Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

हाइड्रो पावरका प्रतिनिधिहरु सँग जिल्ला प्रशासनले गरेको निर्णय प्रति काँग्रेसको आपत्ति

नेपाल अभियान नेपाल अभियान
२२ जेष्ठ २०८०, सोमबार
in प्रहरी-प्रशासन, समाचार, समाज
0
33
SHARES
Share on FacebookShare on Twitter

मन्थली,२१ जेठ । जिल्ला प्रशासन कार्यलय रामेछापले आइतवार लिखु हाइड्रो पावरका प्रतिनधिहरु सँग गरेको छलफल तथा निर्णय प्रति नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापले आपत्ति प्रकट गर्दै बिज्ञप्ती निकालेको छ ।
यस अघि लिखु–२ जलविद्युत आयोजना को परीक्षणको क्रममा सुरुङमा हालेको पानी चुहिएर बस्ती नै जोखिममा परेपछि स्थानीय आन्दोलित भएका थिए ।

सो आयोजनाको सुरुङमा हालेको पनी चुहिएर रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलको पेकनासका ४२ घर पहिरोको जोखिममा परेपछि २४ घण्टे अल्टिमेटम दिई जिल्ला प्रशासन कार्यालयमा पिडित पक्षले विहिवार उजुरी दर्ता गराएका थिए । उजुरीमा बस्ती जोखिममा परेको भन्दै सुरुङमा जमाएको पानी तत्काल खोल्नु पर्ने र बस्तीलाई सुरक्षित ठाउँमा सार्नु पर्ने लगाएतका मागहरु राखि स्थानीय आन्दोलनमा रहेका छन् ।
पार्टि सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम) द्वारा हस्तक्षरीत विज्ञप्तीमा आइतवार प्रशासनमा भएको बैठकले पिडित लाई थप पिडा दिने र दोषीलाई उन्मुक्ति दिने खालका निर्णय भएकोले त्यो निर्णय आफ्नो पार्टिलाई मान्य नहुने जनाइएको छ ।
त्यसैगरी बिज्ञप्तीमा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं १ मा ग्लोबल हाइड्रो पावरले संचालन गरेको लिखु–२ हाइड्रो पावर तभकतष्लन को लागि सुरुङमा पानी पठाउँदा सुरुङ भन्दा तल रहेको बस्ती उमाकुड गाउँपालिका वडा नं १ ठाडाखोला, पेकरनास र सो आसपासका बस्तीहरुमा सुरङबाट पानी छिरेर जताततै मुल फुटेको र उक्त सुरुङ मुनी रहेको १०७ घरधुरीहरु मध्ये ४२ घरधुरीहरुमा बस्नै नहुने अवस्था रहेको भन्ने जानकारी पाएपछि आफु स्वयम उपस्थित भएर विद्युत विकास विभागलाई अनुरोध गरी पत्र लेख्न लगाई सुरुङमा पठाएको पानी वन्द गराउने व्यवस्था गराएको कुरा उल्लेख छ ।
त्यसैगरी बिज्ञप्तीमा पानी बन्द गराए पनि सुरुङ भित्र भरिएर रहेको पानी चुहिएर बस्ती खतरामा रहेको भन्ने जानकारी पाएपछि आफु लगायत जिल्ला समन्वय प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरु, पत्रकार साथीहरु, पूर्वाधार कार्यालयका प्रतिनिधि सहित २०८० साल जेठ १७ गते स्थलगत निरिक्षणमा सो स्थानमा पुग्दा त्यहाँका पिडित जनताहरुको कहालिलाग्दो अवस्था देखिएको, जताततै पानी पलाएर मूल फुटेकोले बस्ती जोखिममा रहेको देखेपछि हाइड्रोपावरका प्रतिनिधिहरुसँग त्यहाँका पिडित बासिन्दाह लाई बैकल्पिक बसोबासको व्यवस्थागर्न अनुरोध गर्दा अटेर गरेपछि प्रमुख जिल्ला अधिकारीसँग सल्लाह गरी २०८० साल जेठ १८ गते जिल्ला समन्वय समितिमा सबै सरोकारवाला पक्षहरुसँग बैठकगरी निकास निकाल्ने र उक्त बैठकमा हाइड्रोका प्रतिनिधि र पिडितहरुका प्रतिनिधिहरु अनिवार्य उपस्थित हुने सहमति गरेर टोली मन्थली फर्केको कुरा पनि उल्लेख छ ।
बिज्ञप्तीमा १८ गते जिल्ला समन्वय समितिमा आफु लगायत पूर्व माननीयजयूहरु, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, पत्रकारहरुसमेतको उपस्थीतिमा बैठक बस्दा उक्त बैठकमा पिडित पक्षका ५ जना प्रतिनिधिहरु उपस्थित भएपनि हाइड्रोका प्रतिनिधिहरु मोवाइल स्विच्ड अफ गरेर अनुपस्थित रहेकाले बैठकमा छलफलगरी २०८० साल जेठ २१ गते आइतवार सबै सरोकारवालाहरुको बैठक बस्ने र सो बैठकमा पनि हाइड्रोका प्रतिनिधिहरु अनुपस्थित भएमा पिडितहरुको जाहेरीको आधारमा कानुनी निकास तर्फ पहलगर्ने सहमती भएको कुरा उल्लेख गरिएको छ, तर २०८० जेठ २१ गते आइतवार रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले एकलौटी ढंगले कुनैपनि सरोकारवाला पक्षसँग सरोकार नराखी हाइड्रोका प्रतिनिधिहरुसँग मात्र बैठक बसी पिडितहरुलाई थप पिडा हुनेगरी र हाइड्रोपावरलाई उन्मुक्ति दिनेगरी आफुखुसी गरिएको निर्णय प्रति आफ्नो पार्टिको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ । बिज्ञप्तीमा लिखु–२ हाइड्रोपावर सँगको गोप्य साठगाँठ र स्वार्थमा त्यहाँका नागरिकहरु माथि सिडिओले गरेको गम्भिर हर्कत निन्दनिय छ र त्यो बस्तीमा कुनैपनि समयमा अप्रिय घटना घटन गई जनधनको क्षती हुनगएमा रामेछापकी प्रमुख जिल्ला अधिकारी त्यसको जिम्मेवार हुनुपर्नेछ कुरा समेत उल्लेख गरिएको छ ।

Share13Tweet8Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२२ जेष्ठ २०८०, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२२ जेष्ठ २०८०, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२२ जेष्ठ २०८०, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२२ जेष्ठ २०८०, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२२ जेष्ठ २०८०, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२२ जेष्ठ २०८०, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero