रामेछाप- लकडाउनले हाइड्रोपावरको काम बन्द भएपछि सोलुखुम्बु र रामेछापको सिमनामा रहेको लिखुखोलामा निर्माणाधिन जलविद्युत आयोजनामा काम गर्ने टाढाका श्रमिकहरुलाई बढी मर्क परेको छ । परियोजनामा काम गर्ने अधिकासं कामदार पश्चिम नेपालका रहेका र उनिहरु लकडाउनपछि सवारीसाधन नचल्दा दशौ दिनको बाटो हिडेरै घर पुग्ने आँट बोकेर पैदलयात्रा गरी रहेका छन् ।
लकडाउनको समय लम्बिदैँ गएपछि त्यहाँ काम गर्ने श्रमिकहरु रामेछापको सदरमुकाम मन्थली लगायत विभिन्न बाटो हुँदै घर फर्किरहेका छन् । यसरी फर्केका श्रमिकहरुलाई केही मनकारी व्यक्ति र संघसंस्थाले बस्न र खानाको व्यवस्था गरीरहेका छन् । सोलुखुम्बुदेखि लामो समय लगाएर विहिबार सदरमुकाम मन्थली आइपुगेका नवलपरासीका ७ जना श्रमिकलाई रामेछाप उद्योग वाणिज्य संघले बस्न र खानाको व्यवस्था मिलाएको छ ।
विहिबार साँझको समयमा मन्थली आइपुगकेका ७ जना पैदल यात्रीलाई बस्न चाहे लकडाउन भरी खाना र बस्ने व्यवस्था मिलाउने गरी वाणिज्य संघले बाणिज्य संघको भवनमै राखिएको सचिब सुरेश उदासले बताउनुभयो । उनिहरुको घर सम्म पुग्ने सवारीसाधन मिले उनिहरुलाई घर पठाउनको लागि सरोकारवाला निकायहरुसँग समन्वय गरिने पनि सचिब उदासले बताउनुभयो ।
रामेछाप उद्योग वाणिज्य संघले यस अघि पनि पैदल यात्रीलाई विभिन्न स्थानमा खाजा, खाना र पानीको व्यवस्था गर्दै आएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया