Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप प्रहरी द्वारा वार्षिक प्रतिवेदन सार्वजनिक , २ करोड १ लाख ८० हजार १७५ रुपैयाँ जरिवाना असुल उपर

नेपाल अभियान नेपाल अभियान
१२ श्रावण २०८०, शुक्रबार
in समाचार, समाज
0
54
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ,१२ साउन । जिल्ला प्रहरी कार्यालय रामेछापले गत आर्थिक वर्ष २०७९÷८० मा २ करोड १ लाख ८० हजार १७५ रुपैयाँ जरिवाना असुल उपर गरेको छ ।


प्रहरीका अनुसार गत वर्ष विभिन्न अपराध कसुरमा अदालतबाट फैसला भई कैद सजाय तोकिएका ४३ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतलाई बुझाएको र यसबाट २९ वर्ष १० महिना कैद सजाय समेत दिलाइएको छ ।
शुक्रवार जिल्ला प्रहरी कार्यालय रामेछापमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी प्रहरी नायव उपरीक्षक होम बहादुर पराजुलीले सो कुरा सार्वजनिक गर्नुभएको हो ।
उहाले गत आर्थिक वर्षमा १ सय ८८ वटा घटना दर्ता भएको जानकारी पनि गराउनु भयो । जसमध्ये ५१ वटा घटना आत्महत्याका रहेका छन् भने भवितव्य ज्यानका ३७, अभद्र व्यवहार कसुरका २६, फुटकर ज्यान १५, जबरजस्ती करणीका १२, सवारी ज्यान ५, लिखित सम्बन्धी कसुर ५ ज्यान मार्ने उद्योगका ४, कर्तव्य ज्यानका –४ र जबरजस्ती करणी उद्योगका ३ वटा घटना भएको कुरा पनि जानकारी गराउनुभयो ।
आत्महत्या मध्ये जसमध्ये एक आर्थिक वर्षको वीचमा जिल्लामा ४३ जनाले झुन्डिएर र ८ जनाले विष सेवन गरेर आत्महत्या गरका थिए ।
उहाँका अनुसार –यो भन्दा अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा भवितव्य ज्यानका ३६, अभद्र व्यवहार कसुरका २९, फुटकर ज्यानका ११, जबरजस्ती करणीका १७, सवारी ज्यानका ४, लिखित सम्बन्धी कसुरका २, ज्यान मार्ने उद्योगका ७, कर्तव्य ज्यान १ र जबरजस्ती करणी उद्योगका ५ वटा घटना दर्ता भएका थिए ।
पराजुलीले अन्य घटनाका तुलनामा जिल्लामा सबै भन्दा बढी अत्महत्याका घटनाहरु भएकोले यस खालका घटनालाई न्युनिकरण गर्नका लागि प्रहरीले स्थानीय सरकार र अन्य सरोकारवालाहरुको सहभागितामा सकरात्मक सन्देश प्रवाह गर्ने खालका बिभिन्न सचेतामुलक कार्यहरु गर्ने तयारी गरिरहेको बताउनुभयो ।
विभिन्न अपराधमा संलग्न भएको आरोपमा यो वर्ष १३८ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको र अझै १७ जना आरोपी फरार रहेकाले खोजी कार्य जारी रहेको पनि प्रनाउ पराजुलीले बताउनुभयो ।। अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा यस्ता ३० जना अभियुक्तहरू परेका थिए । नागरिक स्तरमा चेतना बढेका कारण गत आर्थिक वर्षमा जातीय छुवाछुत, बोक्सीको आरोप जस्ता सामाजिक अपराधका घटनाहरू दर्ता हुने क्रम पनि घटेको सो अवसरमा जानकारी गराईएको थियो ।

Share22Tweet14Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१२ श्रावण २०८०, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१२ श्रावण २०८०, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१२ श्रावण २०८०, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१२ श्रावण २०८०, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१२ श्रावण २०८०, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१२ श्रावण २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero