रामेछाप १३ फागुन । रामेछाप जिल्ला वाट १० वर्ष भित्रमा ४३ हजार ७ सय ४१ जना युवाहरु वैदेशिक रोजगारीमा गएको तत्थ्याङ्क सुरक्षित आप्रवासन सामी परियोजनाले सार्वजनिक गरेको छ ।
रामेछापको मन्थलीमा विहिवार उक्त परियोजनाले आयोजना गरेको बैदेशिक रोजगारीका लागि पत्रकारहरुको भुमिका विषयक अन्तरकृया कार्यक्रमका अवसरमा क्षेत्रिय संयोजक भोज वहादुर सुनुवारले आर्थिक वर्ष २०६७/६८ देखि आ व २०७६/७७ सम्ममा ३८ हजार ३ सय २८ पुरुष, ५ हजार ४ सय १३ महिला गरी कुल ४३,७४१ जना युवाहरु वैदेशिक राजगारीमा गएको जानकारी गराउनु भएको हो ।

मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले सबै पालिकाहरु मिलेर यो कार्यक्रम सञ्चालन गर्नु पर्ने भएपनि केहि पालिकाहरुले मात्र यो कार्यक्रमलाई महत्व दिएर वजेट बिनियोजन गरको वताउनुभयो । उहाले सुरक्षित वैदेशिक रोजगारीमा जानेहरु लाई केहि समस्या भयो र जानु भन्दा अगाडि पनि विभिन्न परामर्शहरु दिनका लागि यो परियोजना अत्यावश्यक भएर आफुले नगरापलिका वाट वजेट विनियोजन गरी कार्य सञ्चालन गरेको वताउनुभयो ।
कार्यक्रमका अवसरमा मन्थली नगरपालिकाका उप-सचिव हेमन्त बुढाथोकीले नेपालको संविधानमा प्रत्येक नेपाली नागरिकले आफ्नो रोजगारी छनौट गर्ने अधिकारलाई मौलिक अधिकारका रुपमा राखेकोले रोजगारी छान्न पाउने कुरा उनीहरुको अधिकार भएको वताउनुभयो ।
सो अवसरमा जिल्ला संयोजक सागर विक्रम वस्नेतले जिल्लामा काम गर्दा प्रप्त गुनासा तथा उजुरीहरुको सार्वजनिक गर्दै ति अधिकांस उजुरीहर फछ्र्यौट भैसकेको वताउनु भयो ।
“सकभर स्वदेशमै रोजगारी गरौं, बैदेशिक रोजगारीमा जाने भए सहि सूचना लिएर र सीप सिकेर मात्र जाऔं” भन्ने मूल नाराका साथ विगत वर्ष देखि सुरु गरिएको उक्त परियोजना अरु २ वर्ष सम्म चन्ले वताइएको छ ।
यो बारेमा तपाईको प्रतिकृया