Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

पालिकाको शैक्षिक अवस्था सुधार गर्न रस्नालुमा प्रारम्भिक वाल विकास सिकाई मेला

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२२ मंसिर २०८१, शनिबार
in शिक्षा, समाचार, समाज
0
67
SHARES
Share on FacebookShare on Twitter

गोकुलगंगा,२२ मंङ्सिर । गोकुलगंगा गाँउपालिकाको शैक्षिक अबस्था सुधार गर्नका लागि पलिाकाले प्ररम्भिक वालविकास सिकाई मेला– २०८१ को आयोजना गरेको छ ।

सेतो गुराँस राष्ट्रिय वालविाकास सेवाको समन्वय तथा चाइल्ड एड जर्मनको आर्थिक सयोगमा गोकुलगंगा गाँउपालिकाले पालिकामा भएका ३३ वटा विद्यालयहरुलाई सहभागी गराएर प्रारम्भिक बालविकास सिकाई मेला–२०८१ को आयोजना गरेको हो ।


मेलामा वालवालिकाहरु द्वारा निर्माण गरिएका शिक्षण सिकाई कृयाकलाप अन्तर्गतका सामाग्रीहरु र परम्परागत समाग्रीहरु (ढिकी, जातो, ओखल, मुसल,) लगाएतका सामग्रीहरु प्रदर्शनीमा राखिएका थिए ।

कार्यक्रमका अवसरमा जंक फुड ( पत्रु खाना) खान नहुने, आफ्नो नियमित स्वास्थ्यको ख्याल राख्नु पर्ने आफ्ना वालवालिकाहरुले गृह कार्य गने नगरेको अभिभावकहरुले नियमति अनुगमन गर्नु पर्ने लगाएतका सन्देस दिने खालका दोहोरी गित तथा नाटकहरु प्रदर्शन गरिएको थियो ।
एक अर्को बिद्यालयहरुलाई अन्तरघुलन गराई प्रारम्भिक शिक्षण सिकाई कृयाकलापलाई बृद्धि गदै पालिकाको शैक्षिक अबस्था सुधार गर्नका लागि यो कार्यक्रमको अयोजना गरिएको गाउपालिकाका अध्यक्ष काजी बहादुर खड्का (दिनेश)ले बताउनुभयो ।


यस्ता सिकाई मेलाले आफुहरु जस्ता विद्यार्थीहरुलाई स्थानीय स्तरमा भएका सामाग्री र सीप कसरी प्रयोग गर्ने भन्ने जानकारी हुने र अन्तरविद्यालयको सिप एक अर्काले आदान प्रदान गर्दा विद्यार्थी साथीहरुविच सद्भाव कायम हुने भएकाले यस्तका कार्यक्रम बेला वेलामा भैरहनुपर्ने कार्यक्रममा सहभागि शारदा मावि ठोसे की कक्षा १२ मा अध्ययन रत विद्यार्थी प्रियन्का रेग्मीले वताइन । त्यस्तै यस्ता गतिविधले आफु जस्ता विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभाहरु प्रस्फुटन गराउन समेत मद्दत पुग्ने एक अर्कालाई चिनजानको अवसर भएको र गीत तथा नाटक बाट धेरै सन्देश प्राप्त भएको गोकुलगंगा मावि रस्नालु मा कक्षा–४ मा अध्ययनत बिद्यार्थी सचिन भण्डारीले बताए ।

आफुले जानेको सिप अरुलाई देखाउने र अरुको सिप आफुले लिने यस्तो मेलाले आफु जस्ता धेरै विद्यार्थीलाई धेरै सीप सिकाएको । पछिल्लो पुस्ताले अघिल्लो पुस्तामार्फत निर्माण गरिएका परम्परागत सामाग्रीहरु विर्सन सक्ने भएकाले त्यसको जगेर्ना गराए पछिल्लो पुस्तालाई जानकारी गराउने र सन्देशमुलका गीत र नाटकले प्रारम्भिक शिक्षण सिकाई कृयाकलापमा अभिभावकहरुको पनि त्यत्तिकै ठुलो महत्व हुन्छ भन्ने सन्देश दिएकोले पनि पालिकाले यस्ता कार्यक्रम हरेक वर्ष गर्न जरुरी रहेको शारदा मावि ठोसे की विद्यार्थी सलिना कार्कीले बताइन ।


गोकुलगंगा गाँउ पािलकामा २०७८ साल देखि सेतो गुराँस राष्ट्रिय वाल विकास सेवाले गुणस्तरीय शिक्षा सुदृढिकरणका लागि प्रारम्भिक वाल विकास तथा आधारभूत शिक्षा प्रद्र्धन परियोजना मार्फत वालवालिकाहरुका लागि विभिन्न गतिविधिहरु सञ्चालन गरीरहेको छ ।


स्थानीय स्तरमा शिक्षकहरुले निर्माण गरिरहनु भएको शैक्षिक सामाग्री र त्यसको प्रयोग सहित अभिभावकहरुको पनि संम्लग्नता शिक्षण सिकाई कृयाकलापमा हुनुपर्छ भन्ने सन्देश दिनका लागि यो मेला आयोजना गरिएको पनि सेतो गँुरास राष्ट्रिय बाल विकास केन्द्र ले बताएको छ । यस्ता कार्यक्रमहरुले शिक्षक र विद्यार्थीहरुको शिक्षण सिकाई कृयाकलाप बृद्धि हुने र परम्परागत शिक्षण सिकाइको अभ्यासलाई न्यूनिकरण गर्ने गुणस्तरीय शिक्षा सुदृढिकरणका लागि प्रारम्भिक वाल विकास तथा आधारभूत शिक्षा प्रबद्र्धन परियोना प्रमुख कर्ण दराईले बताउनुभयो ।


प्रारम्भिक तहका वालवालिकाहरको सिकाई उपलब्धि बृद्धि गराउन र जगै देखि सिकाई उपलब्धि बढाउन सकियो भने विद्यार्थीहरुको सीप बृद्धि हुने भएकाले पनि गोकुलगंगा गाउपालिकाले सेतो गँुरास राष्ट्रिय वाल विकास सेवाको सहयोगमा यस्तो कार्यक्रम आयोजना गरिएको गाँउ पालिकाका शिक्षा अधिकृत नरेन्द्र सिं भण्डारीले बताउनुभयो ।

रामेछाप जिल्लामा गुणस्तरीय भवनहरु भएपनि विद्यार्थी र शिक्षाको गुणस्तर खस्कदशै गैरहेको छ । घट्दै गएको शैक्षिक गुणस्तरलाई बृद्धि गर्न यस्ता कार्यक्रम जिल्लाका विभिन्न पालिकाहरुले गर्न सके शैक्षिक गुणस्तर बृद्धि हुने गाँउपालिकाका प्रवक्ता चन्द्र सुनुवारले बताउनुभयो ।
एक िदने मेला गाँउपालिकाका अध्यक्ष काजी वहादुर खड्काको अध्यक्षता एबं सेतो गँुरास राष्ट्रिय वाल विकास सेवाका कार्य समिति सदस्य नर बहादुर पाख्रीनको प्रमुख आतिथ्यतामा शनिवार नै समापन भएकाे हाे ।

Share27Tweet17Share5

Related Posts

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

२२ मंसिर २०८१, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

२२ मंसिर २०८१, शनिबार
पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई
समाचार

पुष्पलाल स्मृति पत्रकारीता पुरस्कार पौडेललाई

२२ मंसिर २०८१, शनिबार
बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो
समाचार

बृक्षरोण र जरा अभियान समापन कार्यक्रम गरी वि.पी. स्मृति दिवस मनाइयो

२२ मंसिर २०८१, शनिबार
रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२२ मंसिर २०८१, शनिबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२२ मंसिर २०८१, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero