा उजुरी दर्ता गरेका हुन् ।
उक्त कम्पनी सञ्चालकलाई २४ घण्टाभित्र जिल्ला प्रशासन कार्यलय कार्यालयमा उपस्थित गराई घटना बारे छलफल गरी जोखिम पीडित स्थानीयहरूलाई क्षतिपूर्ति एवं पुनर्वासको व्यवस्था मिलाउन माग गरिएको छ ।
विहिवार जिल्ला समन्वय समिति रामेछापले समस्या समाधानको लागि डाकेको सरोकारवालाको बैठकमा समेत आयोजनाको तर्फबाट आलटाल गर्दै अनुपस्थित भएपछि स्थानीयहरूले २४ घण्टा भित्र माग पुरा नभएमो शसक्क्त आन्दोलनमा उत्रने चेतावनी दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी अनिता निरौलालाई बुझाइएको उजुरी पत्रमा ‘बाध्य भएर आन्दोलनमा उत्रिने कुरा र सो बाट हुने क्षतिको जिम्मेवारी सम्बन्धित हाइड्रो ले नै लिनुपर्ने वाताइएको छ ।
मन्थली स्थित जिल्ला समन्वय समितिमा भएको सरोकारवालाको बैठकमा स्थानीयहरूले आयोजनाका सम्राट मुगा वा मोतीलाल दुगर्डलाई २४ घण्टा भित्र प्रशासनले नियन्त्रणमा लिएर आफूहरूको सुरक्षित आवासको व्यवस्था गरिनु पर्ने, छलफलमा आउनु पर्ने, ‘क’ वर्गमा परेका १३ घर धुरीलाई तत्काल सुरक्षित वासस्थानको व्यवस्थापन हुनु पर्ने लगायतका माग गरेको कार्यक्रमका अबसरमा जानकारकी गराइएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया