Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

महासंघ जागरण अभियान–२०८१ को टोली रामेछापमा

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
३ मंसिर २०८१, सोमबार
in शिक्षा, समाचार, समाज
0
100
SHARES
Share on FacebookShare on Twitter

मन्थली,३ मङ्सिर । नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघ केन्द्रीय समतिले आयोजना गरेको महासंघ जागरण अभियान –२०८१ को टोली सोमवकार रामेछापको मन्थली आइपुगेको छ ।
यही मंसिर १ गतेदेखि सात वटै प्रदेशमा एक साथ सुरु भएको उक्त अभियान मंसिर ८ गते सम्म चल्ने बताइएको छ ।


नेपाल पुस्तक ब्यवसायी महासंघ रामेछापका अध्यक्ष सुजन घिमिरेको अध्ययातामा सोमबार मन्थलीमा सम्पन्न सो कार्यक्रमको उद्घाटन नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघका केन्द्रीय महासचिब एबं कार्यक्रमका प्रमुख अतिथि बिष्णु पौडेलले गर्नु भएको थियो ।


सो अवसरमा बोल्दै महासंघ बागमती प्रदेशका अध्यक्ष एबं कार्यक्रमका बिशिष्ट अतिथि बिश्वराम त्वयनाले ब्यवायीहरुको हक,हित सुनिश्चित गर्न, ब्यवसायीहरु विचको एकता कायम गर्न र ब्यवसायीहरुलाई परेको समस्या समाधानको पहल गर्न यो अभियान थालेको बताउनुभयो ।


कार्यक्रमका अवसरमा देशभर भएको आर्थिक मन्दिका कारण पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघका सदस्यहरुलाई परेको असर,ब्यवसायीहरुको समस्या पहिचाहन गरी निराकरणका उपायहरु खोजी गर्न, संगठनलाई कृयासिल र चलायमान बनाउन महासंघले यो अभियान थालेको अभियान बागमती प्रदेशका संयोजक एबं केन्द्रीय महासचिब पौडेलले बताउनुभयो । उहाँले महासंघका जिल्ला प्रदेश र केन्द्रीय संरचनालाई बलियो बनाउन, यस अघि महासंघले सुरु गरेका विभिन्न कामहरुलाई पूर्णता दिन, सामजिक उत्तरदायित्व समेत निर्वाह गर्नुपर्ने कुरा जिल्ला र प्रदेशका संगठनहरुका सदस्यहरुलाई जानकारी गराउन र दुःख र सुख मा महासंघ छ भन्ने कुराको अनुभुति दिलाउन यो अभियान थालेको पनि उहाँले बताउनुभयो ।


कार्यक्रमका अबसरमा रामेछापका पुस्तक तथा स्टेशनरी ब्यवसायीहरुले ब्यवसाय सञ्चालनका क्रममा आफुहरुले भोग्नु परेको पीडा र समाधानका उपाय हरुका बारेमा सुझाब दिएका थिए ।
सो अवसरमा महासचिब पौडेलले जिल्लाका ब्यवसायीहरुको समस्या आफ्नो पनि समस्या भएको भन्दै ति समस्याहरुलाई समाधान गर्न केन्द्रीय समिति लागि पर्ने प्रतिद्धता ब्यक्त गर्नु भयो ।


अभियान सञ्चालनका लागि महासंघ केन्द्रले कोशी प्रदेशमा महासंघका तृतिय उपाध्यक्ष सरोज मास्के, मधेश प्रदेशमा उप–महासचिब अर्जुन आचार्य,बागमती प्रदेशमा महासचिब विष्णु पौडेल,गण्डकी प्रदेशमा प्रथम उपाध्यक्ष नारायण श्रेष्ठ,लुम्बिनी प्रदेशमा बरिष्ठ उपाध्यक्ष मातृका शिवाकोटी,कर्णली प्रदेशमा द्वितिय उपाध्यक्ष बुद्धिप्रसाद अधिकारी लाई संयोजकको जिम्मेवारी दिइएको छ भने सम्बन्धित प्रदेशका अध्यक्षहरुलाई सह–संयोजकको जिम्मेवारी दिइएको र सुदुर पश्चिम प्रदेशमा भने प्रदेश अध्यक्ष श्याम पाठक लाई संयोजकको जिम्मेवारी दिइएको नेपाल पुस्तक तथा स्टेसनरी ब्यवासयी महासंघ केन्द्रीय समितिका अध्यक्ष शिव सागर शर्माले जानकारी दिनुभयो ।

अभियान यही मंसिर ८ गते सम्म सञ्चालन गरी त्यसपछि महासंघका अन्य गतिविधिहरु सञ्चालन गर्ने जनाइएको छ ।

Share40Tweet25Share7

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

३ मंसिर २०८१, सोमबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

३ मंसिर २०८१, सोमबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

३ मंसिर २०८१, सोमबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

३ मंसिर २०८१, सोमबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

३ मंसिर २०८१, सोमबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

३ मंसिर २०८१, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero