Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका पालिकाहरू धमाधम बन्द हुदै

नेपाल अभियान नेपाल अभियान
३२ श्रावण २०७७, आईतवार
in समाचार, समाज
0
198
SHARES
Share on FacebookShare on Twitter

रामेछाप–रामेछाप जिल्लामा (कोभिड–१९) कोरोना भाइरसका कारण संक्रमितहरुको संख्या दिनानुदिन बृद्धि हुन थालेपछि जिल्लाका बिभिन्न पालिकाहरुले अत्याबश्यक सेवा बाहेक सबै किसिमका सेवाहरु बन्द गर्न थालेका छन् ।

चार दिन अघि मन्थली नगरपालिकाका स्वास्थ्य कर्मि र मन्थलीकै अर्का १ पुरुष समेत २ जनालाई संक्रमण पुष्टि भएपछि शुक्रवारदेखि नै नगरपालिकाको कार्यालय सिल गरी पालिका बाट प्रवाह गरिदै आएको स्वस्थ्य र बिपद् बाहेकका सबै सेवाहरु बन्द गरिएको थियो । पालिका बन्द भएसँगै मन्थली नगरपालिकाका नगर प्रमुख लगाएत जनप्रतिनिधि र कर्मचारीहरु हाल होम क्वारेन्टीनमा बसिरहेका छन् ।

 

देशब्यापी रुपमा र  रामेछाप जिल्लामा संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि रामेछाप जिल्लाका बिभिन्न पालिकाहरुले केन्द्रीय संकट ब्यवस्थापन केन्द्रको निर्देशन र  जिल्ला संकट ब्यवस्थापन केन्द्रको निर्णय समेतलाई आधार मानि धमाधम सेवा बन्द गर्न लगेका हुन् ।यसै बिच रामेछाप नगरपालिकाले  आइतबार सार्बजनिक सूचना मार्फत भदौ १ गतेदेखि अर्को सूचना जारी नहुन्जेल सम्मका लागि आफ्ना सबै सेवाहरू बन्द गरेको जनाएको छ । नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखि अत्याबश्यक (स्वस्थ्य र बिपद्) सेवा बाहेक सबै वडाका सेवाहरु बन्द गरिएको जनाएको छ ।

नगर प्रमुख नरबहादुर थापागमरद्धारा हस्ताक्षरित सूचनामा कोभिड–१९ को सक्रमण फैलदै गएको बर्तमान अबस्थामा नेपाल सरकारको मिति २०७७÷०४ ÷२६  र जिल्ला संकट ब्यवस्थापन केन्द्रको २०७७÷०४÷२९ को निर्णय समेतको आधारमा पालिकाका सबै सेवाहरु बन्द रहने कुरा उल्लेख गरिएको छ ।

त्यसैगरी लिखु तामाकोसी गाँऊपालिकाले पनि स्वस्थ्य र बिपद बाहेक आफ्ना सबै सेवाहरु बन्द गरिएको जानकारी गराएको छ ।

पालिकाकी उपाध्यक्ष दिपशिखा न्यौपाने दाहाल द्धारा आइतबार जारी गरिएको सूचनामा २०७७ भदौ १ गते देखि ११ गते सम्मका लागि पालिका र वडाहरुबाट प्रवाह हुने स्वस्थ्य र बिपद्  बाहेक सबै प्रकारका सेवाहरु बन्द गरिएको जनाइएको छ ।

उता खाँडादेवी गाउपालिकाले पनि  शुक्रवारनै सार्बजनिक सूचना जारी गरी साउन ३० गते देखि भदौ १२ गते सम्म अत्यावश्यक स्वस्थ्य र बिपद्  वाहेक सम्पुर्ण सेवाहरु बन्द गरेको जनाइसकेको छ  । त्यस्तै  गोकुलगंगा गाउपालिकाले पनि  यहि साउन ३० गतेदेखि लागु हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि पालिका बाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएको  जनाएको छ ।

त्यसैगरी दोरम्बा गाउपालिकाका अध्यक्ष कमान सिं तमाङ र उमाकुण्ड गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत इश्वरी प्रसाद सुबेदीले पनि भदौ १ गते निर्णय गरी सोहि मिति देखि लागु हुनेगरी आ आफ्ना पालिकाबाट प्रवाह हुने अत्याबश्यक  बाहेकका सबै सेवाहरु बन्द गर्ने  तयारी भैरहेको जानकारी दिनुभएको छ ।

त्यस्तै सुनापाति गाउपालिकाका अध्यक्ष धावा लामाले यहि भदौ ४ गते कार्यपालिकाको बैठक तय भैसकेकोले यस बारेमा  सोहि बैठकले आबश्यक निर्णय गर्ने भन्दै पालिकाबाट प्रवाह हुने सबै अत्यावश्यक बाहेकका सेवाहरु बन्द हुन सक्ने संकेत गर्नुभयो ।

Share79Tweet50Share14

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

३२ श्रावण २०७७, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

३२ श्रावण २०७७, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३२ श्रावण २०७७, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३२ श्रावण २०७७, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३२ श्रावण २०७७, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३२ श्रावण २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero