रामेछाप २७ फागुन । सत्संगको माध्यमबाट सकरात्मक सोच मार्फत समाज परिवर्तनको लागि निरन्तर आफ्नो गतिविधि संचालन गर्दै आएको ब्रम्ह्कुमारी राजयोग सेवा केन्द्र मन्थलीले महा शिबरात्रीको अबसर पारेर आफ्नो कार्यालयमा संस्थाको झण्डोत्तोलन तथा प्रवचन कार्यक्रमको आयोजना गरेको छ ।
संस्थाले विहिवार एक कार्यक्रम मार्फत प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुको प्रमुख आतिथ्यतामा राजयोग सेवाको प्राङ्गड भित्र झण्डोत्तोलन गरेको हो ।
![](https://nepalabhiyan.com/wp-content/uploads/2021/03/sibaratri-1.jpg)
झण्डोत्तोलन पछि सेवा केन्द्रमा प्रवचन कार्यक्रमको समेत आयोजना गरिएको थियो । प्रवचन कार्यक्रममा आफ्नो धारणा राख्दै प्रजिअ सैजुले राजयोग सेवा केन्द्र समाज परिवर्तनको संवाहक भएको भन्दै यसले गरेका कर्महरुले समाजलाई सकरात्मक दिशामा लैजान महत्मपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो ।
उहाँले रामेछापमा मात्र नभएर सेवा केन्द्रले मुलुकभर संस्थागत रुपमा खेलेको भूमिकाको प्रशंसा पनि गर्नु भयो । पछिल्लो समयमा मानिसहरूमा अंहवादी चरित्र झाँगिएको र नयाँ पुस्तामा समेत त्यसको प्रत्यक्ष असर पदै गएकोले त्यसलाई सहि मार्गमा ल्याउन पनि राजयोग सेवा केन्द्रको अभियानमा सबैलाई साथ दिन आग्रह गर्नु भयो ।
![](https://nepalabhiyan.com/wp-content/uploads/2021/03/sibaratri-2.jpg)
केन्द्रकी प्रमुख विष्णु दीदीको अध्यक्षतामा भएको प्रवचन कार्यक्रममा राजयोग सेवा केन्द्रका अगुवा एवं प्रशिक्षक भरत कुमार श्रेष्ठले केन्द्रमा नियमित रुपमा गरिने ध्यान योग र प्रवचन बाट प्रभावित भएर राजयोग सेवा केन्द्रमा सत्संगका लागि नियमित रुपमा आउने भक्तजनहरू उल्लेख्य रुपमा बृद्धि भएकोले त्यसबाट आफुहरू उत्साहित भएको बताउनु भयो । उहाँले राजयोग सेवा सँगको सत्संगले मानिसहरूमा सकारात्मक तरीकाले जीवन जिउने आधारशिला खडा हुनुका साथै नियमित आहार विहारको शिक्षा समेत दिने भएकोले पनि यसको महत्व बढेको बताउनु भयो ।
कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल वडा नं १ का वडा अध्यक्ष नारायण दास श्रेष्ठ लगायतका बक्ताहरूले राजयोग सेवा केन्द्रले नियमित रुपमा गर्ने गराउने अभ्यास र मुरली पाठ सबैले ब्यवहारमा ढाल्न सके पनि समाजमा मर्यादित र अनुशासित मानिसको संख्यामा बृद्धि हुने धारणा राख्नु भयो ।
सो अबसरमा निर्माणाधिन भबन निर्माणका लागि स्थानीय समाजसेवी तथा मन्थली नगरपालिका वडा नं १ का अध्यक्ष नारायण दास श्रेष्ठले सहयोग स्वरुप ५० बोरा सिमेन्ट रामेछाप सामुदायिक अस्पतालको नामबाट उपलब्ध गराउने घोषणा गर्नु भएको छ ।
यो बारेमा तपाईको प्रतिकृया