Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली माविमा भद्रगोलै भद्रगोल

बद्री नयाँघरे बद्री नयाँघरे
२४ भाद्र २०७८, बिहीबार
in देश, प्रदेश नं ३, शिक्षा, समाचार
0
368
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । जिल्लामा नमूना माविको रुपमा पहिचान वनाएको मन्थली माध्यमिक विद्यालयमा अनियमितता भएको आरोप लागेको छ । मन्थली नगरपालिकाले बुधवार साँझ कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गरि विद्यालय माथि नरम र घुमाउरा शब्द मार्पmत उक्त आरोप लगाएको हो ।
मन्थली १ का अविभावक पाण्डब सुवेदीले गत साउन १ गते विद्यालयको ब्यवस्थापन गठन प्रकृया देखि आर्थिक पारदर्शिता लगाएत करिव आधा दर्जन विषयलाई मुख्य आधार बनाएर विद्यालयको विरुद्धमा लिखित उजुरी दिएपछि मन्थलि नगरपालीककाले उक्त बिषयमा अनुगमन गर्न आफना कानून अधिकृत सुदर्शन रायको नेतुत्वमा छानविन समिति वनाएको थियो । गठित समितिले लामो समय लगाएर छानविन गरि पेश गरेको प्रतिवेदन माथि नगरपालीकाको नगर शिक्षा समितिको ३१ औ बैठकले प्रतिवेदन अध्ययन गरेपछि प्रतिवेदन जस्ताको तस्तै सार्वजिनक गर्ने निर्णय गरेको थियो । तर मन्थली नगरपालिकाले भने सो प्रतिबेदनलाई प्रतिवेदनको सार भन्दै डेढ महिना पछि मात्र घुमाउरो तरिकाले आाएको र आँशिक प्रतिबेदन मात्र सार्वजनिक गरेको आरोप पनि पत्रकार सम्मेलनमा लगाईको थियोे ।
पत्रकार सम्मेलनमा प्रतिबेदन सार्बजनिक गर्दे मन्थली नगर प्रमुख रमेश कुमार बस्नेतले प्रतिबेदनका अनुसार बर्तमान विद्यालय व्यवस्थापन समिति गठन प्रकृया देखिनै अवैधानिक रहेकोले बिद्यालय ब्यवस्थापन समिति पुर्नगठन नै गर्नुपर्ने, तथा विद्यालयमा भर्ना गरेका दर्जनौ शिक्षकहरु देखि कर्मचारी भर्ना प्रकृयमा पनि नगरपालीकाले ले गरेको आर्थिक कारोबार प्रकया अनियमितता भएको, छात्राबास भवन तथा अन्य विभिन्न भौतिक निर्माणका काम गर्दा आर्थिक ऐनका परिधि भन्दा बाहिर गएर काम गरेको बारेमा पनि बिद्यालयलाई दोषि देखाएको छ । त्यसैगरि विद्यालयले विद्यार्थिहरु संग नियम बाहिर गएर फि असुलि गरेको , नमुना विद्यालय संचालन गर्न आएको वजेट तथा अन्य शिर्षकको बजेटको परिचालन समेत शिर्षक अन्तर गएर आर्थिक नियम भन्दा बाहिर गएर खर्च गरेको भटिएको जानकारी पनि पत्रकार सम्मेलन मार्फत गराईएको थियो ।
मन्थली माविको अनियमितताको बिषयमा स्थलगत छानविन समितिले वुझाएको प्रतिवेदन मध्ये सारसंक्षेप मात्रै सार्वजनिक गरेको नगरपालिकाले मन्थली माविले बस व्यवस्थापनको नाममा बिना मापदण्ड, मनलाग्दी रुपमा भुक्तानी गरेको पनि प्रतिबेदनमा औल्याईएको छ । त्यसैगरि विद्यालयमा अध्यनरत बालबालिकाको नाममा अभिभावकबाट शुल्क असुली गरेको, निजी श्रोत र शिक्षक भर्ना तथा तलब भुक्तानी प्रक्रियामा पनि अनियमितता देखिएको पनि प्रतिबेदनले औल्याएको र विद्यालयले अन्य विभिन्न विषयहरुमा पनि तत्काल सुधारगरि कार्यान्वयन गर्नु पर्ने लगाएतको विषयमा पनि समितिले मन्थली माध्यमिक विद्यालयलाई निर्देशन दिएको पनि प्रमुख रमेशकुमार बस्नेतले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।
