Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

६८ औं प्रहरी दिवस विबिध कार्यक्रमका साथ मनाइयो

नेपाल अभियान नेपाल अभियान
३० आश्विन २०८०, मंगलवार
in प्रहरी-प्रशासन, समाचार, समाज
0
40
SHARES
Share on FacebookShare on Twitter


मन्थली,३० असोज । ६८ औं प्रहरी दिवस रामेछापको मन्थलीमा विबिध कार्यक्रमका साथ मनाइएको छ ।


प्रहरी नायव उपरीक्षक होम बहादुर पराजुलीको अध्यक्षता एबं प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका अवसरमा अमर प्रहरीको स्तम्भमा माल्यार्पण गनुका साथै उत्कृष्ठ सेवा गर्ने प्रहरी कर्मचारीहरु र कर्तब्य पालनाका क्रममा शाहदत प्राप्त गर्ने प्रहरी परिवारलाई सम्मान गरिएको थियो ।
तेसैगरी सोही अबसर पारेर जिल्ला प्रहरी कार्यालय रामेछापले आयोजना गरेको अन्तर मावि (कक्षा ८–१०) जिल्ला स्तरीय “समुदायमा नेपाल प्रहरीको भुमिका” बिषयक निबन्ध प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने विद्यालयहरु क्रमश मन्थली मावि मन्थली,सेती देवी मावि सालु, सिद्धेश्वर मावि गैराथोक,प्रयागेश्वर मावि पकरवास र भैरवी मा वि सुनारापानीका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रमका अबसरमा शुभकमना मन्तब्य अराख्दै प्रजिअ निरौलाले सुरक्षा निकायको प्रमुखको रुपमा रहेको नेपाल प्रहरीले गरेको कामप्रति सम्मान ब्यक्त गर्नुभयो । उहाले कर्तब्य पालनाका क्रममा शाहदत प्राप्त गर्ने अमर प्रहरी प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै प्रहरी परिवारमा समबेदना प्रकट गनुभयो । उहाले प्रहरीको प्रभावकारी कामले नै मुलुकको शान्ति सुरक्षा कायम हुने भएकोले निडर भएर प्रभाबारी काम गर्न प्रहरी संगठनलाई अनुरोध गर्नुभयो ।
कार्यक्रमको समापन गर्ने क्रममा बोल्दै प्रहरी नायब उपरीक्षक होम बहादुर पराजुलीले प्रहरीले जहिले पनि शिर ठाडो पारेर आफ्नो कर्तब्य पालनामा लाग्ने भन्दै कर्तब्य पालनाका सिलसिललामा आफना्े संगठन मार्फत अन्जानबस भएका कमी कमजोरीलाई औल्याएर सजग बनाइदिन सबैलाई अनुरोध गर्नुभयो । उहाँले प्रहरी २४ घण्टा मुलुकको शान्ति सुरक्षामा तैनाथ रहिरहने स्मरण गराउदै खराव कृयाकलाप र घट्ना दुर्घट्नाका खवरहरु थाहा पाउने वित्तिकै १०० नं मा जानकारी गराइदिन पनि अनुरोध गर्नुभयो ।
कार्यक्रममा जिल्लाका नागरिक समाजका अगुवाहरु, अन्य सुरक्षा निकायका प्रमुख एबं प्रतिनिधिहरु, विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरु पूर्व प्रहरी कर्मचारीहरु, सञ्चारकर्मीहरु, चिकित्सक, कानुन ब्यवसायी लगाएत अन्य सरोकारवालाहरुको समेत उपस्थिति रहेको थियो ।

Share16Tweet10Share3

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

३० आश्विन २०८०, मंगलवार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

३० आश्विन २०८०, मंगलवार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

३० आश्विन २०८०, मंगलवार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

३० आश्विन २०८०, मंगलवार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

३० आश्विन २०८०, मंगलवार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

३० आश्विन २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.