Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

शैक्षिक सुधारका लागि खिम्तीमा श्रीमद्भागवत महापुराण

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
८ कार्तिक २०८१, बिहीबार
in समाचार, समाज
0
20
SHARES
Share on FacebookShare on Twitter

मन्थली,८ कार्तिक । आफ्नो विद्यालयको शैक्षिक क्षेत्रलाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन रामेछाको लिखु तामाकोशी गाँउपालिका वडा नं –६ मा रहेको श्री तामाकोशी जनजागृति मावि खिम्तीले बिद्यालय प्रङ्गडमा श्रीमद्भावगत महापुराण (सप्ताह) लगाइरहेको छ ।
जिल्लाका अधिकांस सामुदायिक विद्यलयहरु बन्द रहेको यस बेलामा यस विद्यालयले आध्यात्मिक माध्यमबाट शिक्षक, विद्यार्थी र अभिभावकहरु, शिक्षाप्रेमी सबैको समुन्नति सदाचार र सद्भाव एबं दिवंङ्गत विद्यार्थीहरुको मोक्ष प्राप्ति को लागि महापुराण लगाएको हो ।

आफ्नो विद्यालयलाई नमूना बिद्यालय बनाउन, जग्गा गरिद गरी थप भौतिक संरचना निर्माण गर्न र विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई बिशेष छात्रबृत्ति दिई पढाउनका लागि अक्षय कोष खडा गर्न विदाको समयपारेर बिद्यालयमा श्रीमद् भावगत महापुराण लगाइएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष षडानन्द कडरीयाले बताउनुभयो ।

उहाले भन्नुभयो – “यस विद्यालयमा पढन आउने विद्यार्थीहरुको यस अघि विभिन्न कारणबाट भएको मृत्यू पश्चात बिद्यार्थीहरुमा देखिएको काम्ने, बौलाउने, बेहोस हुने जस्ता समस्याहरु भएका कारण ति समस्या समाधान गर्नका लागि होम होमादी गरी पितृ मोक्षको कामना गर्न पनि यो महापुराण लगाएइको हो ।”

भुकम्प पछि एसियाली विकास बैंक र भारतिय दुतावास बाट रामेछाप जिल्लाका धेरै विद्यालयहरु पुनः निर्माण भएपनि यहाँको विद्यालयमा विद्यार्थीहरुको चाप निक्कै बढेकोले भवन निर्माण र जग्गा गरिद गर्न तथा यस विद्यालयलाई नमुना विद्यालयमा रुपान्तरण गर्नका लागि आबश्यक पर्ने विभिन्न सूचकहरु पुरा गर्न महापुराण लगाइएको सो विद्यालयका प्रधानाध्यापक छबिलाल श्रेष्ठले बताउनुभयो ।
आफ्नो गाँउमा भएको विद्यालयमा गुणस्तरीय पठनपाठन गराई भौतिक पुर्वाधारले सम्पन्न गराउनका लागि पनि यो महापुराण लगाइएको श्री मद्भागवत महापुराण मूल आयोजक समितिका संयोजक शिब न्योपानेले बताउनुभयो ।

लिखु तामाकोशी–६ खिम्तीकका वडाका वडा अध्यक्ष समेत रहनुभएका न्यौपानेले भन्नुभयो – “हामीले नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने, यहाँ नगरे कहाँ गर्ने, सके दान नसके हे भगवान !” भन्ने मूल नाराका साथ याे महापुराणकाे आयोजना गरेका हाैं ।
“अहिले पछिल्लो समयमा सप्ताह लगाएतका बिभिन्न धार्मिक कार्यहरु आलोचित हुँदै आइरहेका छन् तर यो सप्ताहलाई त्यस्तो नबनाई विशुद्द शैक्षिक गुणस्तर बृद्धि गर्ने मात्र काम गरिने छ । यहाँ उठेको रकम एक रुपैया पनि हिनामिना हुन दिइने छैन ।”

बिद्यालयको स्तरोन्नती,जग्गा खरिद र अक्षय कोष स्थापनाका लागि यो महापुराण यस अघि नै लगाउने तयारी भएको भएपनि विभिन्न कारणले नसकिएको र दशै तिहारको विचमा विद्यालय वन्द रहेको मौका पारेर गुणस्तरीय शैक्षिक गतिविधि र नमुना बिद्यालय बनाउने एबं अक्षय कोष खडा गरी विपन्न विद्यार्थीहरुलाई पठन पाठनमा सहयोग गर्नका लागि यो महापुराण लगाएइको लिखु तामाकोशी गाँउपालिकाकी निवर्तमान उपप्रमुख एबं स्थानीय अभिभावक दीपशिखा दाहालले बताउनुभयो ।

यो विद्यालय लिखु तामाकोशी गाँउपालिकाका विद्यालयहरु मध्ये उत्कृष्ठ बिद्यालय भएको, यहाँ दरवन्दि अनुसारका शिक्षक, पर्याप्त भवन र विद्यार्थी, हुँदा हुँदै पनि विद्यालयको शैक्षिक गतिविधि थप सुधार गर्ने प्रयोजनका लागि गरीएको यो श्रीमद्भावगत महापुराणले अरु बिद्यालयहरुलाई पनि सिकाइ हुने जिल्ला शिक्षा तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेल वताउनुहुन्छ ।
यस तामाकोशी जनजागृति माध्यामिक विद्यालयमा हाल २ वटा भवनका ३४ वटा कोठामा अध्ययन गर्ने प्राबिधिक धार सहित ६ सय भन्दा बढि बिद्यार्थीहरु रहेका छन् ।

भागवत मन्जरी गरिमा उपाध्याय बाट कथा वाचन भैरहेको महापुराणमा छैटांै दिनको ५ बजे सम्ममा ४६ लाख १७ हजार रकम संकलन भैसकेको र दानवीरहरु आउने क्रम जारी रहेकोले अझै रकम बढने निश्चित भएको सो विद्यालयका शिक्षक गणेश प्रसाद दाहालले जानकारी दिनुभयो ।
विद्यालयको शैक्षिक क्षेत्र सुधार गर्न गरिएका यस्ता कृयाकलापहरु अन्य विद्यालयहरुले पनि गर्न सके शैक्षिक गुणस्तर बृद्धि हुने मन्थली माविका निवर्तमान प्रअ एबं शिक्षाप्रेमी गुञ्जवहादुर श्रेष्ठ बताउनुहुन्छ ।

Share8Tweet5Share1

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

८ कार्तिक २०८१, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

८ कार्तिक २०८१, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

८ कार्तिक २०८१, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

८ कार्तिक २०८१, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

८ कार्तिक २०८१, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

८ कार्तिक २०८१, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero