Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

बेलारुसमा हुने युरो ओपन कपको लागि रामेछापबाट पाँच खेलाडी र एक रेफ्री छनौट

नेपाल अभियान नेपाल अभियान
१३ आश्विन २०७६, सोमबार
in खेलकुद
0
106
SHARES
Share on FacebookShare on Twitter

बेलारुसमा हुन लागेको गोमेल युरो ओपन कप २०१९ अघारौं इन्टरनेशनल कराँते कम्पिटिसन गेमको लागि रामेछापबाट पाँच कराँते खेलाडी छनौट भएका छन् । त्यस्तै उक्त गेमको लागि एक जना कराँते प्रशिक्षक रेफ्रीमा छनौट हुनुभएको छ ।

कम्पिटिसनको लागि मन्थली मावि कक्षा १० मा अध्ययनरत छात्रा सन्जना माझी, कक्षा ९ मा अध्ययनरत छात्र सञ्जिब तामाङ र कक्षा १२ मा अध्ययनरत छात्र विश्वास हायु रहेका छन् । त्यस्तै तामाकोशी इगंलिस बोर्डिङमा कक्षा ८ मा अध्ययनरत छात्र विशाल केसी र लिटिलस्टार बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत रोशन खाती रहेका छन् । त्यसैगरी रेफ्रीको लागि कराँते प्रशिक्षक एवं कराँते महासंघ रामेछापका सचिब शुक्र माझी छनौट हुनुभएको छ । रामेछापका पाँच सहित नेपालबाट १६ जना खेलाडीले उक्त खेलमा भाग लिने महासंघका सचिब माझीले जानकारी दिनुभयो । खेलाडी तथा प्रशिक्षकको धेरै मेहनत र लगनशीलताले गर्दा राम्रा खेलाडी तयार गर्न सकेको कारण जिल्लाबाट पाँच जना खेलाडी छनौट हुन सफल भएको सचिब माझीले बताउनुभयो ।

अन्तराष्ट्रिय स्तरको खेलमा सहभागिता जनाउनको लागि अझै पनि जिल्लाको कराँते खेललाई विकास गर्न सबै लाग्नु पर्ने सचिब माझीको भनाई रहेको छ । अझै पनि कराँते खेलको बारेमा धेरै अभिभावकहरुलाई पूर्ण रुपमा जानकारी नहुँदा कराँते खेलमा आफ्न बालबालिकाहरुलाई नपठाउने गरेकाले त्यसमा सबै अभिभावकहरुलाई कराँते खेलको बारेमा जानकारी गराउँन आवश्यक रहेको पुर्व कराँते खेलाडी विनोद केसीले बताउनुभयो ।
प्रतियोगिताको लागि असोज २९ गते नेपालबाट १६ जना खेलाडी सहितको टोली बेलारुस जाँदैछ ।

Share78Tweet12Share3

Related Posts

राष्ट्रपति रनिङ्ग शिल्ड मन्थली नगरपालिकाले उचाल्यो
खेलकुद

राष्ट्रपति रनिङ्ग शिल्ड मन्थली नगरपालिकाले उचाल्यो

१३ आश्विन २०७६, सोमबार
मन्थली न.पा.को राष्ट्रपति रनिङ शिल्ड मन्थली मावि लाई
खेलकुद

मन्थली न.पा.को राष्ट्रपति रनिङ शिल्ड मन्थली मावि लाई

१३ आश्विन २०७६, सोमबार
घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे
कारोबार

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे

१३ आश्विन २०७६, सोमबार
मन्थलीमा तेस्रो रामेछाप कप सुरु
खेलकुद

मन्थलीमा तेस्रो रामेछाप कप सुरु

१३ आश्विन २०७६, सोमबार
मन्थलीमा फुटवल प्रतियोगिता हुँदै
खेलकुद

मन्थलीमा फुटवल प्रतियोगिता हुँदै

१३ आश्विन २०७६, सोमबार
रामेछापमा सम्पन्न तेस्रो डुंगा (लाउ) दौड प्रतियोगितामको दुबै बिधामा सुनसरी प्रथम
खेलकुद

रामेछापमा सम्पन्न तेस्रो डुंगा (लाउ) दौड प्रतियोगितामको दुबै बिधामा सुनसरी प्रथम

१३ आश्विन २०७६, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.