मन्थली,१० कार्तिक । कृष्ण प्रणामी भजन टोली पछिल्लो समयमा आफ्नो भजन टोलीको प्रचार प्रसारमा ब्यस्त रहेको छ । २०३७ सालमा रामेछापको साविक मझुवा–१(हाल खाँडादेवी गा.पा –२) मा स्थापना गरिएको उक्त संस्थामा हाल सम्म ५००० भन्दा बढि सदस्यहरु बनिसकेका छन् । उहाहरुको १०–१५ जनाको भजन टोली छ, टोलीका सबैले बजाउने र गाँउने गर्नहुन्छ । बिषेश गरी सत्संघ (भगवानहरुको नाममा गाइने भजनहरु) मा ब्यस्त हुने यो टोली जस्ले जहा बोलाएपनि तुरुन्त पुगिहाल्ने गरेको छ ।

२०३७ सालदेखि भजन कृतन सुरु भएको भएपनि औपचारिक रुपमा २०४३ सालदेखि संस्थागत निर्णय सहित यो टोलीले आफ्नो काम सुरु गरेको कृष्ण प्रणामीका मूल अभियान्ता जय प्रकाश प्रधानले बताउनुभयो ।
जिल्ला समिति बाहेक विभिन्न वडामा गरी –६ वटा इकाईहरु मार्फत आफ्ना अभियान सञ्चालन गरिरहेकोे उक्त टोलीले आफ्नो उद्देश्य अनुरुपको आत्ममोक्ष,बिश्व शान्ति,मानव कल्याण, अहिंसा र दुर्ब्यसन बिरुद्धको सन्देश दिने गरेको खाँडादेवी गाउपालिका वडा नं –२ धुसाल मझुवाका कृष्ण प्रणामी इकाईका अध्यक्ष कृष्ण श्रेष्ठले बताउनुभयो ।
हिन्दु धर्मको एक अंगका रुपमा रहेको यो टोलीले द्धन्द काल भन्दा अघि वर्ष दिनमा हुने ३६५ दिन मध्ये १५० देखि २०० दिन सम्म दैनिक भजन गाउने गरिएको भएपनि द्धन्द काल पछि र कोरोना महामारीका कारण भजन कृतनमा कमी आएको अध्यक्ष श्रेष्ठ ले बताउनुभयो । उहाले भन्नुभयो– “ हामी हाम्रो उद्देश्य अनुसारको काम गर्ने सदस्यहरु थप गर्ने अभियानमा छौ । त्यसका लागि जुन भक्तजनले जहा वोलाउनुहुन्छ (जिल्ला भित्र वा बाहिर) हामी त्याहा टोलीनै पुग्छौ र उहाहरुको समयानुकुल भजन किर्तन गर्छौ, भक्तजनहरुको हामी प्रतिको माया ममतानै हाम्रो मूल सम्पति हो । ”
बिश्व हिन्दु महासंघको जिल्ला र पालिका स्तरका संस्थाहरु गठनले आफ्नो समुहलाई अझ सदस्याता बिस्तारका लागि सहज भएको छ । उस्तै प्रकृति र उद्धेश्यका साथ स्थापना भएको यो महासंघले जिल्लामा केहि ठुला कार्यक्रमहरु समेत गर्न थालिसकेाले आफ्नो भजन टोलीको चिनारी गराउन अझ सजिलाे भएको पनि श्रेष्ठले बताउनुभयो ।
“प्रणाम राज श्यामायः,प्रणाम राधिका वरम्,प्रणाम गुरु देवाय, प्रणाम साथ सुन्दरम्” भन्ने मुल नारालाई आम्मसाथ गर्दै कृष्ण प्रणामी धर्मको सत्संघ, भजन कृतनको नामबाट अघिबढेको यो टोलीले आफ्ना अभियान लाई निरन्तरता दिइरहेको छ ।












यो बारेमा तपाईको प्रतिकृया