मन्थली, चैत्र २३ । रामेछापको मन्थली नगरपालिका वडा नं–७ को कौछिनी (मगर गाँउ नजिक) भएको वलेरो दुर्घटनामा परी मृत्यू हुने को संख्या ५ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछपका अनुसार थप मृत्यु हुनेमा मन्थली नगरपालिका वडा नं ७ कौछिनी का ५० बर्षिय वलेरो चालक दल बहादुर आलेमगर रहेका छन् । मगरको रामेछाप सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यू भएको हो । दुर्घटनाका क्रममा यस अघि ४ जनाको घटनास्थलमै मृत्यू भएको थियो ।
बाँकी रहेका ११ जना घाइते मध्ये ३ जना गम्भिर घाइते लाई थप उपचारका लागि काठमाण्डौ लगिएको प्रहरीले जनाएको छ ।
दैनिक रुपमा कौछिनी वाट मन्थली सम्म चल्दै आएको वा ११ च ५५३ नं को उक्त बलेरोले विहिवार अपरान्ह १६ जना मानिस र समान लिएर रामेछापको सदरमुकाम मन्थली बाट मन्थली नगरपालिकाको वडा नं–७ स्थित कौछिनी जाने क्रममा व्रेक फेल भइ दुर्घटना भएको जनाइएको छ ।
यो बारेमा तपाईको प्रतिकृया