रामेछाप- मन्थली नगरपालिकाका नगर प्रमुख रमेशकुमार बस्नेतले मन्थलीमा बिश्वबिद्यालय बनाउनका लागि सबैले सहयोग गर्नुपर्ने बताउनु भएको छ । उहाँले मन्थली माबिलाई शैक्षिक हबको रुपमा बिकास गरी जिल्लाकै नमूना बिश्वबिद्यालय बनाइनुपर्ने कुरालाई जोड दिनुभएको हो । बुधबार मन्थली माविको अभिभावक भेलालाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले यस्तो बताउनु भएको हो । उहाँले नगर क्षेत्र भित्र रहेका ६७ वटै बिद्यालयहरुको शैक्षिक गुणस्तर प्रति नगरपालिका सचेत रहेको भन्दै नगरपालिकाको ३५ करोड रुपैया शैक्षिक क्षेत्रमा खर्च हुने गरेको बताउनुभयो ।

उहाँले गुणस्तरीय शिक्षा हासिल गरेको विद्यार्थीहरु उच्च शिक्षा पढ्नुको साटो बैदेशिक रोजागारीमा जाने गरेका कारण शिक्षामा राज्यले गरेको लगानी खेर गैरहेको उहाँको गुनासो रहेको छ । बिकास निर्माण जस्तो शिक्षाको लगानीको प्रतिफल तत्काल नदेखिई ढिला मात्र देखिने भएको भन्दै उच्च शिक्षा हाँसिल गरेपछि पनि शैक्षिक जनशक्तिले स्वदेशमै आफ्नो दक्षता र क्षमता प्रदर्शन गरी राज्यलाई सहयोग गर्नुपर्नेमा उहाँको जोड रहेको छ ।
मन्थली नगरपलिका वडा नं १ का वडा अध्यक्ष नारायण दाश श्रेष्ठले हरेक बिद्यालयमा पढ्ने बालबालिकाका अभिभावकहरुले आफ्ना बालबालिकाको बारेमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले शिक्षक, बिद्यार्थी र अभिभावकको त्रिकोणत्मक सुमधुर समन्ध नभएसम्म गुणस्तरीय शिक्षा नहुने भएकोले त्यस तर्फ लाग्न सबै पक्षलाई अनुरोध गर्नुभयो ।

कार्यक्रमा बोल्दै नेकपा रामेछापका जिल्ला सदस्य आनन्द श्रेष्ठले सामुदायिक बिद्यालयको सुधार नगरेसम्म गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिने बताउनुभयो । उहाँले हामीले जे गर्छौ त्यो भन्दैनौ, जे भन्दैनौ त्यो गर्छौ भन्दै हाम्रो यस्तो कृयाकलापका कारण शैक्षिक अबस्था खस्कदै गएको बताउनुभयो । उहाँले आस्था र बिचारका आधारमा काम गर्नु नहुने भन्दै परम्परागत ढंगबाट कुनैपनि संस्था सञ्चालन हुन नसक्ने भएकाले सहमति र सहकार्यका माध्यमबाट आधुनिक तरिकाले संस्थालाई अगाडि बढाउन सकिने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काग्रेसका जिल्ला सचिब लेख बहादुर कार्कीले हरेक सामुदायिक बिद्यालयमा गुणस्तरिय शिक्षा सबैले खोजेको बताउँदै हाल बिद्यालयहरुमा गुणस्तरीय शिक्षा खस्कदै गएको गुनासो गर्नुभयो । उहाँले जुन बिद्यार्थीले संस्कार सिकेको छैन, नैतिक शिक्षा जान्दैन त्यस्तो बिद्यार्थीले ए प्लस ल्याएर पनि कुनै औचित्य नहुने गरेको बताउनुभयो । ठुला भवन, ठुला खेल मैदान र सर म्याडम राम्रा हुदैमा शैक्षिक गुणस्तर राम्रो हुन्छ भन्नेमा विश्वास गर्न नमिल्ने पनि उहाँले बताउनुभयो ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जगदिश प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मन्थली शहिद स्मृति बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामचन्द्र बियोगी, मन्थली माबिका पूर्व बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ध्रुब प्रसाद सुबेदी, कुमार श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठ, जिल्ला युवा समितिका अध्यक्ष प्रकाश कुमार कार्की, अभिभावक यम बहादुर थापा लगाएतले आ–आफ्नो मन्तब्य राखेका थिए भने बिद्यालयका प्रधानाध्यापक टंक प्रसाद दाहालले बिद्यालयको आय ब्यय समेत प्रस्तुत गर्नु भएको थियो । समितिको ३ बर्षे कार्यकाल सकिए पछि भेलाले आगामी कार्यकालका लागि पुनः नयाँ ब्यवस्थापन समिति गठन गर्ने छ ।
यो बारेमा तपाईको प्रतिकृया