रामेछाप ,१४ बैशाख । रामेछाप नगरपालिका वडा नं ५ रामपुरमा भान्जाले खुकुरी प्रहार गर्दा मामा घाइते भएका छन् ।
बुधबार घरायसी काम सकेर आराम गरिरहेको समयमा रामेछाप रामपुरका वर्ष ५७ का हेम बहादुर तामाङलाई उनका ३७ बर्षिय भान्जा झमक ब तामाङले एक्कासी खुकुरी प्रहार गरेको प्रहरी चौकी रामेछापले जनाएको छ ।
प्रहरी चौकी रामेछापका असई दिनेश प्रसाद चौलागाईले दिएको जानकारी अनुसार– जिल्ला अस्पताल रामेछापमा घाइतेको उपचार रत हुनुहुन्छ । हाल घाइतेको अवस्था सामान्य रहेको छ भने घटनाको बारेमा थप अनुसन्धान भैरहको पनि प्रहरीले जनाएको छ ।
यो बारेमा तपाईको प्रतिकृया