Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

‘६ करोड लिने सांसदलाई जिल्लामा रोक, भ्रष्टचार गर्नेलाई टुडीखेलमा लगेर झुण्डाइनु पर्छ’

नेपाल अभियान नेपाल अभियान
१५ असार २०७६, आईतवार
in समाचार, समाज
0
1.2k
SHARES
Share on FacebookShare on Twitter

१५ असार, २०७६

रामेछाप- सिहंदरबारको गेट देखि नै भ्रष्टाचार हुन थालेको भन्दै त्यस्ता व्यक्तिलाई टुडीखेलमा लगेर झुण्ड्याउनु पर्ने माग गर्दै रामेछापका एक व्यक्तिले भ्रष्टाचार विरुद्धको अभियान थालेका छन् । रामेछापको मन्थली नगरपालिका वडा नं. ३ का यमबहादुर थापाले सिहंदरबाट सरु भएको भ्रष्टचार अहिले देशभरीका स्थानीय तह सम्म आइपुगेको र त्यसको नियन्त्रणमा कोही पनि नदेखिएकाले भ्रष्टचारमा संलग्नलाई टुडीखेलमा लगेर झुण्ड्याएर फाँसी दिनु पर्ने माग गरेका हुन् ।

आफूलाई भ्रष्टाचार विरुद्धको अभियान्ता भएको दाबी गर्दै थापाले जिल्लामा मात्रै नभएर देशव्यापी रुपमा भ्रष्टचार बढी रहेकाले भ्रष्टाचारको विरुद्धमा देशव्यापी रुपमा अभियान चलाउने घोषणा समेत गरेका छन् ।

सिहंदरबारको अधिकार गाउँमा लिएर आएको भन्दै दाबी गर्ने स्थानीय तहका जनप्रतिनिधि देखि संघिय संसदमा नीति निर्माणको लागि चुनिएका सांसदले समेत भ्रष्टचार गर्दा सबै मुखदर्शक भएर बस्दा देशमा विकास कसरी हुन्छ ?, भन्दै उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने नारालाई सार्थक पार्ने हो भने अहिलेको सकारले भ्रष्टचारीलाई झुण्ड्याएर फाँसी दिनु पर्ने कानून बनाएर जनता माझ ल्याउनु पर्ने माग गरे ।

सदरमुकाम मन्थलीको देवकोटा चोकमा आफै आयोजक भएर गरिएको कार्यक्रममा अहिले संघिय सांसदलाई ६ करोड दिने भनिएको पैसा जिल्लाका सांसदले लिएर आए भने आफूले सांसदलाई जिल्ला छिर्नै नदिने चेतावनी समेत थापाले दिएका छन् ।

उनले भने–‘हामीले संघिय सांसदलाई नीति बनाउन पठाएको हो, त्यो ६ करोड लिन पठाएको हैन्, यदि सांसदले त्यो ६ करोड लिने ब्यवस्था राज्यले खारेज गरेन भने, त्यस्ता नेताले यो जिल्लामा पाइलो टेक्न पाउँने छैन् ।

अहिले दुई तिहाईको कम्युनिस्ट सरकार हुँदा समेत भ्रष्टचार अन्त्य नभएको र जनताको अपेक्षा अनुसारको विकास नहुने हो भने देशका तीन करोड जनताले के खाएर जीवन चलाउने भन्दै उनले सरकारलाई प्रश्न समेत गरेका छन् ।

राज्यसँग थापाको माग

उनले राज्यले आम नागरिकको समस्यालाई मध्यनजर गर्दै  एक कक्षा देखि १२ कक्षा सम्म पढ्ने विद्यार्थीलाई निशुल्क, विभिन्न वर्गमा विभाजन गरेर न्यून आय भएका नागरिकलाई ६ महिना सम्म राज्यले पालनपोषण गर्नु पर्ने, किसानलाई प्रत्येक वर्ष दुइ बोरा मल निशुल्क पाउँनु पर्ने, जेष्ठ नागरिकको स्वास्थ्यलाई ध्यान दिएर निशुल्क चेकजाँच गरी ७० प्रकारका औषधी दिँदै ६५ वर्ष पूरा भएका नागरिकलाई मासिक पाँच हजार भत्ता दिनु पर्ने लगायतका रहेका छन् ।

थापाको अभियानमा शिक्षक र पत्रकारको पनि साथ

त्यस्तै थापाले चलाएको अभियानलाई शिक्षक र पत्रकारले समेत साथ दिएका छन् । कार्यक्रममा आफ्नो भनाई राख्दै मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसका पूव क्याम्पस प्रमुख समेत रहेका टंक प्रसाद दाहालले पनि विभिन्न क्षेत्रमा मौलाउदै गएको भ्रष्टाचारको विरुद्धमा सबै एक जुट हुनु पर्नेमा जोड दिनुभयो । त्यस्तै नेपाल पत्रकार महासंघ ३ नं. प्रदेशका सदस्य बद्री नयाँघरेले पनि जताततै भइरहेको भ्रष्टाचारलाई अन्त्य गर्नको लागि थापाले चलाएको अभियान राम्रो रहेको बताए । थापाको अभियानमा संचार जगतले पनि साथ दिने नयाँघरेको भनाई रहेको छ ।

वडा अध्यक्षमा पराजित भए पनि देशको माया छ उनलाई

२०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट मन्थली–३ मा वडाअध्यक्षको पदमा पराजित भएका थापाले जिल्लाको स्थानीय तहमा व्यापक रुपमा भ्रष्टचार भइरहेको र त्यसको निगरानी आफूले राखीरहने बाचा समेत गरे । उनले देशव्यापी रुपमा मौलाइ रहेको भ्रष्टचार विरुद्धको अभियानमा सबैलाई साथ दिन आग्रह पनि गरेका छन् ।

उनले आफ्नो अभियान कसैले पनि रोक्न नसक्ने र रामेछापबाट सुरु गरेको अभियान देशका ७७ ओटै जिल्लामा पुर्याउने बताए ।

Share1182Tweet27Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१५ असार २०७६, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१५ असार २०७६, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१५ असार २०७६, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१५ असार २०७६, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१५ असार २०७६, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१५ असार २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero