Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

ठेकेदारको मनोमानि विरुद्ध पत्रकार सम्मेलन

बद्री नयाँघरे बद्री नयाँघरे
१ चैत्र २०७७, आईतवार
in समाचार, समाज
0
56
SHARES
Share on FacebookShare on Twitter

रामेछाप, १ चैत । रामेछाप जिल्लाको सेलेघाट–साँघुटार सडकको कालोपत्रेको काम गर्न थालेको निर्माण ब्यवसायिको मनोमानिले स्थानियहरु लाई समस्या परेको भन्दै सरोकरवालाहरुले पत्रकार सम्मेलन गरेका छन् । सडक कालोपेत्रेका नाममा कम्पनिले एकै पटक सडक चौडा पार्दै गर्दा स्थानीयलाई बेवास्ता गर्दे सडक आसपासका संरचनामा ब्यापक क्षति पुुर्याएको भन्दै आईतबार स्थानीयले पत्रकार सम्मेलन गरेका हुन् ।


निर्माण कम्पनिले आफु र सडक विभाग विचको संझौताको समेत बेवास्ता गर्दे मनोमानी ढंगले काम गरेको गुनासो उनीहरूले गरेका छन् । ठेकेदार कम्पनिले साविकका मुल बाटो,सिंचाइको कुलो नियमित सञ्ंचालनमा रहेका पानीको योजना,मठ मन्दिर,चौतार र ब्यक्तिका घरमा समेत क्षति पुरयाए पछि स्थानीयले आईतवार पत्रकार सम्मेलन मार्फत न्यायको याचना गरेका हुन् ।
रामेछाप नगरपालिका वडा नं–२ का वडा सदस्य सुशिलहरि बख्रेलको नेतुत्वमा सदरमुकाम मन्थली आएका पिडितहरूले आईतबार पत्रकार सम्मेलनको आयोजना गरी ठेकेदारको मनोमानी विरुद्ध आफुहरू प्रशासन र संचारमाध्यमलाई गुहार्न बाध्य भएको उनीहरूले बताएका छन् । पत्रकार सम्मेलन मार्फत आफ्ना समस्याका बारेमा सार्वजनिक गरेको टोलीले आईतबारै प्रमुख जिल्ला अधिकारी गौलोचन संैजुलाई भेटेर समस्याका बारेमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।


सिन्धुली र रामेछापको सिमानामा रहेको सेलेघाट देखि साँघुटार सम्म ५२ किलोमिटर लम्बाई सडक शिद्धशाही निर्माण सेवा कम्पनीले कालोपत्रे गर्ने जिम्मा लिएको थियो । करिब १ अर्ब ६४ करोडको लागतमा सडक कालोपत्रेको काम यसै वर्षदेखि शुरु भएपछि उत्साहित बनेका स्थानीयहरू ठेकेदारको मनोमानीले अन्यायमा परेको नेतृत्वकर्ता सुशिलहरि बख्रेलले बताउनु भयो ।
स्थानीय सरोज श्रेष्ठले निर्माण कम्पनीले सडक भत्काए संगै अत्याबश्यक संरचनाहरू नवनाएको,पैदल यात्रीलाई वाटोको काम हुँदै छ भन्दै घण्टौं रोक्ने गरेका, पहुँच हुनेको जग्गा कम क्षति गरेको र पहुँच नहुनेको वढि क्षति गरेको धुलो सडकमा पानी हाल्ने नगरेको गुनासो गर्नुभयो ।

साघुटारका स्थानीय युवराज सुवेदीले भत्काएका संरचनाहरु काम चलाउ रुपमा भएपनि तत्काल निर्माण गरिदिनु पर्ने संझौताको वेवास्ता गर्दै हेपाहा प्रबृति देखाएकोले आफुहरू संचारकर्मीहरु सँग सहायोगको याचना गर्न मन्थली आएको वताउनुभयो । स्थानीय राम बुढाथोकीले आयोजनाको ठेकेदारले ज्यादै लापर्वाहि गरेको जसका कारण सिंगो गाउनै समस्यामा परेको गुनासो गर्नु भयो । उहाँले भन्नु भयो खानेपानी,कुलो र सडक अनि मन्दिर र नीजि घर समेत जोखिममा पर्दा पनि ठेकादरले ब्यवास्ता गरेर आमिलाई अन्याय गरेको छ त्यहि भएर न्यायको खोजि गर्न सञ्चारकर्मी र प्रमुख जिल्ला अधिकारी समक्ष आइपुगेको वताउनुभयो ।
ठेकेदार कम्पनिले गरेको गलत कामको बारेमा पहिलो पटक प्रशासनमा लिखित रुपमा सरोकारवालाहरू बाट गुनासो आएकोले यसलाई आफुले तत्काल दुवै पक्षलाई राखेर छलफल गर्ने प्रजिअ सैंजुले बताउनु भयो । उहाँले भन्नु भयो –“नियम र संझौता बाहिर गएको पाईए त्यसको सबै जिम्मा निर्माण कम्पनिले ब्यहोर्नु पर्ने हुन्छ, अन्यथा नागरिकलाई दुख दिन पाईदैन् ।”

Share22Tweet14Share4

Related Posts

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा
समाचार

मन्थली नगर पूर्ण खोप सुनिश्चितता दीगोपाना पालिका घोषणा

१ चैत्र २०७७, आईतवार
रामेछापका पत्रकारहरू आन्दाेलित
समाचार

रामेछापका पत्रकारहरू आन्दाेलित

१ चैत्र २०७७, आईतवार
ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान
समाचार

ब्रम्हाकुमारी राजयोग मन्थली द्वारा सर्बोच्च शिखर सगरमाथाको आरोहण गर्ने रामेछापका युवालाई सम्मान

१ चैत्र २०७७, आईतवार
रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना
समाचार

रामेछापका पत्रकारहरूद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

१ चैत्र २०७७, आईतवार
साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित
प्रदेश नं ३

साहारा साकोशद्धारा सगरमाथा आरोही श्रेष्ठ सम्मानित

१ चैत्र २०७७, आईतवार
जातीय छुवाछुत कायमै
विविध

जातीय छुवाछुत कायमै

१ चैत्र २०७७, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.