Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली मावि नगरकै सान होः नगर प्रमुख बस्नेत

नेपाल अभियान नेपाल अभियान
८ फाल्गुन २०७८, आईतवार
in शिक्षा, समाचार, समाज
0
91
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,८ फागुन । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले मन्थली मा वि मन्थली नगरकै सान भएको बताउनु भएको छ । सो कुराउहाले आईतबार विद्यालयको अभिभावक भेलाको उद्घाटनका क्रममा बताउनु भएको हो ।


कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका बस्नेतले नगर कार्यपालिकाले आफ्नो नगरको कुल बजेट मध्ये ४ंं प्रतिशत बजेट शिक्षा क्षेत्रमा लगानी हुने गरेको जानकारी पनि दिनुभयो । उहाँले नगरले गरेको लगानीको तुलनामा समग्रमा मन्थली माविले शिक्षा क्षेत्रको विकासमा गरेको कामको प्रशंसा गर्नुभयो । बस्नेतले विद्यालयले.गरेको कामबाट सिङगो नगरको सान उँचो भएकोमा प्रअ तथा आम शिक्षक, विद्यालय ब्यवस्थापन समिति परिवार र अविभाबकहरुको समेत शिर ठाडो भएको पनि बताउनु भयो ।
उहाँले विद्यालयलमा शैक्षिक तथा भौतिक विकासका लागि नगरपालिकाले पर्याप्त रुपमा सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि विद्यालयलाई सहयोग गर्नका लागि नगरपालिकाले कुनै पनि कसुर नराख्ने धाराणा ब्यक्त गर्नुभयो । यसका बाबजुद पनि यस अघि मन्थली मावि प्रकृयागत सबालमा धेर थोर चुकेको भएपनि विद्यालयले यसलाई पारदर्शिताका साथ सुधार गरेको जानकारी गराउँदै मेयर बस्नेतले विद्यालय परिवारलाई ईमान्दार पुर्वक शैक्षिक सुधारको काममा लाग्न आग्रह गर्नुभयो ।
भेलामा विद्यालयका प्रअ टंक दाहालले विद्यालयको वार्षिक प्रगति तथा आय ब्यय विवरण पेश गर्नु हुुुँदै शैक्षिक गुणस्तर र आर्थिक पारदर्शिताका सबालमा विद्यालय स्पष्ट रहेको जानकारी गराउनु भयो । उहाले आर्थिक र शैक्षिक सवालमा विद्यालयको स्पष्ट घाराणा रहेको जानकारी गराउनुभयो । उहाँले विद्यालयका ति सबालका बारेमा कुरा उठेमा विद्यालयमा आएर सम्पर्क गर्न पनि सबै अविभाबक र सरोकारवाला पक्षलाई आग्रह गर्नु भयो । हाल विद्यालयमा कुल २ हजार २ सय विद्यार्थीहरु अध्ययनरत रहेको र उनिहरुलाई पढाउनका लागि शिक्षक संख्या,खेलमैदान र शौचालयको संख्या कमि भएकोले यसको ब्यवस्थापनका लागि विद्यालयलाई चुनौति रहेकोले सफल बनाउन सबै पक्षसंग आग्रह गर्नु भयो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्याम सुवेदिको अध्यक्षतामा भएको उक्त उद्घाटन शत्रमा मन्थली नगरपालीका १ का अध्क्षयक्ष नाराणदास श्रेष्ठ, नेपाली काँगैसका जिल्ला सदस्य नबराज श्रेष्ठ, नेकपाएमालेका जिल्ला सदस्य दिनेश सुवेदी,नेकपा माओवादीका नगर सचिब दीपक प्रसाई,नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे विद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष कुमार श्रेष्ठ, शिक्षक अभिभावक संघ (पीटिए) का अध्यक्ष ओम बाबु पुरी मन्थली खानेपानी तथा सरसफाई समितिका अध्यक्ष पुर्ण सुवेदी लगाएतका बक्ताहरुले विद्यालयले शैक्षिक सुधारका पक्षमा बिद्यालयले खेलेको भूमिकाको बारेमा चर्चा गरेका थिए ।

भेलाको बन्द सत्रले नयाँ कार्यसमिति गठन गर्ने जनाइएको छ । निर्बाचन समितिका अनुसार २ जना पुरुषका लागि १० जना र २ जना महिलाका लागि ४ जनाको उमेद्वारी परेको छ ।
पछिल्लो शिक्षा नियमावली अनुसार २ पुरुष र २ महिला अभिभावकहरुबाट प्रत्यक्ष निर्बाचित हुने निर्बाचित सदस्यहरुले १ महिला र १ पुरुष मनोनित गरेपछि हुने ६ जना सदस्यहरु मध्येवाट १ जना अध्यक्ष चयन गर्ने ब्यवस्था रहेको छ ।
निर्बाचन समितिले दिएको समयमा कुल दर्ता २२ जनाले मनोनयन दर्ता गराएपनि गराएपनि १६ जनाको सदर भएको थियो । अन्तिम नामावली प्रकाशन हुनु अघि २ जना पुरुषले आफ्नो नामा फिर्ता लिएका थिए ।
निर्बाचन समितिले सोमबार सम्ममा निर्बाचन प्रकृया टुङयाउने तयारी गरिरहेको निर्बाचन समितिका संयोजक सौभाग्य न्यौपानेले बताउनुभयो । यस अघि बिद्यालय ब्यवस्थापन समिति गठन सम्बन्धी मन्थली नगरपालिकामा मुद्दा परेपछि पालिकाको टोलीले छानविन गर्दा ध्रुब कार्कीको अध्यक्षतामा गठित ब्यवस्थापन समिति अबैध ठहर गरेपछि तेजप्रसाद सुवेदीलाई बिद्यालय ब्यवस्थापनको तदर्थ समितिको अध्यक्षको जिम्मेवारी दिइएको थियो ।

Share36Tweet23Share6

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

८ फाल्गुन २०७८, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

८ फाल्गुन २०७८, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

८ फाल्गुन २०७८, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

८ फाल्गुन २०७८, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

८ फाल्गुन २०७८, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

८ फाल्गुन २०७८, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero