Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

 मन्थली–काठमाडौँ नियमित उडान हुने निश्चित 

नेपाल अभियान नेपाल अभियान
४ जेष्ठ २०८०, बिहीबार
in विचार
0
158
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ४ जेठ  । आगामी जुन महिनाबाट रामेछापको सदरमुकाम  मन्थलीबाट काठमाडौँका लागि  नियमित उडान निश्चित  भएको छ । जिल्ला समन्वय समितिको पहलमा बिहीबार  बसेको जिल्लाको सर्व पक्षीय बैठकले गरेको निर्णयपछि मन्थली –काठमाडौँ,काठमाडौँ – मन्थली सम्म हप्तामा एक दिन शुक्रवार नियमित जहाज चल्ने निश्चित भएको हो  ।

मन्थली  विमानस्थल भएर दैनिक लुक्लाका लागि सयौँ  पर्यटकहरू लिएर दर्जनौँ जहाज चल्ने र सर्वसाधारण भने सङ्कटमा पनि त्यसको उपयोग गर्न नपाउने भएपछि लामो समयदेखि जहाज कम्पनीहरू सँग सर्व साधारणहरूको गुनासो निकै चुलिएको थियो । उक्त गुनासाहरुका आधारमा सङ्घीय सांसद पूर्ण बहादुर तामाङको अगुवाई र प्रदेशसभा सदस्य र मन्थली नगरापालिकाका प्रमुख समेतको सहयोगमा दुई महिना अघिबाट सुरु गरिएको प्रयासले आजको  सर्वदलीय बैठक सँगै पूर्णता पाएको  हो । 

आगामी जुन महिनाबाट प्रत्येक हप्ताको शुक्रवार मन्थली बाट नियमित उडान गर्दे आएका  तारा, समिट र सीता एयर प्रालिले पालोमा मन्थली–काठमाडौँ नियमित उडान गर्नका लागि सबै तयारी पुरा भएको नागरिक उड्डयन कार्यालय रामेछापले जनाएको छ ।  जेठ ३ गते भएको प्राधिकरणका पदाधिकारी र वायुसेवा कम्पनीका पदाधिकारीहरू बिच भएको निर्णयका आधारमा आजको बैठकले उडान नियमित  गराउनका लागि सबै पक्षले सक्रिय र सकारात्मक पहल गर्ने निर्णय भएको जिल्ला समन्वय अधिकारी विनीता भट्टराईले जानकारी दिइन् । 

उक्त निर्णयले जिल्ला  वासीहरुलाईनै खुसी बनाएको नागरिक अगुवा टीका भट्टले बताए । उनले भने जिल्लाको सम्पत्तिको रूपमा पहिचान बनाएको मन्थली एयरपोर्टबाट पैसा तिरेर काठमाडौँ जान्छु भन्ने बिरामी तथा सर्व साधारणका लागि कम्पनीहरूले रोक लगाएका कारण उत्पन्न समस्या बिहीबार बाट समाधान भएको छ । 

बैठकमा बोल्ने सबै सहभागीहरूको भने एउटै आवाज रहेको थियो । उनीहरूले जहाजको उडानलाई नियमित बनाउन सके त्यसबाट सर्व साधारणले पनि राहतको महसुस गर्ने भएकोले यसको निरन्तरतामा जोड दिएका थिए । यसका लागि भाडा दरलाई पनि सर्व सुलभ बनाउनु पर्ने पनि उनीहरूले तर्क गरे । 

बैठकमा मन्थली नगर प्रमुख लव श्रेष्ठले वायुसेवा कम्पनीहरू नाफामुखी मात्रै बनेकाले सेवा मुखी पनि बनेर रामेछापका नागरिकको माग अनुसार छिटो भन्दा छिटो नियमित उडान गर्नुपर्ने कुरामा जोड दिए  ।

मन्थली विमानस्थलमा रात्रिकालीन विमान पार्किङ राखेर लुक्लाका लागि उडान गर्ने तारा, सीता र समिट एयरलाई नागरिक अगुवा,स्थानीय सरकार, राजनीतिक दल र सांसदहरूले समेत पटक पटक सातामा  एउटा उडान काठमाडौँका लागि राख्न आग्रह गर्दै आएको भएपनि विमान कम्पनीहरूले भने उक्त कुराको वेवास्ता गर्दे आएका थिए ।

 बैठकमा बोल्दै नेपाली काँग्रेस रामेछापका उप– सभापति लेख बहादुर कार्कीले लुक्लाका लागि दैनिक दर्जनौँ उडान गर्ने विमान कम्पनीले मन्थली–काठमाडौँको एउटा पनि उडान नराखेर आम जिल्लावासीको आत्मा सम्मानमा चोट पुराएको बताए । उनले भने उक्त निर्णय सँगै बिरामी, अशक्त, गर्भवती, शल्यक्रियाका बिरामीहरूलाई राहतको अनुभूति हुने छ ।  

नागरिक उड्डयन प्राधिकरणले (वसन्त ऋतु) को चैतदेखि जेठ महिनासम्म र (शरद ऋतु) को असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म रामेछापको मन्थली विमान स्थल मार्फत लुक्ला पर्यटक लैजाने व्यवस्था गरेको छ । यो सिजनमा मन्थली विमान स्थलबाट दैनिक झन्डै एक हजार ५सय पर्यटकहरूको आवोत जावोत हुँदै आएकोले पनि उक्त एअरपोर्टको महत्व बढेको छ । 

Share63Tweet40Share11

Related Posts

योग साधना र उपयुक्त समय  
विचार

योग साधना र उपयुक्त समय  

४ जेष्ठ २०८०, बिहीबार
वसुधैव कुटुम्बकमका लागि योग ः नवौँ अन्तर्राष्ट्रिय योग दिवस २०२३
विचार

वसुधैव कुटुम्बकमका लागि योग ः नवौँ अन्तर्राष्ट्रिय योग दिवस २०२३

४ जेष्ठ २०८०, बिहीबार
विश्व पुस्तक दिवस र यसको महत्व
विचार

विश्व पुस्तक दिवस र यसको महत्व

४ जेष्ठ २०८०, बिहीबार
“राष्ट्रपति,उपराष्ट्रपति वा सभामुख काँग्रेसले पाउने सम्भावना छैन”–सचिब बिष्ट
विचार

“राष्ट्रपति,उपराष्ट्रपति वा सभामुख काँग्रेसले पाउने सम्भावना छैन”–सचिब बिष्ट

४ जेष्ठ २०८०, बिहीबार
मन्थलीमा प्रधानमन्त्री परियोजनाको समिक्षा
आधारभूत

मन्थलीमा प्रधानमन्त्री परियोजनाको समिक्षा

४ जेष्ठ २०८०, बिहीबार
युक्रेन संकट पराकाष्ठको बिन्दुमा : पुटिन दम्बको प्रतिफल बेहोरदै सारा संसार
विचार

युक्रेन संकट पराकाष्ठको बिन्दुमा : पुटिन दम्बको प्रतिफल बेहोरदै सारा संसार

४ जेष्ठ २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.