प्रतिवेदन सार्वजनिक नगरि मन्थली नगरपालिकाले प्रतिवेदनलाई सारासं संक्षेप मात्र भनेकोले त्यस भित्र अन्य धेरै समस्या रहेको हुन सक्ने अनुमान पनि सरोकार पक्षले गरेको छ । भन्दै धेरै बिषयबस्तु लुकाएर पत्रकार सम्मेलन गरेको देखिन्छ । उदाहरणको लागि प्रतिबेदनले अबैधानिक भनि औल्याएको विद्यालय ब्यवस्थापन समिति गठन प्रकृयामा नगरपालीकाले आफना उप सचिब हेमन्त बुढाथोकिको संयोजकत्वमा समिति गठन गरि जिम्मेवारी दिएको थियो । जुन कुराको बारेमा प्रतिबेदनले पनि केहि नखुलाउनुलाई शँकाको घेराम राखिएको छ ।
उता मन्थली नगरपालिकाले आफनो प्रतिबेदनको पुर्णपाठ सार्वजनिक नगरि संक्षिप्तका नाममा प्रतिवेदन सार्वजनिक गरेको विषयलाई आधार बनाई नागरिक अगुवा दीपक भट्ट प्रमाणित प्रतिलिपि माग गर्दे राष्ट्रिय सूचना आयोग र जिल्ला प्रशासन कार्यालय रामेछापमा वोद्यार्थ दिएर मन्थली नगरपालिकासँग सूचनाको हक अनुसार सूचना माग गरेका छन् । सोही आधारमा जिल्ला प्रशासन कार्यालय रामेछापले तत्काल प्रतिवेदनको प्रमाणित प्रतिलिपि नागरिक समाजका सदस्य दीपक भट्टलाई उपलव्ध गराउनु भन्दै पत्राचार समेत गरेको थियो । तर मन्थली नगरपालिकाले हालसम्म उक्त प्रतिवेदन नदिएको जानकारी पनि भट्टले दिए ।
यस बारेमा मन्थली माविका प्रअ टंक प्रसाद दहाल संग प्रश्न गर्दा उनले विद्यालयले छानविन समितिले माग गरेको आधारमा सबै कागज प्रमाण उपलब्ध गराएको र प्रतिबेदनको बारेमा नगरपालिकालै विद्यालयलाई कुनै पनि जानकारी गराई नसेकोकोले नगरपालीकाले हात हालेको विषयमा आफुले अहिले बोल्न नमिल्ने भएपनि पालीकाको निर्देशनलाई भने आफुले अक्षरस पालना गर्र्र्ने बताए ।

Share147Tweet92Share26

Related Posts

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

२४ भाद्र २०७८, बिहीबार
मन्थलीमा योग दिवस मनाइयो
विविध

मन्थलीमा योग दिवस मनाइयो

२४ भाद्र २०७८, बिहीबार
मन्थली मावि पूर्व विद्यार्थी समाजमा  पुरानै समिति कायम
समाचार

मन्थली मावि पूर्व विद्यार्थी समाजमा पुरानै समिति कायम

२४ भाद्र २०७८, बिहीबार
रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता
विविध

रामेछापमा लागु अौषध दुरूपयाेग एबं अाेसार पसार विरूद्दका घटनाहरू बढेकाेमा चिन्ता

२४ भाद्र २०७८, बिहीबार
रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक
देश

रामेछाप जिल्ला अदालतको प्रगति शत प्रतिशत नजिक

२४ भाद्र २०७८, बिहीबार
चिसापनिमा  योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित
समाचार

चिसापनिमा योग साधना केन्द्र सँचालन पछि स्थानियहरु उत्साहित

२४ भाद्र २०७८, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.