Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आज देखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एस इ इ) मा रामेछाप बाट २ हजार ६ सय विद्यार्थी सहभागी

नेपाल अभियान नेपाल अभियान
६ चैत्र २०८१, बिहीबार
in शिक्षा, समाचार, समाज
0
22
SHARES
Share on FacebookShare on Twitter

मन्थली,७ चैत । आज (विहिवार) देखि सुरु भएको एस.इ.इ. परीक्षामा रामेछाप बाट २ हजार ६ सय ७१ जना विद्यार्थीहरुले अनिवार्य अग्रेजी विषयको परीक्षा दिएका छन् ।
जिल्लामा रहेका कुल १९ वटा परीक्षा केन्द्र मार्फत नियमित, ग्रेड बृद्धि र प्राविधिक धारका ति विद्यार्थीहरुले परीक्षा दिएका हुन् ।


जिल्ला शिक्षा तथा समन्वय इकाई रामेछापको तत्थ्याङ्क अनुसार कुल २ हजार ७ सय ४ जना विधार्थीहरु यो परीक्षामा सहभागि हुने भएपनि ग्रेड बृद्धि परीक्षार्थीहरुको परीक्षा दैनिक रुपमा फरक फरक बिषयमा हुने भएकोले विहिवार अग्रेजी विषयमा परीक्षा दिनेको संख्या ३३ जना मात्र कम भएको शिक्षा तथा समन्वय इकाईका प्रा स दिनेश नेपालीले बताउनुभयो ।


उहाका अनुसार कुल परीक्षा दिने विद्यार्थीहरु मध्ये विहिवार अग्रेजी विषयको परीक्षामा २ हजार ४ सय ५३ जना मात्र विद्यार्थीहरु सहभागि भएका छन् तर ग्रेड बृद्धि परीक्षा दिने विद्यार्थी हरुका कारण यस्तो हुन गएका पनि उहााले बताउनुभयो ।


तीन वटा संस्थागत विद्यालय सहित ९१ वटा माध्यामिक विद्यालय रहेको यस जिल्लाको एस इ इ परीक्षा ब्यवस्थित र मर्यादित हुने शिक्षा तथा समन्वय इकाइ रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलले दावी गर्नु गर्नुभयो ।


एस.इ.इ. परीक्षालाई ब्यवस्थित र मर्यादिनत वनाउन आफुहरु लागिपरेको रामेछाप नगरपलिाकाका नगर प्रमुख लव श्री न्यौपाने बताउनुहुन्छ । उहाले केन्द्र परीवर्तन देखि लिएर आधारभूत तहका शिक्षकहरुलाई मात्र निरिक्षकको रुपमा राख्ने ब्यवस्था मिलाइएको बताउनुभयो ।

यता मन्थली नगरपालिका स्थीत मन्थलीमा रहेको मन्थली माविमा ३ वटा र सँगै रहेको सहिद स्मृति वहुमुखी क्याम्पस मा १ वटा गरी ४ वटा केन्द्र फरक फरक भवनमा एउटै विद्यालयको प्राङ्गडमा परेको छ ।


५ सय भन्दा बढि परीक्षार्थी रहेको यी केन्द्रहरुको परीक्षा मार्यदित र ब्यवस्थीत बनाउने मन्थली मावि क केन्द्रका केन्द्रध्यक्ष एबं मन्थली मावि का प्रअ टंक प्रसाद दाहालले बताउनुभयो ।


गत वर्षको तुलनामा बढि प्रतिशत विद्यार्थीहरु पास हुने गरी सम्बन्धित विद्यालयका शिक्षकहरुले मेहनत गरेको हुनाले यस वर्ष गत वर्षको तुलनामा बढि विद्यार्थी पास हुने अपेक्षा गरिएको पनि उहाले बताउनुभयो ।


उहाँले आफ्नो विद्यालयको मन्थली स्थित नागकन्या माविमा परेको केन्द्रमा जाँच दिने १ सय ४६ जना विद्यार्थीहरु मध्ये फोर जिपिए सहित सत प्रतिशत पास हुनेगरी यस अघिको तुलनामा बढि मेहनत गरेको पनि वताउनुभयो ।


गत बर्ष जिल्लाभरका कुल परीक्षार्थीहरु मध्ये ९३ प्रतिशत उत्रिर्ण भएपनि यस वर्ष उत्रिर्ण प्रतिशत बृद्धि हुने अपेक्षा शिक्षा तथा समन्वय इकाई रामेछापले गरेको छ ।
यसै वीच प्रमुख जिल्ला अधिकारी को नेतृत्वमा गएको टोलीले मन्थली र रामेछापमा भएका विभिन्न केन्द्रमा सञ्चालित परीक्षाहरुको अनुगमन गरेको छ ।

टोलीमा प्रजिअ राजु प्रसाद पाैडेल , शिक्षा तथा समन्वय इकाइ प्रमुख नेत्र प्रसाद गजुरेल,सन्चारकर्मी, जनपथ, शसस्त्र र राष्ट्रिय अनुसन्धानका प्रहरी नायव उपरीक्षकहरु रहनुभएको थियो ।

Share9Tweet6Share2

Related Posts

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

६ चैत्र २०८१, बिहीबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

६ चैत्र २०८१, बिहीबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

६ चैत्र २०८१, बिहीबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

६ चैत्र २०८१, बिहीबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

६ चैत्र २०८१, बिहीबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

६ चैत्र २०८१, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero