Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शैलुङको अल्ट्रा म्याराथनमा कुलुङ र जोशी प्रथम

नेपाल अभियान नेपाल अभियान
५ चैत्र २०७९, आईतवार
in खेलकुद, समाचार, समाज
0
39
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,५चैत । जिल्लाको पर्यटकिय स्थल शैलुङमा सम्पन्न सुनापति–शैलुङ अन्तराष्ट्रिय अल्ट्रा म्याराथन प्रतियोगिताको उपाधि सोलुका धावक सुमन कुलुङ र अर्का धाबक मोहन देव जोशीले जित्न सफल भएका छन् । प्रतियोगितामा ५५ किलोमिटर लामो दुरीको दौडमा सोलुका धावक कुलुङ र २५ किलोमिटर दुरीमा मोहन देव जोशी आफुसँग रहेका सबै प्रतिस्पर्धिलाई पछि पार्दै प्रथम हुन सफल भएका हुन् ।
कुलुङले ५५ किलोमिटर लामो दुरीको म्याराथन ५ घण्टा २६ मिनेट ५८ सेकेन्डमा उक्त पूरा गरेका थिए भने २५ किलोमिटरको दौड ३ घण्टा ८ मिनेट ३९ सेकेण्डमा पूरा गरेका थिए । सुनापति–शैलुङ अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथन भने मोहन देव जोशीले जितेका छन् ।
५५ किलोमिटर लामो दुरीको दौड अन्र्तगतको प्रतियोगितामा वेदबहादुर सुनुवारले ५ घण्टा २९ मिनेट ४० सेकेण्डमा आफनो यात्रा पूरा गरि दोस्रो हुन सफल भएका थिए । त्यसैगरी सहि दुरीको दौड अन्र्तगतका धावक दुर्गाराज बुद्धले ५ घण्टा ४४ मिनेट २० सेकेण्डमा पार गर्दे तृतीय स्थान हासिल गरेका थिए ।
सुनापतिबाट शनिवार बिहान ७ बजे सुरु भएको प्रतियोगितामा करिब २ सय जना जति धावकहरु सहभागि भएका थिए । प्रतियोगिताका धावकहरुले पालिका भबनबाट सुनापति डाँडा परिक्रमा गरी खाँडादेवी मन्दिर, गाल्वा, अग्लेश्वर, दोरम्बा, डाँडाकटेरी, धारा, राजभीर गुफा छांगा, घलेडाँडा हुँदै निर्धारीत समय भित्र शैलुङमा पुगेर आफ्नो दुरी पुरा गरेका थिए ।
यसैगरी २५ किलोमिटर अन्तर्गतको सुनापति–शैलुङ अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथनमा देवराज महतराले ३ घण्टा १० मिनेट १० सेकेन्डमा उक्त दुरी पूरा गरेका थिए भने होमलाल श्रेष्ठले ३ घण्टा १४ मिनेट ५ सेकेण्डको समयमा उक्त दुरी पार गर्दे तृतिय स्थान हासिल गरेका थिए ।


उक्त प्रतियोगिता अन्र्तगत ५५ किलोमिटरको दुरीमा प्रथम हुनेलाई ७५ हजार,द्धितिय हुनेलाई ३५ हजार र तृतिय हुनेलाई २० हजार रुपैयाँ नगद पुरस्कार उपलब्ध गराईएको थियो ।
त्यसैगरी २५ किलोमिटर दौड अन्तर्गत प्रथम हुनेलाई ४० हजार, द्धितिय हुनेलाई २० हजार र तृतिय हुनेलाई १० हजार रुपैया नगद पुरस्कार उपलब्ध गराईएको थियो । त्यस्तै ५ किलोमिटर अन्तरगत प्रथम हुनेलाई १५ हजार , द्धितिय हुनेलाइ १० हजार र तृतिय ५ हजार रुपैया नगद पुरस्कार प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिता अन्र्तगत सैलुङ डाँडा वरिपरिको सिमा निर्धारण गरी ५ किलो मिटर शैलुङ अन्तर्राष्ट्रिय अल्ट्रा म्याराथन प्रतियोगिता पनि संचालन गरिएको थियो । उक्त प्रतियोगिताहरुमा देश भरीका धावकको अलावा विदेशी धावक हरुले पनि सक्रियता र उत्साह पुर्वक तरीकाले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा गरेको र जिल्ला खेलकुद विकास समितिले संयोजन सम्पन्न उक्त प्रतियोगिता अन्र्तगत महिला र पुरुष समुह विच छुट्टा छुट्टै रुपमा भएको प्रतिस्पर्धाको पूर्ण विबरण भने यो समाचार तयार पारुन्जेल सम्म पनि जिल्ला खेलकुद विकास समितिबाट प्राप्त हुन सकेको छैन् ।
प्रतियोगिताका लागि सुनापति,दोरम्बा र खाँडादेवी गाउँपालकाले पनि आर्थिक सहयोग गरेका थिए । राष्ट्रिय महत्व बोकेको शैलुङ लाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउन र त्यहाँको पर्यटन क्षेत्रको पहिचान र सम्बद्र्धन गर्ने मुल उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो ।
उक्त प्रतियोगिताको उद्घट्न प्रतिनिधि सभाका सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले गर्नुभएको थियो । कार्यक्रममा परिषद्का सदस्य सचिव टंकलाल प्रदेश सभा सदस्य युवराज चौलागाई, जिल्ला समन्वय समितिका प्रमुख चिना कार्की, उप–प्रमुख प्रेम थापा,सुनापति गाउँपालिका,दोरम्बा गाउँपालिका र खाँडादेवी गाउँपालिकाका अध्यक्षहरु क्रमश ठुलो कान्छा तामाङ,मैन कुमार मोक्तान र ज्ञान कुमार श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।

Share16Tweet10Share3

Related Posts

गेलुमा ससुराद्वारा बुहारीकाे हत्या
समाचार

गेलुमा ससुराद्वारा बुहारीकाे हत्या

५ चैत्र २०७९, आईतवार
मन्थलीमा चार दिने योग शिविर आजबाट सुरु
समाचार

मन्थलीमा चार दिने योग शिविर आजबाट सुरु

५ चैत्र २०७९, आईतवार
भीरपानीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते
समाचार

भीरपानीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते

५ चैत्र २०७९, आईतवार
जिल्ला प्रशासन कार्यालय मार्फत गुनासाे तथा सुझाव संकलन र नागरिक वडापत्रकाे क्यु आर सार्वजनिक
समाचार

जिल्ला प्रशासन कार्यालय मार्फत गुनासाे तथा सुझाव संकलन र नागरिक वडापत्रकाे क्यु आर सार्वजनिक

५ चैत्र २०७९, आईतवार
रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि  संयुक्त जनआन्दोलन समिति गठन
समाचार

रामेछापमा पनि राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन

५ चैत्र २०७९, आईतवार
नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान
समाचार

नदीको कटान बाट वस्ती र सार्वजनिक स्थल जोगाउन हप्तौ सम्म श्रमदान

५ चैत्र २०७९, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.