Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गोमेल युरो कपका लागि रामेछापबाट छनौट भएका खेलाडीलाई विदाई

बद्री नयाँघरे बद्री नयाँघरे
२८ आश्विन २०७६, मंगलवार
in खेलकुद
0
516
SHARES
Share on FacebookShare on Twitter

मन्थली- २०१९ अक्टोबर १८ र १९ तारिखमा बेलारुसमा हुन लागेको गोमेल युरो ओपन कप २०१९ अघारौं इन्टरनेशनल कराँते कम्पिटिसन गेमको लागि रामेछापबाट छनौट भएका पाँच कराँते खेलाडी र प्रशिक्षक एवं रेफ्रीलाई विदाई गरिएको छ । खेलाडी र प्रशिक्षकलाई सफताको शुभकामना दिँदै मन्थली नगरपालिकाले मंगलबार विदाई गरेको हो । १० जना खेलाडी सहभागी हुने अन्तरराष्ट्रिय प्रतियोगितामा रामेछाप जिल्लाबाट मात्रै पाँच खेलाडी र एक प्रशिक्षक छनौट भएका छन् ।

कम्पिटिसनको लागि मन्थली मावि कक्षा १० मा अध्ययनरत छात्रा सन्जना माझी, कक्षा ९ मा अध्ययनरत छात्र सञ्जिब तामाङ र कक्षा १२ मा अध्ययनरत छात्र विश्वास हायु त्यस्तै तामाकोशी इगंलिस बोर्डिङको कक्षा ८ मा अध्ययनरत छात्र विशाल केसी र लिटिलस्टार बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत रोशन खाती सहितको टोलीलाई मन्थली नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी विदाई गरेको हे ।

खेलाडीलाई सबैले प्रोत्सहान गर्नु पर्छ : नगर प्रमुख बस्नेत

खेलाडीहरुलाई विदाई गर्दै मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेतले राष्ट्रका लागि खेलिने खेल सबैको भएकाले खेलाडीलाई प्रोत्सहान गर्ने गरी सहयोग गर्नु पर्ने बताउनुभयो । मन्थली नगरपालिकाले नगर भित्र भएका खेलाडीलाई खेल क्षेत्रमा सहयोग पुग्ने गरी काम गरीरहेको बताउनुयो । नगर प्रमुख बस्नेतले खेलकुदको क्षेत्रमा स्थानीय सरकारले भने जति सहयोग गर्न नसके पनि प्रोत्साहन स्वरुप जिल्लाबाट बेलारुसमा जान लागेको खेलाडीलाई तीन लाख सहयोग गरेको बताउनुभयो ।

खेलाडीलाई जर्सी सहयोग

रामेछापबाट प्रतियोगितामा सहभागिता जनाउने पाँच जना खेलाडी र एक जना प्रशिक्षकलाई बोगटी एण्ड ब्रर्दश कन्ट्रक्शन प्रालिले जर्सी सहयोग गरेको छ । प्रालिका संचालक नारायाण बोगटीले विदाई कार्यक्रममा खेलडीहरुलाई जर्सी हस्तान्त्ररण गर्नुभएको हो ।

हामी सबै खेलमा बाजी मार्छौ : प्रशिक्षक माझी

नेपालबाट १० जना खेलाडी सहभागि हुने प्रतियोगितामा सबै खेल जित्ने प्रशिक्षकको दाबी रहेको छ । रामेछापबाट प्रशिक्षक एवं रेफ्रीको भूमिकामा छनौटमा पर्नुभएका शुक्र बहादुर माझीले नेपालबट सहभागि भएका विभिन्न तौल समूहका खेलडीले अन्य देशका खेलाडीलाई पराजित गरेर गोल्ड मेडल आफ्नो देशले हात पार्ने दाबी गर्नुभयो । दश खेलाडी, पाँच रेफ्री र एक जना नेपाल कराते महासंघको प्रतिनिधि सहित १६ जनाको टोली बुधबार बेलारुस प्रस्थान गर्दैछ ।

Share407Tweet45Share13

Related Posts

राष्ट्रपति रनिङ्ग शिल्ड मन्थली नगरपालिकाले उचाल्यो
खेलकुद

राष्ट्रपति रनिङ्ग शिल्ड मन्थली नगरपालिकाले उचाल्यो

२८ आश्विन २०७६, मंगलवार
मन्थली न.पा.को राष्ट्रपति रनिङ शिल्ड मन्थली मावि लाई
खेलकुद

मन्थली न.पा.को राष्ट्रपति रनिङ शिल्ड मन्थली मावि लाई

२८ आश्विन २०७६, मंगलवार
घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे
कारोबार

घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान रामेछापमा नविन घिमिरे

२८ आश्विन २०७६, मंगलवार
मन्थलीमा तेस्रो रामेछाप कप सुरु
खेलकुद

मन्थलीमा तेस्रो रामेछाप कप सुरु

२८ आश्विन २०७६, मंगलवार
मन्थलीमा फुटवल प्रतियोगिता हुँदै
खेलकुद

मन्थलीमा फुटवल प्रतियोगिता हुँदै

२८ आश्विन २०७६, मंगलवार
रामेछापमा सम्पन्न तेस्रो डुंगा (लाउ) दौड प्रतियोगितामको दुबै बिधामा सुनसरी प्रथम
खेलकुद

रामेछापमा सम्पन्न तेस्रो डुंगा (लाउ) दौड प्रतियोगितामको दुबै बिधामा सुनसरी प्रथम

२८ आश्विन २०७६, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.