Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

८३ जना छात्रालाई ब्यक्तिगत रुपमा छात्राबृत्ति प्रदान

नेपाल अभियान नेपाल अभियान
११ भाद्र २०७९, शनिबार
in शिक्षा, समाचार, समाज
0
86
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, ११ भदौ – रामेछाप जिल्लाको मन्थली नगरपालिका–वडा नं १ का तेजप्रसाद (श्याम) सुवेदीले ८३ जनालाई छात्रालाई शुक्रवार ब्यक्तिगत रुपमा छात्राबृत्ति प्रदान गर्नुभएको छ ।
जिल्लाका ठूला ब्यवसायि एबं समाजसेवी का रुपमा चिनिनु भएका सुबेदीले ७ वर्षदेखि विपन्न छात्राहरुलाई छात्राबृत्ति प्रदान गर्दै आउनु भएको छ ।
गतवर्ष वर्ष ५७ जनालाई छात्राबृत्ति प्रदान गर्नुभएको सुवेदीले यसवर्ष ८३ जना छात्राहरुलाई आफ्नो स परिवारको नामबाट करिव ७ लाख बराबरको छात्राबृत्ति प्रदान गर्नुभएको हो ।


सुवेदीले पूर्ण छात्राबृत्ति बापद स्नातक तहमा अध्ययनरत मन्थली क्याम्पस र खिम्ती क्याम्पसका छात्रालाई १८ हजार नगद सहित स्कूल ब्याग, ट्रयाकसुट र कापी कलम प्रदान गनुभएको छ भने पूर्ण छात्राबृत्ति बापद नै मन्थली, सुनारपानी, सालु, खिम्ती लगाएतका बिद्यालयका कक्षा १० मा मध्यनरत छात्रालाई १० हजार रुपैयाँ नगदसहित स्कूल ब्याग र कापीकलम प्रदान गनभएको हो ।
जिल्लाका शिक्षाबिद् गुञ्जबहादुर श्रेष्ठको प्रमुख आतिथ्यताम सम्पन्न उक्त कार्यक्रमममा आंशिक छात्राबृत्तितर्फ स्कुल पोषाक, ब्याग र वर्षभरीलाई पुग्नेगरी कापीकलम प्रदान गरिएको थियो ।
त्यसैगरी समता विद्यालयमा अध्ययरत बालिकाहरुलाई भने विद्यालय खर्च भनेर जनही ३ हजार ३ सय रुपैयाँ दिएको छ । छात्राबृत्ति पाउनेमा तामाकोशी जनजागृति क्याम्पस खिम्तीका १२ जना, मन्थली माध्यमिक विद्यालयका ३० जना, मन्थली क्याम्पसका ६ जना, भैरवी माध्यमिक विद्यालय सुनारपानी १० जना, सेतीदेवि माध्यमिक विद्यालय सालु १० जना र समता स्कुलका १५ छात्राहरु रहेका छन् ।


आफ्नो जन्मदिनको अबसर पारेर ८३ जना छात्रालाई प्रदान गरिएको छात्राबृत्ति, गाडी भाडा र खाजा गरी करिव ६ लाख ८० हजार रुपैयाँ खर्च लागेको सुवेदीले बताउनुभयो ।
गाँउमा अझैपनि छोरीलाई पढाउन अभिभावकहरु अनाकानी गर्ने गरेको पाइएकोले उनीहरुलाई पढाउन परिवारलाई प्रोत्साहन गर्ने उद्देश्यले आफ्नो परिवारको कमाइको एकतिहाई विपन्न छात्रालाई छात्राबृत्तिमा खर्च गर्दै आएको पनि सुवेदीलेले बताउनु भयो । जबसम्म महिलाको उन्नती हुँदैन तबसम्म समाज अगाडि जाँदैन, महिलाको उन्नति हुन शिक्षा अपरिहार्य छ,बिद्यालयका वालिकाहरुलाई बिचैमा कक्षा छोडाएरु बिवाह गरिदिने वा अन्य घराएसी काममा लगाईँने भएकाले पनि उनीहरुलाई पठन पाठनका लागि सहज होस भन्नका लागि आफुले छात्रबृत्तिका लागि छात्राहरुनै रोजेको उहाको भनाई छ ।
सुबेदीकै अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, बिषेश अतिथि एबं मन्थली नगरपालिकाका उप–प्रमुख इश्वरी बस्नेत,मन्थली माविका सहायक प्र अ पेशल आचार्य, नेपाल पत्रकार महासंघ रामेछापका बद्री नयाँघरे, रामेछाप प्राविधिक शिक्षालयका प्रमुख हरी प्रसाद पौडेल लगाँएतले उक्त कार्यको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।

Share34Tweet22Share6

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

११ भाद्र २०७९, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

११ भाद्र २०७९, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

११ भाद्र २०७९, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

११ भाद्र २०७९, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

११ भाद्र २०७९, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

११ भाद्र २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero