Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

थानापति मन्दिरमा हजारौँको भिड, यसरी नचाए कलाकारले भक्तजनलाई (भिडियोे)

बद्री नयाँघरे बद्री नयाँघरे
१६ भाद्र २०७६, सोमबार
in समाचार, समाज
0
2k
SHARES
Share on FacebookShare on Twitter

१६ भदौ, २०७६

पुरानागाउँ- रामेछापको मन्थली नगरपालिका वडा नं. ९ पुरानागाउँमा रहेको प्रसिद्ध धार्मिक स्थलको रुपमा परिचित थानापति महादेवस्थान मन्दिरमा भव्य मेला लागेको छ । विशेष रुपमा महिलाहरुले मनाउने महान चाड हरितालिका तीजको अवसरमा लागेको मेलामा करिब पाँच हजारको हाराहारीमा भक्तालुजनहरुले दर्शन गरेका छन् ।

हरितालिका तीजको ब्रत बसेका महिलाहरु सोमबार विहानै देखि पुजा पाठ गर्न मन्दिरमा आएका थिए । विहान देखि बेलुका सम्मको समयमा पाँच हजार भन्दा बढी भक्तजनहरु आएको वडाअध्यक्ष बुद्धी बहादुर पुलामी मगरले बताउनुभयो । वडा अध्यक्ष पुलामी मगरका अनुसार रामेछापका विभिन्न ठाउँ तथा अन्य जिल्लाका भक्तजनहरु समेत पूजाको लागि महादेवस्थान मन्दिरमा आउने गरेका छन् ।

स्थानीय संस्थाको आयोजनामा विषेश कार्यक्रम

स्थानीय संस्था बाङ्गेसल्ला युवा समाजको आयोजना तथा मन्थली नगरपालिका वडा नं. ९ पुरानागाउँको समन्वयमा ‘थानापति धार्मिक पर्यटन तथा साँस्कृतिक कार्यक्रम–२०७६’ पनि भव्यताका साथ सम्पन्न भएको छ । हामी सबैको साझा ध्यान थानापति धार्मिक, साँस्कृतिक र पर्यटन प्रबद्र्धन भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा थानापति महादेवस्थानको प्रचारप्रसार गर्न राष्ट्रिय स्तरका कलाकारहरुले विभिन्न प्रस्तुतिहरु देखाएका थिए ।

बाङ्गेसल्ला युवा समाजका अध्यक्ष कर्मन तामाङको अध्यक्षता तथा मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख रमेश कुमार बस्नेतले थानापति महादेवस्थान मन्दिरलाई जिल्लाकै सुन्दर पर्यटकिय स्थलको रुपमा विकास गर्नको लागि पुरातत्व विभागसँग मिलेर गुरुयोजना बनाएर अगाडी बढ्ने तयारीमा नगरपालिका रहेको बताउनुभयो । उहाँले नगर विकासको लागि आफ्नो बाँकी कार्यकालमा रातदिन खटेर काम गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै राजनीतिक दलका नेताहरुले धार्मिक रुपमा एउटा छुट्टै पहिचान बोकेका थानापति महादेवस्थान मन्दिरको विकास गरेर आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सके जिल्लानै समृद्ध बन्ने दाबी गरेका छन् । उनिहरुले थानापति महादेवस्थान मन्दिरको विकासमा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकारको समन्वय हुनु पर्नेमा जोड दिएका छन् । संस्थाले थानापति महादेवस्थान मन्दिरको विकासमा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने व्यक्तिहरुलाई सम्मान समेत गरेको छ ।

यसरी नचाए भक्त्तजन र नेतालाइ कलाकारले हेर्नुस भिडियो :

Share1938Tweet43Share12

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१६ भाद्र २०७६, सोमबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१६ भाद्र २०७६, सोमबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१६ भाद्र २०७६, सोमबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१६ भाद्र २०७६, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१६ भाद्र २०७६, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१६ भाद्र २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero