Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पुनःनिर्माणको चार बर्षः रामेछापका भूकम्प पीडितको गुनासो जस्ताको तस्तै !

नेपाल अभियान नेपाल अभियान
१३ पुष २०७६, आईतवार
in पुर्वाधार, समाचार
0
185
SHARES
Share on FacebookShare on Twitter

मन्थली- पुनःनिर्माणमा चार बर्षको अबसर पारेर राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला सहजीकरण समिति रामेछापले जिल्लामा प्राप्त १८ अर्ब बरावरको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको छ । शनिवार आयोजना गरिएको पुनःनिर्माणमा चार बर्ष बिषयक अन्तरक्रिया कार्यक्रमका अबसरमा जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख बिर बहादुर रावलले उक्त रकम बरावरको आय ब्यय विवरण सार्बजनिक गर्नुभएको थियो ।
उहाँका अनुसार नीजि आवास पुनःनिर्माण तर्फ प्राप्त कुल १४ अर्ब ६८ करोड १७ लाख मध्ये १२ अर्ब ८८ करोड ८९ लाख खर्च भएको , प्रबलीकरण तर्फ बिनियोजित रकम रु ७४ करोड ६२ लाख मध्ये २ करोड ५८ लाख ५० हजार रुपैया खर्च भएको थियो । सडक निर्माण तथा मुआब्जा तर्फ बिनियोजित ५१ करोड ५८ लाख मध्ये ५१ करोड ४१ लाख ४५ हजार रुपैया खर्च भएको छ ।

त्यसैगरी गुम्बा र खानेपानी पुनःनिर्माणका लागि बिनियोजित रकम ३८ लाख २३ हजार ७ सय पाँच मध्ये ३३ लाख ३७ हजार ८ सय चौवीस रुपैया खर्च भएको छ । सरकारी भवन र स्वास्थ्य चौकी पुनः निर्माणका लागि प्राप्त ४५ करोड ५५ लाख ३८ हजार मध्ये ४ करोड ६० लाख ६१ हजार २ सय एक्काइस रुपैया खर्च भएको , एकिकृत बस्ती बिकास, क्षमता अभिबृद्धि तथा सीपमुलक तालिम अन्तर्गत बिनियोजित रकम ६८ लाख मध्ये ८२ लाख खर्च भएको र बिद्यालय भवन एबं शौचालय पुन निर्माण तथा मर्मतका लागि बिनियोजित रकम १ अर्ब ८० करोड ७१ लाख ८७ हजार मध्ये ९३ करोड ८२ लाख ३९ हजार ७ सय छैसठ्ठी रुपैया खर्च भएको छ ।

जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेकपाका जिल्ला नेता ध्रुब कार्की, नेपाली काग्रेसका पार्टी सचिब लेख बहादुर कार्की, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, पत्रकारहरु नवराज श्रेष्ठ, रामचन्द्र बि.क र युवराज श्रेष्ठ लगाएतले जति सुकै पैसा खर्च भएर कागजी रुपमा उपलब्धी देखिएको भएपनि वास्तविक भूकम्प पीडितहरु अझै लाभग्राहिमा नपर्नु, पटक–पटक गुनासो भर्दा पनि सम्बोधन नहुनुले प्राधिकरणको ठुलो त्रुटी कायमै रहेको बताए ।

सो अबसरमा हाल सम्म जिल्लाका १० वटा वडाहरुमा पुनःनिर्माणको ९० प्रतिशत भन्दा बढि काम सकिएकोले ति वडाहरुलाइ पुनःनिर्माण सम्पन्न वडाहरु घोषणा गर्न मिल्ने बताइएको थियो । जस मध्ये खाँडादेवी गाउँपालिकाको वडा नं ४ वडा नं ६, वडा नं ९ , लिखु तामाकोशी गाउँपालिकाको वडा नं १, २, ३, ४ र मन्थली नगरपालिकाको वडा नं ३ र रामेछाप नगरपालिकाको वडा नं १ रहेका छन् ।

Share134Tweet21Share6

Related Posts

जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

१३ पुष २०७६, आईतवार
युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित
शिक्षा

युवराज श्रेष्ठ सहित चार जना पत्रकार सम्मानित

१३ पुष २०७६, आईतवार
खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम
समाचार

खिम्तीमा बाल प्रतिभा पहिचाहन कार्यक्रम

१३ पुष २०७६, आईतवार
अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज  द्धारा विविध कार्यक्रम
कारोबार

अमेरिकामा अन्तराष्ट्रिय नेपाल साहित्य समाज द्धारा विविध कार्यक्रम

१३ पुष २०७६, आईतवार
नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न
समाचार

नेपाल पत्रकार महासंघकाे साधारण सभा सम्पन्न

१३ पुष २०७६, आईतवार
प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम
राजनीति

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

१३ पुष २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.