Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

करको दायरा घटाउन मन्थली नगरपालिकामा डेलिगेशन

नेपाल अभियान नेपाल अभियान
१७ श्रावण २०८१, बिहीबार
in समाचार, समाज, स्थानीय सरकार
0
74
SHARES
Share on FacebookShare on Twitter


मन्थली,१७ साउन । मन्थली नगरपालिकाले चालु आर्थिक वर्षदेखि लागु हुने गरी घरवहाल र भुमि करको न्यूनतम मापदण्ड लागु गरेपछि सोको विरोधमा स्थानीय बजार वासी र ब्यवसायीहरु मन्थली नगरपालिकामा डेलिगेशन गएका छन् ।


घट्दै गएको मन्थली वजारको ब्यापार ब्यवसाय र घट्दै गएकाे उत्पादन लाई मध्यनजर गर्दै मन्थली नगरपालिकाले क्षेत्रगत वर्गिकरणका आधारमा निर्धारण गरेको मापदण्ड अनुसार आफुहरु कर तिर्न नसक्ने भन्दै उनीहरु नगरपालिकामा डेलिकेशन गएका हुन् ।

मन्थली वजारमा रहेका घरवाला र डेरा वाला विच पटक पटक लेनदेनको बिषयलाई लिएर विपाद हुने र उक्त विवाद मन्थली नगरमा सम्म आइपुग्ने भएका कारण उक्त विवाद नहोस र कर छली पनि नहोस भन्ने उद्देश्यले एउटा मापदण्ड वनाई सबैलाई करको दायरामा ल्याउन प्रयास गरिएको भएपनि सबै कुरा यहि नभएर यसको परिमार्जन गर्न सकिने मन्थली नगर प्रमुख लव श्रेष्ठले बताउनुभयो ।


डेलिकेशन गएकाहरु मध्ये अधिकांस वक्ताहरुले ब्यापार ब्यवसायको अभावमा खाली हुँदै जान लागेका आफ्ना घर तथा सटरको नगरले तोकेको कर तिर्न आफुहरु नसक्ने बताएका थिए ।
सो अवसरमा बोल्दै स्थानीय पशुपति न्यौपानेले नगरले अस्तब्यस्त करको दायरा वनाई नगरवासी र सम्बन्धित ब्यवसायीलाई आतंकित बनाएको र स्थानीय सरकारले नागरिकमाथि परेको समस्यालाई समाधान गरी स्वतः स्फुर्तः कर तिर्ने वातावरण बनाउनुपर्ने ठाँउमा दमनकारी भूमिका खेलेको आरोप लगाउनुभयो ।
उहाँले आक्रोशित हुँदै भन्नुभयो –‘पालिकाले करको दायरा बनाउदा उत्पादन, विक्रि र उपभोक्ताको क्रय शक्तिलाई आधार मन्नुपर्नेमा मनोमानि ढंगले कर लाद्न खोजेको छ यो कुनै हालतमा मान्य हुन्न । ’
नगरपालिकाले क्षेत्रगत आधारमा देवकोटा चोक क्षेत्रको रु ८० का दरले प्रति स्क्वाएर फिट र अन्य आस पासको क्षेत्रहरुमा ६० देखि ५ रुपैया स्क्वाएर फिट सम्म घरवालाले डेरा वालासँग लिई त्यसको १० प्रतिशत कर मन्थली नगरपमा वुझाउनु पर्ने प्रावधान बनाएको थियो ।
कार्यक्रमका अवसरमा बोल्दै नगर प्रमुख लव श्रेष्ठले करको विषयमा प्रतिनिधिमूलक छलफल गरी परिमार्जन गर्न उपर्युक्त देखिएमा गर्न सकिने बताउनुभएको छ ।

Share30Tweet19Share5

Related Posts

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१७ श्रावण २०८१, बिहीबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

१७ श्रावण २०८१, बिहीबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

१७ श्रावण २०८१, बिहीबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

१७ श्रावण २०८१, बिहीबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

१७ श्रावण २०८१, बिहीबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

१७ श्रावण २०८१, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero