मन्थली,२८ पुष । रामेछाप जेसिजले शनिवार एक कार्यक्रमको अयोजना गरी पद हस्तान्तरण एबं पुरस्कार बितरण समारोह सम्पन्न गरको छ । सुरुमा इ स २०२३ का अध्यक्ष राम कुमार बस्नेतको अध्यक्षता र त्यसपछि ई सं २०२४ का लागि बनेका अध्यक्ष सन्तोष खत्रीको अध्यक्षतमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन संघिय सांसद पूर्ण बहादुर तामाङ(कान्छाराम) ले गर्नु भएको थियो ।
सो कार्यक्रमका अबसरमा पुराना कार्यसमितिका पदाधिकारी ले नयाँ कार्यमितिका पदाधिकारी हरुलाई पद हस्तान्तरण गरी पद तथा गोपनियताको सफथ ग्रहण गराइएको थियो ।
कार्यक्रमका अबसरमा प्रमुख अतिथि कान्छाराम तामाङ, मन्थली नपाका प्रमुख लव श्रेष्ठ, र रामेछाप नगरपालिकाकि उप प्रमुख वाल कुमारी कार्की, गोकुल गंगा गाँउपालिकाकि उपाध्यक्ष उषा कार्की, मन्थली न पा का विभिन्न वडाका वडा अध्यहरु, पत्रकार महासंघका अध्यक्ष बद्री नयाँँघरे लगाएतले नवनिर्वाचित सबैलाई बधाई एबं शुभकामना ब्यक्त गर्नुभयो ।












यो बारेमा तपाईको प्रतिकृया