Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

तीज बिशेष कार्यक्रममा विभिन्न व्यक्तिहरु सम्मानित

नेपाल अभियान नेपाल अभियान
१५ भाद्र २०७६, आईतवार
in समाचार, समाज
0
360
SHARES
Share on FacebookShare on Twitter

१५ भदौ, २०७६

रामेछाप- भृङ्गेश्वर सेवा समाजद्धारा आयोजित तीज विशेष कार्यक्रममा विभिन्न क्षेत्रबाट समाज सेवामा लागेका व्यक्तिहरु सम्मानित भएका छन् । शनिबार सदरमुकाम मन्थलीमा आयोजना गरिएको ‘बृहत तीज बिशेष कार्यक्रम– २०७६’ को अवसरमा विभिन्न क्षेत्रबाट समाज सेवामा योगदान पु¥याउने व्यक्तित्वहरु सम्मानित भएका हुन् । कार्यक्रममा जिल्लाका ८ स्थानीय तहका उपप्रमुखहरुलाई सम्मान गरिएको छ । त्यस्तै पत्रकार टीकाप्रसाद भट्ट र सामाजिक अभियान्त अप्सरा कार्की अभिनन्दन सहित सम्मानित भएक छन् । त्यसैगरी पत्रकार युनिक विफा घिसिङ, ज्ञानु श्रेष्ठ र रामचन्द्र विक पनि सम्मानित भएका छन् । संस्थाले कलाकारिताको क्षेत्रबाट कला र संस्कृतिलाई संरक्षण गर्न ठूलो योगदान पु¥याएको भन्दै कलाकारहरुलाई समेत सम्मान गरेको छ ।

लिखुतामाकोशी गाउँपालिकाको बिजुलीकोटमा स्थापना भएको भृङ्गेश्वर सेवा समाजले यस अघि पनि विभिन्न व्यक्तिहरुलाई सम्मान गरिसकेको छ ।
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य देवशंकर पौडेलले महिलाहरुले मनाउने गरेको तीजको छुट्टै पहिचान भएकाले यसलाई जोगाउनको लागि सबै लाग्नु पर्ने बताउनुभयो । पूर्व संविधानसभा सदस्य लक्ष्मी गुरुङले महिला विशेष चाडपर्व मनाउँदा महिलाहरुले भोग्दै आएका समस्यहरुलाई बहसको रुपमा उठाउनु पर्नेमा जोड दिनुभयो । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले आफ्नै पहिचान बोकेका नेपाली चाडपर्वहरु पश्चिमा सभ्यताका कारण लोप हुँदै गएकोले त्यसलाई जोगाउन सबै लाग्नु पर्ने बताउनुभयो ।

रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काले पछिल्ला केही वर्ष देखि नेपालको पहिचान बोकेका चाडपर्वहरु भड्किला हुँदै गएकाले त्यसलाई नियन्त्रण गरी हाम्रो मौलिकता अनुसार चाडपर्व मनाउनु पर्नेमा जोड दिनुभयो । त्यसैगरी नेपाली काग्रेसकाे तर्फबाट आफ्नो भनाइ राख्दै का‌ंग्रेस नेता नारायाण बोगटीले तीज पर्वलाइ तडक भडक नगरी हाम्रो परम्परालाइ परिमार्जन गर्दै यस्ता प्रकारका कार्यक्रम राख्दै जानु पर्नेमा जोड दिनुभयाे । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेलले भड्किलो तरिकाले तीज मनाउदा धेरै घटनाहरु घटी रहेकाले त्यस्ता घटना नघटाउने गरी तीज पर्वलाई मनाउनु पर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष शिवसागर मगरको अध्यक्षता, नेकपा केन्द्रिय सदस्य एवं पूर्व सासंद देवशंकर पौडेलको प्रमुख आतिथ्यता तथा समाजसेवी केशर बहादुर पौडेलको विशिष्ट आतिथ्यतमा कार्यक्रम सम्पन्न भएको थियो ।

भृङ्गेश्वर सेवा समाजको आयोजना तथा रामेछाप साँस्कृतिक कलाकार समाजको सह–आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुले प्रस्तुती समेत देखाएका थिए ।

Share259Tweet42Share12

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१५ भाद्र २०७६, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१५ भाद्र २०७६, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१५ भाद्र २०७६, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१५ भाद्र २०७६, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१५ भाद्र २०७६, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१५ भाद्र २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero