मन्थली,२४ फागुन । अक्षता राष्टिय दैनिककले आफ्नो तेस्रो बर्षगाठ शनिवार रामेछाप र मन्थली नगरपालिकाको सिमानामा पर्ने सुकाजोर खोलामा मनाएको छ ।
सो अवसरमा पत्रिकाले शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो ।
पत्रिकाका प्रकाशक एबं सम्पादक नविन केशीको अध्यक्षता एबं नगर प्रमुख लव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका आवसरमा विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुनेहरुमा अरनिको यातायात सेवा समितिका रामेछाप जिल्ला इन्चार्ज सुवास फुयाल, ब्यवसायी कमल शाह, निर्माण ब्यवसायी खुसहरी बुढाथोकी, पत्रकार डोर शंकर वरुवाल, मन्थली नगरपालिका र मन्थली बचका कार्यालय सहयोगीहरु क्रमश: रबिन्द्र हायु, विर बहादुर माझी, कृषक भोज बहादुर खड्का,शिक्षक किशोर थापा, वडा नं–४ का वडा अध्यक्ष राजन घिमिरे,स्वास्थ्य कर्मी डा राजन न्यौपाने,प्रहरी हवल्दार जनक वहादुर तामाङ,ट्राफिक प्रहरी जवान ललित खड्का लगाएत रहनु भएको छ ।
कार्यक्रमका अवसरमा बोल्ने अधिकांस वक्ताहरुले अक्षताले सञ्चार क्षेत्रमा पुर्याएको योगदानको वारेमा चर्चा गरेका थिए ।
सो अबसरमा बोल्दै नगर प्रमुख श्रेष्ठले सञ्चार क्षेत्रको विकासका लागि आफु लागि पर्ने बताउनु भएको थियो । पत्रकारीता निष्पक्ष गर्न समेत उहाले आग्रह गर्नुभयो ।
यो बारेमा तपाईको प्रतिकृया