Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरपालिकाको फोहोरको समस्या जस्ताको तस्तै

अभियान सम्बादाता अभियान सम्बादाता
९ कार्तिक २०७७, आईतवार
in समाचार, समाज
0
64
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । लामो समय देखिको मन्थली नगरपालिकाको फोहोर ब्यवस्थापनको समस्यामा कुनै सुधार हुन सकेको छैन । कार्यालय खुल्ने दिनमा नियमित रुपमा फोहोर उठ्ने गरको भएपनि त्यसको ढुवानी र विसर्जन स्थल ब्यवस्थित बन्न सकेको छैन ।
यसरी जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको फोहोर ब्यवस्थापन ब्यवस्थीत रुपमा नहुँदा र फोहोर बिसर्जन गर्ने उपर्युक्त स्थान नहुँदा नागरिकहरुले सास्ती ब्यहोर्नु परेको छ ।
हाल बजार भरीको फोहोर ट्रयाक्टरमा हालि रणजोर खोलाको दोभान (तमाकोशी नदी छेउ) विसर्जन गर्ने गरिएको छ ।
तर सार्बजनिक बिदाको दिन फोहोर नउठदा लामो बिदा भएको बेलामा फोहोरका कारण मन्थली बजार दुर्गन्धित हुने गरको छ ।


फोहोरका लागि स्थानीय आर एस कन्स्ट्रक्सन प्रा.लि का सञ्चालक रामकुमार तमाङले फोहोर उठाए बापद मन्थली नगरपालिकालाई बार्षिक रुपमा ३ लाख भन्दा बढि कर तिर्ने गरी सम्झौता गर्नुभएको छ ।
तर फोहोर उठाउने नाममा ओभरलोड फोहोर हालि पिच बाटोमा र रणजोर खोलैखोला वा गडवारी घुमाएर कोशीको तिरैतिर लैजादा जथाभाबि सिसाका टुक्रा, अस्पतालमा प्रयोग गरेका सिरिन्जहरु र सिसाको बेतालका टुक्राहरु छर्दै बिसर्जन स्थाल सम्म पुग्दा त्यस खोला र कोशी किनार भएर साझ बिहान हिड्ने बटुवाहरु त्यसको प्रत्यक्ष मारमा परेको मन्थली न पा १ का स्थानीय पाण्डब सुबेदीले बतउनुभयो ।


यसकाबारेमा मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले भन्नुभयो– “हामिले पटक पटक ब्यवस्थित ढंगबाट फोहोर लैजान भनेका छौं, तर उनीहरुले हेलचेक्र्याई गरिरहेका छन् । स्थानीय नागरिकहरुबाट यो बिषयमा कुरा उठिरहेको छ । यो बर्षका लागि सम्झौता भैसकेका कारण यस्तै अबस्था हो भने हार्मी अर्को बर्ष ठेकेदार परिबर्तन गर्न पनि सक्छौ । ” उहाका अनुसार– फोहोर बिसर्जन गर्ने ब्यवस्थि ठाँउको खोजि भैरहेको र संभाबित ठाँउहरुको अवलोकन गरी आबश्यक प्रकृया पनि अगाडि बढिरहेको र बिसर्जन गर्ने स्थानका लागि नगरपालिकाले बिनियोजित गरेको रकम बिधि र प्रकृया नमिल्दा खर्च हुन सकेको छैन ।
स्थानीय वजारवासीहरुले भने आफुले मासिक रुपमा फोहोरको पैसा तिर्ने गरेपछि ठेकेदारले पनि हरेक दिन (सार्बजनिक बिदाको दिन समेत) फोहोर उठाउनु पर्ने माग गरेका छन् ।
चालु आर्थिक बर्षका लागि फोहोर उठाउने ठेक्का लिएका आर एस कन्स्ट्रक्सन का संचालक राजकुमार तमाङलाई नेपाल अभियाको ०४८–५४०३२७ बाट पटक –पटक सम्पर्क गर्दा उहाले फोन उठाउनु भएन ।

Share26Tweet16Share4

Related Posts

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल
शिक्षा

शैक्षिक क्षेत्र सुधारका लागि गोकुलगंगाको पहल

९ कार्तिक २०७७, आईतवार
देवकोटा चोकमा दीप प्रज्वलन
राजनीति

देवकोटा चोकमा दीप प्रज्वलन

९ कार्तिक २०७७, आईतवार
अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास
आधारभूत

अपराध न्युनिकरणका लागि रामेछाप प्रहरीको प्रयास

९ कार्तिक २०७७, आईतवार
राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण
शिक्षा

राष्ट्रिय पुस्तक दिवसमा शैक्षिक सामाग्री वितरण

९ कार्तिक २०७७, आईतवार
रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम
आधारभूत

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

९ कार्तिक २०७७, आईतवार
बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग
देश

बावियाखर्कका विपन्न बिद्यार्थीलाई झोला, अभिभावकलाई स्लिपिङ ब्याग

९ कार्तिक २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.