Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रेस युनियनको सातौं वार्षिक साधारण सभा

नेपाल अभियान नेपाल अभियान
२२ फाल्गुन २०७७, शनिबार
in समाचार, समाज
0
56
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २२ फागुन ।नेपाल प्रेस युनियन रामेछापको सातौं वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम शनिवार मन्थलीमा सम्पन्न भएको छ ।


संस्थाका अध्यक्ष अप्रिल अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन नेपाल प्रेस यूनियन वागमति विशेष क्षेत्रका सचिब हिमाल ढुंगेलले केक काटेर गर्नु भएको थियो ।
कार्यक्रको अवसरमा बोल्दै प्रमुख अथिति ढुंगेलले पत्रकारहरु ब्यवसायिक र इमान्दार हुनुपर्ने वताउनुभयो । उहाले पछिल्लो समयमा पित पत्रकारीता वढदै जान लागेको मा दुख ब्यक्त गर्दै यस्तो खालको कृयाकलापले पत्रकारिता पेशा नै संकटमा पर्ने सम्भावना रहेको वताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि एबं नेपाल पत्रकार महासंघ वागमती प्रदेशका सदस्य बद्री नयाँघरेले विगत देखि वर्तमान सम्म आइपुग्दा पत्रकारिताले निक्कै फड्को मारेको भन्दै यसलाई मर्यादित र ब्यवस्थित वनाउन हामी सबैको कर्तब्य भएको वताउनुभयो । उहाले पत्रकार संँग सम्बन्धित संघ संगठनहरु मिलेर काम गर्नेहो भने जिल्लामा ब्यवसायिक पत्रकारीताको विकास गर्न निक्कै सजिलो हुने वताउनुभयो ।


कार्यक्रका अवसरमा वोल्दै कार्यक्रमका अतिथि एबं नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले महासंघमा आवद्ध सबै सदस्यहरु क्रियासिल नदेखिएकोले क्रियासिल नभएका पत्रकारहरु अब शुद्धिकरण मा पर्ने वताउनुभयो ।
उहाले महासंघमा मात्र नभएर प्रेस युनियन र प्रेस सँग सम्वन्धीत अन्य संगठनहरुले पनि आफ्ना सदस्यहरुलाई पेशामा कृयासिल वनाउनु पर्ने वताउनुभयो । उहाले अहिलेको पत्रकारिता पैसाको आधारमा हुने गरेको भन्दै यस्तो कार्य हुनु नहुने वताउनुभयो ।
सो अवसरमा वोल्दै पत्रकार महासंघका पूर्व अध्यक्ष टिका प्रसाद भट्टले पत्रकारहरुको कृयाकलापका आधारमा उनीहरुलाई समाजले हेर्ने दृष्टिकोण फरक हुने भन्दै राम्रा र असल खालका कामहरु मात्र पत्रकारहरुले गर्नुपर्ने वताउनुभयो । उहाले अहिले खुलेका अनलाइनले चाकडिका समाचारहरु लेख्ने, विज्ञापनलाई समाचार वनाइदिने जस्ता कामहरु गर्ने गरेको पाइएकोले त्यस्तो गर्न नहुँने वताउनुभयो ।


कार्यक्रमका अवसरमा ट्रेड युनियन काँग्रेस रामेछापका अध्यक्ष पूर्ण सुवेदी, उमाकुण्ड गाउपालिकाका वडा नं ३ का अध्यक्ष रमेश कुमार सुनुवार प्रेस युनियनका उपाध्यक्ष खिला वाहादुर महत लगाएतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो । सो अवसमार पत्रकार टंक गौतम प्रेस युनियनमा प्रवेश गर्नु भएको छ।
साधारण सभाले कोषाध्यक्ष कुमार श्रेष्ठ द्धारा प्रस्तुत आर्थिक प्रतिवेदन र सचिव रामचन्द्र वि क द्धारा प्रस्तुत सांगठनिक प्रतिवेदनहरु पास गर्नुका साथै यहि फागुन २५ गते काठमाण्डौमा हुने सामुदायिक रेडियो प्रसारक संघ(एकोर्याप) को केन्द्रीय महाधिवेशनमा रामेछापबाट दिपक घिमिरे र नेपाल पत्रकार महासंघको चैत्र ७ गते भित्र हुने महाधिवेशनमा केन्द्रीय सदस्य (वागमती प्रदेश) मा उमेद्वारी दिन रमेश ढुंगेललाई पठाउने र आसन्न पत्रकार महासंघको निर्वाचनका लागि प्रेस युनियनको तर्फवाट अन्य संगठनहरु सँग छलफल गर्न टिका प्रसाद भट्टको संयोजकत्वमा हिमाल ढुंगेल र अप्रिल अधिकारी सहित ३ सदस्यीय वार्ता समिति समेत गठन गर्ने लगाएतका निर्णयहरु गरेको छ ।

Share22Tweet14Share4

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२२ फाल्गुन २०७७, शनिबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२२ फाल्गुन २०७७, शनिबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२२ फाल्गुन २०७७, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२२ फाल्गुन २०७७, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२२ फाल्गुन २०७७, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२२ फाल्गुन २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero