Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

विश्व पुस्तक दिवस र यसको महत्व

नेपाल अभियान नेपाल अभियान
१० बैशाख २०८०, आईतवार
in विचार
0
35
SHARES
Share on FacebookShare on Twitter

पुस्तक त्यो साधन हो, जसका पानामा जगत खुल्छ, पुस्तक त्यो फुल हो जसमा ज्ञानको भोको भँवरा भुल्छ । अनि पुस्तक नै त्यो सागर हो जसमा दुनिया डुब्न चाहन्छ । पुस्तक नै त्यो सोपान हो जसबाट दुनियाँ विद्वताको सगरमा पुग्न चाहन्छ । हामी पुस्तकलाई पुजा गछौं, पल्टाउँछौं अनि अक्षरहरूसँग भुल्छौं र जीवन र जगतप्रतिको दृष्टिकोण बनाउँछौं । एक अक्षर, दुई अक्षर गर्दै शब्द बुन्दाको त्यो आनन्द सायदै हामीले भुलेका हौला । जब हामी पुस्तक समाउँछौं । तब बेग्लै ढंगले आनन्दित हुन्छौं । कतिले विविध समस्याका कारण पुस्तकसँग रमाउन पाएका छैनन । कतिले पुस्तक पाएर पनि विषयवस्तुसँग रमाउन सकेका छैनन् । आजको विश्वलाई परिवर्तनको यो स्थितिमा पु¥याउने ज्ञानको भण्डार पुसतकको इतिहाससम्बन्धी खास एकिन मिति पाउन नसकिए तापनि प्राचीन संस्कृत सभ्यताका विविध ग्रन्थ तथा ग्रिसेली सभ्यताका महान् साहित्यकार होमरका इलियड र ओडिसीलाई विशेषरूपमा लिने गरिन्छ । त्यसपछिका कैयौं विद्वान्ले विभिन्न विधाका पुस्तक रचना तथा प्रकाशनको क्षेत्रमा उल्लेख्य योगदान गर्दै आएका छन् । वर्षौसम्मको पुस्तक लेखन तथा प्रकाशनाको कार्यले हालको स्थितिमा हामी आइपुगेका छौं । यो क्रम अझ समुन्नत हुँदै जाने क्रममा रहेको छ । पुस्तक रचना तथा प्रकाशनको अझ प्रवद्र्धनका लागि संसारभर स्थापित विभिन्न पुरस्कारले पनि यो क्रमलाई विशिष्ट प्रकारले सघाउ पु¥याइरहेका छन् । नोबेल पुरस्कार, पुलित्जर पुरस्कार, बुकर पुरस्कार लगायतका विभिन्न प्रतिष्ठित पुरस्कार पनि पुस्तक लेखक  तथा प्रकाशकको विकासकै लागि स्थापित छन् ।

यसै सिलसिलामा युनेस्कोले सन् १९९५ अप्रिल २३ देखि “विश्व पुस्तक दिवस” पनि वार्षिक रूपमा मनाउँदै आएको छ । जसको मुख्य उद्देश्य पुस्तक पढाइ, छपाइ तथा प्रतिलिपी अधिकारको प्रवद्र्धन गर्नु रहेको छ । यस क्रमको विगत हेर्ने हो भने हामीले स्पेनका पुस्तक  व्यवसायीहरूको प्रयासलाई सह्राना गर्नुपर्ने हुन्छ । उनीहरूले त्यहाँका विद्वान् लेखक मिगुल डे कार्भेन्टसको निधनको दिन पारेर यो क्रमको शुरूवात गरेका हुन् । सन् १९९५ मा अप्रिल २३ लाई विश्व पुस्तक तथा प्रतिलिपि अधिकारका दिवसका रूपमा मनाउने निर्णय ग¥यो । हाल आएर यो दिवस विश्वका सय भन्दा बढी मुलुकमा अध्ययन महोत्सवका साथै पुस्तकको लेखन, प्रकाशन, अध्ययन र प्रवद्र्धनका रूपमा मनाइन्छ । विकसित देशहरूमा यस दिवसलाई राज्यले प्राथमिकतामा राखी राज्यका तर्फबाट नै विभिन्न कार्यक्रम गरिंदै आएको छ ।

यति लामो इतिहास बोकेको विश्व पुस्तक दिवस विविध कठिनाइका कारण सन् २००९ बाट मात्र नेपालमा मनाउन शुरू गरियो । यसको श्रेय निश्चय नै नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ लाई जान्छ । यो महासंघले अप्रिल २३ लाई विविध कार्यक्रमका साथ मनाउँदै आएको छ । यसले विभिन्न समयमा तय गरेका कार्यक्रमहरूमा प्रभातफेरि, श्रष्टा सम्मान, अन्तरक्रिया, शैक्षिक महोत्सव, पुस्तक प्रदर्शनी साथै अन्य रचनात्मक कार्यक्रम रहँदै आएका छन् । ज्ञानको फैलावट र विष्फोटन भइरहेको आजको युगमा हामी नेपालीमा पनि पुस्तक पठन संस्कृतिको उल्लेखनीय वृद्धि भइरहेको छ ।

विभिन्न समयमा भएका पुस्तक प्रदर्शनीले पनि सो कुराको पृष्टि गरिरहेका छन् । स्थानीयस्तरमा तथा क्षेत्रीय हुँदै राष्ट्रियस्तरमा आयोजना गरिने यस्ता विविध कार्यक्रममा राज्यको  तर्फबाट पनि विशिष्ट किसिमको प्रयास हुन सके नेपाली पाठक, समाज अनि समग्र राष्ट्र कै प्राज्ञिकस्तरमा अझ उन्नती हुने कुरामा दुईमत नरहला । पुस्तक दिवसको सन्दर्भ पारेर राज्यका तर्फबाट पनि विभिन्न रचनात्मक कार्यक्रमहरू आउन सकेमा पुस्तक दिवसको महत्व सम्पूर्ण नेपालीमा फैलने साथै पुस्तक र यससँग सरोकार राख्ने सबैमा आशाको दियो प्रज्वलन हुनेछ । 

(शर्मा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सदस्य हुन)

Share14Tweet9Share2

Related Posts

योग साधना र उपयुक्त समय  
विचार

योग साधना र उपयुक्त समय  

१० बैशाख २०८०, आईतवार
वसुधैव कुटुम्बकमका लागि योग ः नवौँ अन्तर्राष्ट्रिय योग दिवस २०२३
विचार

वसुधैव कुटुम्बकमका लागि योग ः नवौँ अन्तर्राष्ट्रिय योग दिवस २०२३

१० बैशाख २०८०, आईतवार
 मन्थली–काठमाडौँ नियमित उडान हुने निश्चित 
विचार

 मन्थली–काठमाडौँ नियमित उडान हुने निश्चित 

१० बैशाख २०८०, आईतवार
“राष्ट्रपति,उपराष्ट्रपति वा सभामुख काँग्रेसले पाउने सम्भावना छैन”–सचिब बिष्ट
विचार

“राष्ट्रपति,उपराष्ट्रपति वा सभामुख काँग्रेसले पाउने सम्भावना छैन”–सचिब बिष्ट

१० बैशाख २०८०, आईतवार
मन्थलीमा प्रधानमन्त्री परियोजनाको समिक्षा
आधारभूत

मन्थलीमा प्रधानमन्त्री परियोजनाको समिक्षा

१० बैशाख २०८०, आईतवार
युक्रेन संकट पराकाष्ठको बिन्दुमा : पुटिन दम्बको प्रतिफल बेहोरदै सारा संसार
विचार

युक्रेन संकट पराकाष्ठको बिन्दुमा : पुटिन दम्बको प्रतिफल बेहोरदै सारा संसार

१० बैशाख २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.