कुमार श्रेष्ठ/रामेछाप– विजय दशमी तथा शुभदिपावली २०७६ को पावन अवसरमा राइजिङ स्टार युवा क्लब मन्थलीको आयोजनामा जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता बुधबार देखि सुरु भएको छ । बुधबार भएका उद्घाटन खेलमा त्रिशक्ति युवा क्लव भटौलीलाई मन्थली ४ सालुले हराएको छ । त्यस्तै आयोजक क्लब राईजिङ्ग स्टार युवा क्लब मन्थलीलाई रामेछापले जितेको छ भने सानीमदौलाई सोसल स्टारले हराएको छ । त्यसैगरी नवजागरण युवा समाज युवा क्लब मन्थलीलाई त्रिशक्ती युवा क्लब भटौलीलीले हराएको छ ।
बुधबार लिक चरणका पाँच खेल भएका छन् भने बाँकी लिक चरणका खेलहरु विहिबार बिहान देखि सुरु हुने आयोजकले बताएको छ ।
जिल्ला स्तरिय खुला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन मन्थली नगरपालिका वडा नम्बर ३ का वडा सदस्या एवं मन्थली नगरपालिकाका न्यायिक समितिका सदस्य नारायाण बोगटीले गर्नुभएको छ । जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगितमा १२ टिमले सहभागिता जनाएका छन्
प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने टिमलाई क्रमश ः ७० हजार, ४५ हजार २५ हजार र १० हजार नगदको साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।
त्यस्तै खेलमा उत्कृष्ट खेलाडीले तीन हाजर, उत्कृष्ट स्पाईकरले दुई हजार, उत्कृष्ट लिफ्टरले दुई हजार, उत्कृष्ट डिफेन्डरले २ हजार पाउने छने भने अनुशासित टिमलाई प्रमाणपत्र प्रदान गरिने छ ।
यो बारेमा तपाईको प्रतिकृया