रामेछाप २३ माघ । नब निर्बाचित रामेछाप महिला उद्यमि संघले सपथ संगै आफनो पदभार ग्रहण गरेको छ । रामेछाप उद्योग वाणिज्य संघको कार्यालयमा शुक्रबार औपचारिक कार्यक्रमका विच संघका पदाधिकारी हरुले सपथ संगै पदभार ग्रहण गरेका हुन् ।
दोस्रो कालको आरम्भ संगै सहमतिका आधारमा बनेको उक्त समितिमा आबद्ध पदाधिकारीहरुलाई नेपाल उद्योग वाण्ज्यि महासंघ अन्र्तगतको घरेलु तथा साना उद्योग विकास समितिका नव निर्बाचित सदस्य तथा रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशब प्रसाद घिमिरेले सपथ ग्रहण गराउनु भएको हो । सो क्रमको आरम्भमा घिमिरेले अध्यक्ष अपना श्रेष्ठलाइ र अध्यक्ष श्रेष्ठले अन्य पदाधिकारीलाई एक मुष्ठ रुपमा सपथ गराउनु भएको थियो ।
सपथ ग्रहण कार्यक्रममा संस्थाकि उपाध्यक्ष ईन्दिरा बखरेलले संस्थाले चालु आबमा महिलाहरुको नेतृत्व तथा क्षमता विकास,महिलाहरुकै लागि चुरा,पोते,धागो तथा बुटिक जस्ता तालीम संचालन गर्ने र त्यसको बजारी करणको लागी संस्थाले आबश्यक बातावरण निर्माण गर्न लागेको जानकारी दिनु भएको थियो ।
सपथ पछि संस्थाकि निबर्तमान अध्यक्ष सुमिका श्रेष्ठले सबै पदाधिकारी हरुलाई बधाई दिंदै नब निर्वाचित अध्यक्ष अपना श्रेष्ठलाई संघको माईन्युटबुक हस्तानतरण गर्नु भएको थियो । संघले आफनो सपथ संगै घरेलु तथा साना उद्योग विकास समितिका नव निर्बाचित सदस्य तथा रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशब प्रसाद घिमिरेलाई पनि सम्मान तथा कार्यालयमा स्वागत गरेका थिए ।
यो बारेमा तपाईको प्रतिकृया