रामेछाप ६ मंसिर । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ७ (गायाबेटे) मा घर आगलागी हुदा १ जना वालकको मृत्यू भएको छ । मुत्यू हुनेमा ५ बर्षिय सुजन रम्तेल रहेका छन् ।
घर भित्रै खेलिरहेका रम्तेलको बिद्युत सर्ट भइ शनिवार दिउसो लागलागीमा परी मृत्यू भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
आगलागीमा बाट घास, अन्नपात तथा लताकपडा समेत जलेर नष्ट भएको छ । आगलागीको सूचना पाएपछि स्थानीय,शसस्त्र र जनपद प्रहरीको टोली घटनास्थलमा पुगि आगो नियन्त्रणमा लिएको थियो ।
उक्त घटनामा परी ज्यान गुमाउनेको परिवार (कृष्ण रम्तेल) लाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शनिबार नै जिल्ला बिपद् ब्यवस्थापन कोष बाट राहत स्वरुप २ लाख नगद र रेडक्रस बाट उपलब्ध गराइएको १ सेट फेमिलि किट (१ परिवारका लागि प्रयोग गर्न चाहिने सबै खालका ब्यवस्थापकिय समाग्री सहितको बाकस), त्रिपाल,मण्डी, १ सरो लताकपाडा तथा भाडावर्तन उपलब्ध गराउनु भएको छ । त्यसैगरी वडा नं ७ का वडा अध्यक्ष सुदर्शन प्रसाइले पनि पिडित परिवार लाई ३ बोरा चामल उपलब्ध गराउने घोषणा गर्नु भएको छ ।
यो बारेमा तपाईको प्रतिकृया