Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जीपी फाउण्डेशन रामेछापले जनप्रतिनिधिलाई गर्यो सम्मान

नेपाल अभियान नेपाल अभियान
१५ असार २०७६, आईतवार
in समाचार, समाज
0
137
SHARES
Share on FacebookShare on Twitter

१५ असार, २०७६

रामेछाप- १६ औं धान दिवासको अवसर पारेर गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछापले  जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । आइतबार असार १५ अर्थात धान दिवसको अवसर पारेर रामेछापमा स्थानीय तहमा नेपाली काग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।

दुई नगरपालिका र ६ ओटा गाउँपालिका रहेको रामेछापमा नेपाली काग्रेसले एउटा नगरपालिका, एक गाउँपालिकाको उपाध्यक्ष, १३ ओटा वडामा वडाअध्यक्ष र न्युन संख्यामा वडा सदस्यमा जितेको छ । असार १५ पारेर आयोजन गरिएको कार्यक्रममा एक आपसमा शुभकामना आदनप्रदान तथा स्थानीय तहमा रहेर काम गर्दा जनप्रतिनिधिले भोग्दै आएका समस्याहरुको बारेमा छलफल सहित उनीहरुलाई सम्मान गरिएको फाउण्डेशनका अध्यक्ष दिपक खड्काले जानकारी दिए ।

पछिल्लो समयमा स्थानीय तहमा जनप्रतिनिधिहरुले जनताको अपेक्षा अनुसार काम नगरेको भन्ने आरोप लाग्दै आएको छ । फाउण्डेशनले त्यस्ता आरोपलाई स्व. गिरिजा प्रसाद कोइरालाले प्रयोग गर्दै आएका सफताका सुत्रहरु प्रयोग गर्दै काम गर्दा जनता नजिक हुने र आफूलाई पनि सहज हुने भएकाले त्यसको जानकारी गरइएको अध्यक्ष खड्काले बताए ।

कार्यक्रमका प्रमखु अतिथि समेत रहेका नेपाली काग्रेस रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खड्काले राजनीतिबाट समाजसेवा गर्ने जोकोहीले पनि स्व. गिरिजा प्रसाद कोइरालाले देखाएको बाटो लिएर अगाडी बढ्न सके मात्रै सफलता हाँसिल गर्न सकिने बताए । तसर्थ अहिलेका स्थानीय जनप्रतिनिधिले पनि कोइरालाले देखाएको बाटोलाई रोज्न सके जनतालाई प्रत्यक्ष फाईदा पुग्नुको साथै आफूलाई सहजता हुने समेत खड्काले बताए ।

कार्यक्रममा नेपाली काग्रेस रामेछापका सचिब लेख बहादुर कार्की, कोषाध्यक्ष कुमार श्रेष्ठ, महाधिबेशन प्रतिनिधिहरु कृष्ण बहादुर महत, भरत चौलागाई, विनिता खड्का, काग्रेस नेता युवाराज भट्टराई लगायतले धान दिवसको शुभकामना दिँदै स्थानीय जनप्रतिनिधिले नागरिकका समस्यालाई ध्यानमा राखेर काम गर्नु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रम फाउण्डेशनका अध्यक्ष दिपक खड्काको अध्यक्षता, पूर्व पार्टी सभापति रामचन्द्र खड्काको प्रमुख आतिथ्यता, गिरिजा प्रसाद कोइराला फाउण्डेशन ३ नं. प्रदेशकी कोषाध्यक्ष जमुना कार्कीको विशिष्ट आतिथ्यतामा भएको थियो ।

Share87Tweet21Share6

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१५ असार २०७६, आईतवार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१५ असार २०७६, आईतवार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१५ असार २०७६, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१५ असार २०७६, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१५ असार २०७६, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१५ असार २०७६, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero