Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ब्रम्ह्कुमारी राजयोग सेवा केन्द्र मन्थलीमा झण्डोत्तोलन र प्रवचन

बद्री नयाँघरे बद्री नयाँघरे
२७ फाल्गुन २०७७, बिहीबार
in समाचार, समाज
0
73
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २७ फागुन । सत्संगको माध्यमबाट सकरात्मक सोच मार्फत समाज परिवर्तनको लागि निरन्तर आफ्नो गतिविधि संचालन गर्दै आएको ब्रम्ह्कुमारी राजयोग सेवा केन्द्र मन्थलीले महा शिबरात्रीको अबसर पारेर आफ्नो कार्यालयमा संस्थाको झण्डोत्तोलन तथा प्रवचन कार्यक्रमको आयोजना गरेको छ ।
संस्थाले विहिवार एक कार्यक्रम मार्फत प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुको प्रमुख आतिथ्यतामा राजयोग सेवाको प्राङ्गड भित्र झण्डोत्तोलन गरेको हो ।


झण्डोत्तोलन पछि सेवा केन्द्रमा प्रवचन कार्यक्रमको समेत आयोजना गरिएको थियो । प्रवचन कार्यक्रममा आफ्नो धारणा राख्दै प्रजिअ सैजुले राजयोग सेवा केन्द्र समाज परिवर्तनको संवाहक भएको भन्दै यसले गरेका कर्महरुले समाजलाई सकरात्मक दिशामा लैजान महत्मपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो ।
उहाँले रामेछापमा मात्र नभएर सेवा केन्द्रले मुलुकभर संस्थागत रुपमा खेलेको भूमिकाको प्रशंसा पनि गर्नु भयो । पछिल्लो समयमा मानिसहरूमा अंहवादी चरित्र झाँगिएको र नयाँ पुस्तामा समेत त्यसको प्रत्यक्ष असर पदै गएकोले त्यसलाई सहि मार्गमा ल्याउन पनि राजयोग सेवा केन्द्रको अभियानमा सबैलाई साथ दिन आग्रह गर्नु भयो ।

केन्द्रकी प्रमुख विष्णु दीदीको अध्यक्षतामा भएको प्रवचन कार्यक्रममा राजयोग सेवा केन्द्रका अगुवा एवं प्रशिक्षक भरत कुमार श्रेष्ठले केन्द्रमा नियमित रुपमा गरिने ध्यान योग र प्रवचन बाट प्रभावित भएर राजयोग सेवा केन्द्रमा सत्संगका लागि नियमित रुपमा आउने भक्तजनहरू उल्लेख्य रुपमा बृद्धि भएकोले त्यसबाट आफुहरू उत्साहित भएको बताउनु भयो । उहाँले राजयोग सेवा सँगको सत्संगले मानिसहरूमा सकारात्मक तरीकाले जीवन जिउने आधारशिला खडा हुनुका साथै नियमित आहार विहारको शिक्षा समेत दिने भएकोले पनि यसको महत्व बढेको बताउनु भयो ।
कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेल वडा नं १ का वडा अध्यक्ष नारायण दास श्रेष्ठ लगायतका बक्ताहरूले राजयोग सेवा केन्द्रले नियमित रुपमा गर्ने गराउने अभ्यास र मुरली पाठ सबैले ब्यवहारमा ढाल्न सके पनि समाजमा मर्यादित र अनुशासित मानिसको संख्यामा बृद्धि हुने धारणा राख्नु भयो ।
सो अबसरमा निर्माणाधिन भबन निर्माणका लागि स्थानीय समाजसेवी तथा मन्थली नगरपालिका वडा नं १ का अध्यक्ष नारायण दास श्रेष्ठले सहयोग स्वरुप ५० बोरा सिमेन्ट रामेछाप सामुदायिक अस्पतालको नामबाट उपलब्ध गराउने घोषणा गर्नु भएको छ ।

Share29Tweet18Share5

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२७ फाल्गुन २०७७, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२७ फाल्गुन २०७७, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२७ फाल्गुन २०७७, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२७ फाल्गुन २०७७, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२७ फाल्गुन २०७७, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२७ फाल्गुन २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero