रामेछाप । रामेछाप सहयोगि मनहरु (रासम) को अगुवाइमा रामेछापको सदरमुकाम मन्थलीमा बिहिबार देखि फुडबैंक सञ्चालनमा आएको छ ।
बिपत्तिमा आफु पनि बचौं, अरुलाई पनि बचाऔं पुण्य कमाऔं भन्दै “नहुँनेले लिएर जानुस, हुँनेले दिएर जानुस ”भन्ने नारा सहित सुरुवात गरिएको उक्त स्थानमा हुनेले दिन र नहुनेले लिनका लागि रासमले आग्रह गरेको छ ।
आज मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले छाक टार्न मुस्कील भएकालाई खाद्यन्न सामाग्री दिएर फुड बैक को उद्घाटन गर्नु भयको हो ।
सो अबसरमा प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मा, मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष नारायण दाश श्रेष्ठ, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल, रामेछाप उद्योग बाणिज्य संघ का बरिष्ठ उपाध्यक्ष नबिन थापामगर लगाएतले लकडाउनका कारण छाक टार्न मुस्कील परेकाहरूलाई खाध्यन्न सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।
मुलुकमा कोभिड–१९ को महामारीका कारण भएको लकडाउनले छाक टार्न मुस्कील परेका नागरिक हरुलाई लक्षित गरि आफुहरुले यो अभियान सञ्चालन गरेको रासम का सदस्य अप्रिल अधिकारीले जानकारी दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया