Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

लिटिल स्टार वोर्डिङ्गले अभिभावक सहित राखेर औपचारिक रूपमै गर्‍यो एसइईका विद्यार्थीको बिदाइ 

नेपाल अभियान नेपाल अभियान
१० चैत्र २०८०, शनिबार
in देश, प्रदेश नं ३, शिक्षा, समाचार
0
32
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १० चैत । जिल्लाको पहिलो  निजी विद्यालयको रूपमा स्थापित मन्थलीको  लिटिल स्टार वोर्डिङ्ग स्कुलले पहिलो पल्ट आफ्ना अविभावकहरुलाई समेतलाई सँगै राखेर एसइईमा सामेल हुन लागेका आफ्ना विद्यार्थिहरुको औपचारिक रूपमा बिदाइ गरेको छ । 

नजिकिँदै गरेको एसइई परीक्षामा विद्यार्थिहरुले उँचो मनोबलका साथ परीक्षामा सहभागी भई राम्रो अङ्क ल्याउन   सकुन् र विद्यालय परिवार र समाज प्रति दायित्व बोध गर्न सकुन् भन्ने उद्देश्यले अभिभावक सहित राखेर पहिलो पटक विद्यार्थिहरुको औपचारिक  बिदाइ गरिएको हो । 

कार्यक्रमको प्रमुख अतिथिका रूपमा रहेका नेपाल पत्रकार महाँसंघ रामेछापका जिल्ला अध्यक्ष बद्री नयाँघरेले बिदाइ हुन लागेका विद्यार्थिहरुलाई अब्बल नतिजा आउने गरी एसइईमा सामेल हुन आग्रह गरे । उनले जिल्लामा पुरानो निजी विद्यालयको रूपमा आफ्नो विशिष्ट योगदान गरेको  डिलिट स्टार वोर्डिङ्ग स्कुलका लागि  भावी दिनमा  अरू अब्बल रूपमा प्रस्तुत हुनु पर्ने कार्यत्व काँधमा आएको  बताए । उनले भने – जिल्लामा निजी विद्यालयको धारणा मार्फत गुणस्तरीय शिक्षाको चेतना दिलाएर अविभावकहरुको मन जितेको यस विद्यालयलाई थप जिम्मेवार भएर अगाडि बढ्न आग्रह गरे ।  उनले आफ्नो ईतिहाँस बाचाई राख्नका लागि पनि विद्यालयका लागि नयाँ आयमका साथ अगाडि बढ्नु पर्ने  चुनौती रहेको भन्दै यसमा  सञ्चार क्षेत्रको पनि पूर्ण समर्थन रहने आश्वासन दिए   । 

सो अवसरमा विद्यालयका प्रिन्सिपल रमेश फुयाँलले – बिदाइ हुन लागेका विद्यार्थिहरुको सुखद भविष्यको कामना सहित परीक्षामा सबै विद्यार्थिहरुलाई उत्कृष्ट अङ्क ल्याएर विद्यालय र जिल्लाको शिर उँचो बनाउन आग्रह गरे  । उनले अभिभावक र विद्यालयले आफ्ना लागि गरेको लगानी र योगदानका बारेमा विद्यार्थिहरुलाई सकरात्मक भावना पैदा गराएर उच्च शिक्षा हाँसिलका क्रममा पनि विद्यार्थिहरुलाई थप प्रेरणा मिलोस भन्ने मुख्य अभिप्रायले पनि विद्यालयले अभिभावक सहितको रोहबरमा बिदाइ कार्यक्रमको आयोजना गरेको बताए । 

विद्यालयका लागि   अभिभावक भगवान् जत्तिकै भएको र आफ्ना वाल बालिकाको परीक्षा तयारी र विद्यालय सँगै अभिभावक हरूको अपेक्षाका बारेमा साझा बुझाई होस भन्नका लागि पनि यस खालको कार्यक्रमको आयोजना गरिएको पनि फुयाँलेले जानकारी गराए । उनले विद्यालयका लागि पुरानो ईतिहाँसलाई जोगाई राख्नका लागि पनि विद्यालयले आफ्नो  शैक्षिक गतिविधिलाई थप गुणस्तरीय संस्कारी  र समयानुकूल बनाउँदै जाने र त्यसका लागि  कुनै पनि कसुर बाँकी नराख्ने लक्ष्य रहेको कुरा  अविभावकहरु समेतलाई  जानकारी होस भन्नका लागि पनि अभिभावक समेतलाई राखेर कार्यक्रमको आयोजना गरिएको पनि  प्रिन्सिपल फुयाँलेले बताए । 

आफूहरू विद्यालयको संस्थागत विकास सँगै  विद्यार्थिहरुको भविष्यको लागि सचेत रहेकोले संस्कार सहितको शिक्षा र विद्यालयबाट प्रवाह गर्ने सेवा सुविधामा विद्यालयले कुनै पनि कमी हुन नदिने  विश्वास पनि फुयाँलले दिलाए । 

कार्यक्रमको अध्यक्ष समेत रहेका प्रिन्सिपल फुयाँलले  विद्यालयको  अभियानमा विद्यार्थी अभिभावक र सबै खाले सरोकारवाला निकायहरू समेतलाई साथ दिन पनि उनले आग्रह गरे । पुरानो विद्यालय भएको नातले यसको ईतिहाँस लाई जीवन्त बनाई राख्नका लागि पनि विद्यालय प्रशासनले विद्यालयको वातावरण लाई विद्यार्थी,अभिभावक र शिक्षक मैत्री बनाउँदै यो बिचमा आएका समस्यालाई समन्वयात्मक तरिकाले समाधान गर्दे जाने कुरामा पनि विद्यालयले कुनै पनि कमी हुन नदिने  प्रिन्सिपल फुयाँलले प्रतिबद्धता व्यक्त गरे । 

सो अवसरमा गत वर्षको एसइईमा जिल्लामा उत्कृष्ट अङ्क ल्याउने विद्यालयकी छात्रा गृष्मा कार्की निजकी आमा गोमा कार्की र पुरानो शिक्षक राधा सुवेदीलाई पनि  विद्यालयले सम्मान पत्र र दोसल्ला सहित सम्मान  गरेको थियो । कार्यक्रमका अवसरमा बिदाइ हुन लागेका विद्यार्थिहरुले पनि प्रवचन मार्फत विद्यालयले आफूहरूका लागी गरेको योगदान प्रति धन्यवाद दिँदै आगामी दिनमा पनि अरू मेहनत गरेर अगाडि बढ्ने बताएका थिए । सो अवसरमा विद्यार्थिहरुले विभिन्न कला र गलाको माध्यमबाट पनि कार्यक्रमलाई मनोरञ्जन मय बनाएका थिए । 

कार्यक्रमका क्रममा अभिभावक एवं सामाजिक अभियन्ता सुन्दर घिमिरे,विद्यालयका सहायक प्रधानाध्यापक हस्त लामा र शिक्षक तीर्थराज बराल नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष तथा शिक्षक कैलाश खत्री लगायतले विद्यार्थिहरुलाई सुखद भविष्यको कामना गर्दे  अविभावकहरु र विद्यालय बिचको सुमधुर सम्बन्धले मात्र संस्कार सहितको  गुणस्तरीय शिक्षा प्रवाहमा सहज हुने विश्वास व्यक्त गर्दे विद्यालयको विकासका लागि आफूहरू पनि सदैव सहयोग गर्न तयार रहेको बताएका थिए । 

Share13Tweet8Share2

Related Posts

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१० चैत्र २०८०, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१० चैत्र २०८०, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१० चैत्र २०८०, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१० चैत्र २०८०, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१० चैत्र २०८०, शनिबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१० चैत्र २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero