Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो पोलमा झुण्ड्याउने हो त ?, मन्त्रीज्यू !

नेपाल अभियान नेपाल अभियान
१२ बैशाख २०७७, शुक्रबार
in राजनीति, विचार
0
82
SHARES
Share on FacebookShare on Twitter

नेपाल सरकारका वर्तमान पर्यटन मन्त्री मा. योगश भट्टराइज्यूले कोरोना भाइरसको महामारी अन्त्य भएपछि नेपालका सबै कर्मचारीहरुलाई १ महिने घुम्ने बिदा दिने घोषणा गर्नुभएको छ । महामारीमा आफ्नो ज्यानको बाजी लगाएर कामगर्ने कर्मचारीहरुको लागि बडो खुसीको कुरा हो यो । सरकारको तर्फबाट कर्मचारीहरुको जाँगर बढाउनको लागि अग्रीमरुपमा गरिएको यो घुम्ने बिदा उपहारले सबैको मनोबल बढाएकै होला भन्ने विश्वास गरिएको छ । यो उपहार प्राप्त गर्ने पहिलो अधिकार यो महामारीसँग अग्रमोर्चामा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरु (जसलाई बेला–बेलामा सरकारलाई हेपेको अभियोगमा स्पष्टिकरण र कार्बाही पनि भोग्नुपरिरहेको छ) लाई दिइनुपर्दछ । त्यसो गर्दा देशका सबै सरकारी तथा हाल कोरोनाको महाप्रकोपमा पनि सेवा गर्नको लागि निरन्तर लागि परेका सबै अस्पतालहरु बन्द हुन्छन् र अहिले राष्ट्रलाई संकट परेको बेलामा अस्पतालको ढोका बन्द गरेर बस्ने मार्सीवाला प्रसाइँ जी लगायत पाण्डे जीहरुको अस्पतालहरु मारामार चल्नेछन् । त्यसो हुँदा मन्त्रीज्यूका पार्टनरहरु पनि खुसी प्रधानमन्त्री र पार्टीका नेताहरु प्नि खुसी । दुबै हातमा लड्डु मन्त्रीज्यूको ।

अर्को घुम्ने बिदाको उपहार मन्त्रीज्यूकै मन्त्रालय अन्तर्गतका कर्मचारीहरुलाई पनि दिइनु पर्दछ । यसो गर्दा नेपालबाट वाइडबढी जहाज (जुन जहाजहरु यो सरकारलाई अत्यन्तै दुहुनो गाई सावित भएका छन्) प्रयोग गरी बिदेशी नागरिकहरुलाई उनिहरुको देशमा पठाउँदा विभिन्न माध्यमबाट प्राप्तहुने कमिशनको रकम राम्रोसँग हिसाब किताब गरी भागबण्ड गर्न अवसर प्राप्त हुन्छ मन्त्रीज्यूलाई । घुम्न पाएको कर्मचारीहरु प्नि खुसी अनी सरकारमा रहेका सबै जना खुसी ।

अर्को घुम्ने बिदा कोरोनाको महामारीलाई निस्तेज बनाउन लागिपर्ने निजामती कर्मचारी लगायत अन्य क्षेत्रका कर्मचारीहरुलाई पनि दिइनुपर्दछ । त्यसो गर्दा कोरोना महामारी रोक्नको लागि चीनबाट सामाग्री ओसार्न आफ्नै भाई, भजित र छोराहरुसँग साझेदारीमा संचालन भइरहेको ओम्नी कम्पनिसँगको सम्झौता अनुसारको रकम र मुलुकभर क्षणभरमै हल्ली खल्ली मच्चीएको सो कम्पनीसँगको मिलेमतोमा भएको भ्रष्टाचारलाई पनि अन्तिमरुप दिएर फायल गायब बनाउन पाइने अवसर प्राप्त हुन्छ । यस्तो मौका नछोड्नुहोला मन्त्रीज्यू ।

मन्त्रीज्यू आफ्नो र आफ्ना मान्छेहरुको लागि  काम गर्ने मौका यही हो । सँधैभरी यस्तो मौका आउँदैन । यस्तै बेलामा मान्छेलाई गुन लगाइ राख्नुस् पछि फेरी मन्त्री हुन पाइन्छ कि पाइँदैन के थाहा ।  तपाइँले देखिहाल्नु भाको छ नि तपाइँको साथीको मृत्यू भएपछि पाएको अप्ताली मन्त्री हो हजुरले पनि । कतै गोकर्ण विष्ट र शेरबहादुर तामाङ जस्तै घोक्रेठ्याकमा पर्न पनि सक्नुहुन्छ तपाइँ पनि । तपाइँको कर्मचारीहरुलाई १ महिने घुम्ने बिदाको अवधारणा र तपाइँकै पधानमन्त्रीज्यूले ल्याउनु भएको अध्यादेशले त तपाइँहरुलाई धेरैकुराहरु मिलाउने अवशर प्राप्त भएको छ ।

एक महिने घुम्ने बिदामा सेना र प्रहरीलाई चाहिँ नपाठाउनुहोला । योगदान कै हिसाबले उहाँहरुको योदान पनि अतुलनिय छ ।  सुरक्षाकर्मी विशेष गरी नेपाल प्रहरीले यो कोरोनाको महामारीमा आफ्नो ज्यानको समेत पर्वाह नगरी काम गर्नुभएको छ । समग्रमा सबै सुक्षा निकायले यो महामारीमा आ–आफ्नो ठाउँबाट योगदान दिनुभएको छ । उहाँहरुलाई समेत बिदा दिएर घुम्न पठाउँदा तपाइँहरुको कर्तुत् जनताले थाहापाएर गुठी जग्गा हडप्न खोज्दा गुठीयारहरुले माइतीघर मण्डलामा जम्मा भएर सरकारलाई चुनौती दिएको जस्तो कोरोना महामारीमा लकडाउनको मारमा परेकाले उनिहरुको नाममा आएको राहत रकम र अन्य सामग्रीहरु सरकारमा बस्नेहरुले खाएको भेउपाएर तपाइँहरुमाथी आइलागे भने कस्ले बचाउँछ ? त्यसकारण सुरक्षा निकायलाई कतै नपठाउनुहोला उहाँहरुको काम धेरै संवेदनशिल छ देश र जनताको लागि ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीमा नेपाली जनताहरुले पनि त आ–आफ्नो स्थानबाट ठूलो योगदान दिएका छन् नि । उहाँहरुलाई चाहिँ कुन र कस्तो. किसिमको उपहार दिनुहुन्छ नि ?  सरकारको तर्फबाट । यो सरकारको तर्पmबाट नेपाली जनताहरुले त खास केहिकुराको पनि आसा गरेका त छैनन् तर सरकारको मन कमलो भएको हो भने नेपाली जनताहरुलाई  मदन भण्डारी र जीवराज आश्रितका हत्याराहरु को हुन् भन्दिनुस् । अहिले सरकारमा मदन÷आश्रित हत्या काण्डमा छानविन समितिमा एकल नेतृत्व गर्दै संयोजक बन्नुभएका व्यक्ति क. केपी ओलीज्यू प्रधानमन्त्री र क. मदन भण्डारीकी धर्मपत्नी क. विद्या भण्डारी राष्ट्रपति हुनुभएको बेलामा  यो सरकारलाई त्यती काम गर्न कठिनाइ हुँदैन । यो एउटा उपयुक्त उपहार हुने छ नेपाली जनताहरुको लागि ।

अहिले कोरोना महामारीको चपेटामा चेपिएका नेपाली जनताहरुलाई विभिन्न प्रकारले कुराको खेती गरेर अल्मल्याउने काम गर्नुभएको छ प्रधानमन्त्रीज्यूले । जनताहरुलाई ८०÷९० करोडको राहत प्रदान गरिसकिएको भन्नु भएको छ तर लकडाउनको मारमा परेका नागरिहरु भोक भोकै शहर छाडेर गाउँ तर्फ प्रस्थान गरेका छन् । हिँड्न नसकेर एक जना बालकको बाटैमा ज्यान समेत गएको छ । जनताको यस्तो बेहाल छ । जनताको नाममा आएको  यो कराडौं रकम क–कस्लाई बाँडेर खानुभयो भन्ने कुरा नेपाली जनता जान्न चाहान्छन् । यो पनि भन्दिनुभयो भने अर्को उपहार हुन्छ जनताहरुको लागि । उपहार दिन चाहानुहुन्छ भने त अहिलेको महामारीको विरुद्धमा सबै शक्तिसँग हातेमालो गर्दै अगाडी बढ्नु पर्नेमा प्राथमिकता भुलेर सरकार निरंकुश बन्न र आफ्नो स्वार्थ पूर्तिको लागि अपराधिक मानसिकताले ल्याएइका २ वटा अध्यादेश फिर्ता लिएर जनताहरुलाई अर्को उपहार दिन सक्नुहुन्छ । बिगत देखिनै नेपाली जनताहरुले सरकारसँग आश गरेका अन्य कुराहरु जस्तै निर्मला  हत्याकाण्डका अपराधिहरु सरकारकै संरक्षणमा छन् नत्र किन बाहिर ल्याइदैनन् त भन्ने सवाल, अनि सरकारी गाडी र सरकारी मान्छेकै मिलेमतोमा ३३ केजी सुन एयरपोर्टबाट ल्याएर गायब बनाइएको छ त्यो मुद्दासँग सम्बन्धित मान्छेहरुलाई किन कार्बाही नगरेको त्यो मुद्दालाई किनारा लगायर अपराधीलाई कार्बाही भएको देख्न चाहान्छन् नेपाली जनताहरु । अनि वालुवाटारको जग्गा प्रकरणमा आफ्ना नेताहरु र छोरा भतिजाहरुलाई किन कार्बाही गरिएन ? उनिहरुलाई कार्बाही गरेर पनि नेपाली जनताहरुलाई अर्को उपहार दिन सक्छ यो सरकारले । चीनबाट कोरोना भाइरसको उपचारको लागि सामग्रीहरु ल्याउँदा नेताहरु, तपाइँ लगायतका मन्त्रीहरुको संलग्नतामा खोलिएको ओम्नी कम्पनि सँग भएको करोडौंको भ्रष्टाचारको छानविन गरी दोषीलाई कार्बाही गरेर देखाउनुस् नेपाली जनता धेरै खुसी हुन्छन् ।

वाइडबडी जहाज खरीदमा भएको अनियमीतताको छानविन गरेर दोषिहरुलाई कार्वाही भएको हेर्न चाहान्छन् नेपाली जनताहरु ।  सक्नुहुन्छ मन्त्रीज्यू ? यी उपहारहरु नेपाली जनताहरुलाई दिन ।

नेपाली जनता आफ्नो परिश्रम र मेहनेतले उब्जाएर मिठो पिठो जे जस्तो हुन्छ त्यस्तै खाएर बस्न तयार छन् । माथि उल्लेख गरिएका कामहरु गरिदिनुभएमा धेरै खुसीहुने छन् र फेरी विगतमा प्रधान्मन्त्रीज्यूको फोटो मुलुकका सबै विजुलीका पोलहरुमा मात्र हैन सबै जंगलका रुखहरुमा पनि राख्न मिल्ने जति सबै ठाउँमा झुण्ड्याउने काम जनताले गर्नेछन् । ल आँट गर्नुस् मन्त्रीज्यू यस्तो मौका आउँदैन जनता रिझाउने । प्रधान्मन्त्री र राष्ट्रपतिको फोटो पोलमा झुण्ड्याउने काम गर्ने हो त मन्त्रीज्यू ?

(लेखक कार्की, नेपाली काँग्रेस रामेछापका जिल्ला सचिव हुनुहुन्छ)

Share33Tweet21Share6

Related Posts

सुकाजाेर आजदेखि अनिवार्य तथा नि:शुल्क शिक्षा वडा घाेषणा
विचार

सुकाजाेर आजदेखि अनिवार्य तथा नि:शुल्क शिक्षा वडा घाेषणा

१२ बैशाख २०७७, शुक्रबार
कुलमानलाई हटाएको बिरोधमा मन्थलीमा राँके जुलुस प्रदर्शन
राजनीति

कुलमानलाई हटाएको बिरोधमा मन्थलीमा राँके जुलुस प्रदर्शन

१२ बैशाख २०७७, शुक्रबार
अनेरास्ववियुको विजय जुलुस प्रदर्शन
राजनीति

अनेरास्ववियुको विजय जुलुस प्रदर्शन

१२ बैशाख २०७७, शुक्रबार
सुनकोसीमा ३५ जना प्रबेश
राजनीति

सुनकोसीमा ३५ जना प्रबेश

१२ बैशाख २०७७, शुक्रबार
नेपाली काँग्रेस प्रदेश सभा ‘ख’ ले तोक्यो प्रतिनिधि
राजनीति

नेपाली काँग्रेस प्रदेश सभा ‘ख’ ले तोक्यो प्रतिनिधि

१२ बैशाख २०७७, शुक्रबार
राप्रपाको प्रशिक्षण कार्यक्रम सम्पन्न
राजनीति

राप्रपाको प्रशिक्षण कार्यक्रम सम्पन्न

१२ बैशाख २०७७, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.