Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीमा सकियो आन्तरिक शान्ति एबं पारिवारिक खुसीका लागि राजयोग मेडिटेशन

नेपाल अभियान नेपाल अभियान
८ भाद्र २०८१, शनिबार
in शिक्षा, समाचार, समाज
0
60
SHARES
Share on FacebookShare on Twitter


मन्थली,८ भदौ । रामेछापको मन्थलीमा सञ्चालन भएको आन्तरिक शान्ति एबं पारिवारीक खुसीका लागि राजयोग मेडिटेशन सम्बन्धि कार्यक्रम शनिवार विहान वाट समापन भएको छ ।
यहि बुधवार देखि तीन दिनका लागि सुरु भएको उक्त कार्यक्रम सहभागिको माग अनुसार शनिवार विहान सम्म सञ्चालन गरिएको आयोजकले जनाएको छ ।


ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र मन्थलीले सुरु गरेको यो अभियान मा आन्तरिक शान्ति र पारिवारिक शुख र धर्म सम्बन्धि दर्शन का वारेमा ब्रम्हकुमार राजु घलेले प्रशिक्षण दिनु भएको थियो । चार दिन सम्म चलेको उक्त कार्यक्रममा सयौको संख्यामा उपस्थिति रहेको थियो ।


विहान दिउसो र साझ गरी ३ चरणमा सञ्चालन भएको उक्त कार्यक्रमले आफुमा धेरै सकरात्मक शोचकको विकास हुँदै गएको र पारिवारीक खुसी र शान्ति का लागि पनि आफुलाई ठुलो मार्गदर्शन भएको मन्थली नगरपालिका १ सानीमदौ की सहभागी पार्वती कडेरियाले बताउनुभयो ।

बर्तमान समयमा देशमा राजनैतिक अस्थीरताका कारण एक अर्काले दोषारोपाण गर्ने अबस्था भैरहेको, घर परिवारमा कलह, अशान्ति बढ्दै जाने गरेको जसका कारणले मानिसहरु निराश हुने, मानसिक रोगि हुने अबस्था भैरहेकोले यी र यस्ता गतिविधिहरुलाई न्यूनिकरण गर्न यस खालका कार्यक्रमहरु सञ्चालन गर्न आबश्यक रहेको प्रशिक्षक घलेले बताउनुभयो ।

 भौतिक रुपमा सबैकुरा हुँदा हुदैपनि घर परिवारमा सुमधुर सम्बध नहुने,पारिवारीक रुपमा झै झगडा भैरहने  र  खुसी र सन्तुष्ट नहुँदा रोगीको संख्या बढ्दै जाने जस्ता समस्याहरु देखिन थालेपछि  ति अबस्थालाई  विभिन्न ज्ञान र चेतना मार्फत न्यूनिकरण गर्ने उद्धेश्यले  ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र मन्थलीले  यो कार्यक्रम अभियानका रुपमा सञ्चालन गरेको ब्रम्हकुमार डा. भरत श्रेष्ठले बताउनुभयो ।  

उक्त अभियान अन्तर्गत शनिवारदेखि ३ दिन सम्म लिखु तामाकोशी गाँउपालिकाकाे धोवि, त्यस पछि रामेछाप वजार, सिन्धुलीको खुर्कोट र ग्वालटारमा समेत यस खालको कार्यक्रम आयोजना गरिएको छ ।

मन्थलीमा सम्पन्न याे कार्यक्रममा सर्वसाधारण नागरिक, प्रहरी, कर्मचारी,ब्यवसायी, शिक्षक विद्यार्थी जन निर्वाचित प्रतिनिधी लगाएत सहभागि थिए ।


कितावी ज्ञानले मात्र आफुहरु जस्ता विद्यार्थीहरुलाई नपुग्ने र ब्यवहारीक ज्ञान पनि चाहिने हुनाले यो कार्यक्रम आफु जस्ता विद्यार्थीहरुका लागि अत्यावश्यक रहेको भन्दै यस्ता कार्यक्रम बेला बेलामा भइरहदा आफु जस्ता धेरै विद्यार्थीहरुलाई ब्यवहारीक ज्ञानका लागि उपलब्धिपूर्ण भएको कार्यक्रममा सहभागि मन्थली माविकी छात्रा सलिना भुजेलले बताउनुभयो ।

यस्ता कार्यक्रमहरु स्थानीय तहहरुलेनै अभियानका रुपमा गाँउ गाँउमा सञ्चालन गर्ने हो भने धेरै मानिसहरु मानसिक रोगी हुनु नपर्ने, घर परिवारमा कलह, झै झगडा नहुने र समाजमा रहेको रुढिवादी र अन्धविश्वास लाई पनि कम गराएर लैजान सकिने मन्थली मावि का पूर्व प्रधानाध्यापक गुञ्ज बहादुर श्रेष्ठ बताउनुहुन्छ ।

Share24Tweet15Share4

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

८ भाद्र २०८१, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

८ भाद्र २०८१, शनिबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

८ भाद्र २०८१, शनिबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

८ भाद्र २०८१, शनिबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

८ भाद्र २०८१, शनिबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

८ भाद्र २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero