चिनको हुवाई प्रान्तबाट विश्वब्यापी महामारीको रुपमा फैलियर तेश्रो विश्व युद्धको झल्को दिने गरि नर सम्हार गर्न सफल नोवेल कोरना भाइरसको महामारीले यो लेख तयार हुदाँका बखत सम्ममा विश्वभर ५० लाख बढी मानिस कोरना संक्रमित भएका छन् भने ३ लाख भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यो महामारीका कारण विश्व त्रसित छ भने मानव जीवन आक्रान्त बनिहरेको छ । यो विश्वब्यापी महामारीले हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन, हाल सम्म नेपालमा ४ सय ४४ जना कोरना संक्रमित फेला परेका छन भने २ जना कोरनाकै कारणले मृत्युवरण गर्न पुगेका छन् ।
हाल विश्वमा यो रोग निवारणको लागि कुनै औषधि (खोप) पत्ता नलागेकोले यस रोगको संक्रमण कम गर्नको लागी सबै देशले बन्दावन्दी ९ीगअपमयधल० को अवधारणा नै अघि सारेर देश लकडाउन गर्न बाध्य भएका छन । नेपालले पनि यही कुराको अनुशरण नगरि अन्य उपाय केही रहेन । तसर्थ नेपालमा पनि २०७६ चैत्र ११ गते देखि हालसम्म पूर्ण रुपले बन्दावन्दी रहयो ।
यसरी विश्वब्यापी महामारीको रुपमा फैलिइरहेको नोवेल कोरना भाइरसको त्रास त छदै छ, यो त्रास सँगै हाम्रो जस्तो गरिव राष्ट्रमा यो लामो बन्दावन्दीका कारणले भविष्यमा पर्न जाने असरको नजरअन्दाज गर्नपनि सकिदैन । नेपालमा यो महामारी र महामारी पछिको समयमा देश र जनजीवनलाई पर्न सक्ने असरबाट सफल अवतरण गर्नको लागी हामी धेरै कुरामा चुकि सकेका छौँ ।
विश्वका सम्पन्न राष्ट्रहरुले समेत लकडाउन गरिरहेको सन्दर्भमा नेपालमा पनि लकडाउनको विकल्प त थिएन र लकडाउन नै संक्रमण फैलन रोक्ने प्रमुख माध्यम त थियो नै । तर सम्पन्न राष्ट्रहरु जस्लाई लामो समय लकडाउन गर्दा पनि उनिहरुलाई आर्थिक रुपमा खासै प्रभाव पर्दैन र त्यहाँका नागरिकहरु भोकले पनि मर्न पर्दैन, हाल पनि लकडाउनका बेला राहत स्वरुप अमेरिका, अष्ट्रिेलिया, जापान लगायत छिमेकी राष्ट्र भारतले समेत आफ्ना नागरिकलाई राम्रो राहत प्याकेजको ब्यवस्था गरेको सुन्नमा आएको छ । यी राष्ट्रहरुले रोग रोकथामको लागी पूर्व तयारी समेत राम्रो गरेका छन् र उनिहरुले हाल अन्य देशका श्रमिकहरु फिर्ता गरेर संक्रमण पश्चात समेत आफ्ना नागरिकहरुलाई रोजगारिको अवशर प्रयाप्त सृजना गर्दैछन् । तसर्थ त्यहाँका नागरिकहरु वेरोजगार बस्नु पर्दैन । तर हाम्रो देश नेपालमा गरिव वर्गले प्रयाप्त राहत पाउन सकिरहेका छैनन, मध्यमवर्गको जिवन शैली अस्तब्यस्त बनेको छ । देशमा भएका कलकारखाना उद्योग धन्दाहरु धरासायी भएर देश भित्र विगतमा काम गरिरहेका वर्गहरु समेत बेरोजगार भइरहेका छन् भने ठुलो संख्यामा वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरु देश फर्कन बाध्य छन् ।
नेपालमा पनि नोवेल कोरणा भाइरस संक्रमणको बेला बन्दाबन्दी (लकडाउन) गरियो गर्न जरुरी पनि थियो । तर देशभरी श्रम गरेर खाने श्रमिक वर्गलाई अत्यास लाग्ने गरि सबैलाई लामो दुरी सम्म पैदल हिडाएर घर पुग्न बाध्य गराउने, घरमित्रै थुनिएर बस्न ब्याध्य हुनुपर्ने, सबै कलकारखाना, उद्योगधन्दा ब्यापार ब्यवसाय ठप्प बन्ने गरि के लकडाउन (कफ्र्यु) को झल्को दिने गरि गर्न आवश्यक थियो ?
वन्दावन्दी (लकडाउन) को समयमा जो जहाँ थिए, जे जस्तो अवस्थामा थिए, जस्ले जे काम गरिरहेका थिए, सामजिक दुरी कायम गरेर पूर्ण सुरक्षाको विधि अपनाएर यथावत कार्य गर्न दिने तर बाह्य क्षेत्रबाट आवत जावत बन्द गरेको भए के जान्थ्यो ? आखिर आर्थिक गतिविधी भइरहन्थो देश चलायमान रहन्थो, गरिखाने वर्ग कोही भोकै मर्न पर्ने थिएन भने यो महामारी पछि पनि देशलाइ खासै आर्थिक भार पर्दैन थियो । आगामी दिनमा विकराल परिस्थितिको परिकल्पना गर्नु पर्ने पनि थिएन होला ।
आखिर हाल नेपालमा भएको वन्दावन्दि (लकडाउन) मध्यम वर्गको लागीमात्र सिमित छ । उच्च तथा उपल्लो वर्गलाई लकडाउनको कुनै असर छैन, उनिहरुलाई ठुला–ठुला ब्यवसायको नाममा, राहतको नाममा, जनसेवीको नाममा, अन्य केही नाममा जतिबेला पनि हिडडुल गर्न पनि खुल्लै छ । निर्वाद हिडडुल र चलखेल गरिनै रहेका छन, उच्च वर्गको पेशा तथा ब्यवसाय पनि ठुलै रहने हुँदा सरकारले तोकेको मापदण्ड पुरा गरेर पनि चलेकै छन् । यहाँ ठूला उद्योग धन्दा कलकारखाना चलेकै छन् । बन्द छन् त लघु घरेलु तथा साना उद्योगहरु, यहा ठुल–ठुला निमार्णका कामहरु चलेकै छन् । वन्द छन त केवल साना निमार्ण ब्यवसायीहरु, यहाँ होलसेल ब्यापारहरु चलेकै छन, वन्द छन त केवल खुद्रा ब्यवसायीहरु, यहाँ अवैध धन्दा रोकिएको छैन, राकिएको छ त वैध काम, उच्च ओहोदामा रहेकाहरुको तलब भत्ता पाकेकै छ, पाकेको छैन त केवल मजदुर किसानहरुको । यो भयो उच्च वर्गको अर्को दैनिक ज्यालादारीमा गुजरा गर्ने वर्ग जो हिजो दैनिक श्रम गरेर खान्थ्यो भने आज राहत थापेर जेनतेन पेट पालिरहेको छ । वाँकी मध्यम वर्ग न काम गर्न पाउँछ न राहत लिन जान्छ साच्चै लकडाउन त मध्यम वर्गलाई पो रहेछ । ‘
यदि यहि अवस्था केही समय लम्बिदैँ गयो भने नेपालमा अधिकाँस नागरिकहरु अति गरिव हुनेछन भने भोकमरीको महामारी समेत चल्ने छ । त्यो बेला न त लकडाउनले कन्ट्रोल गर्न सक्छ नत कर्फ्यूले । त्यतीबेला सम्म धनी र गरिव बिचको खाडलको दुरी कती रहला यसको लेखाजोखा गर्नै सँकिदैन । यहि कारणले भोली देशमा भोकमरी, द्वोन्द्ध र विद्रोह नजन्मेला भन्न सकिदैन त्यसैले निति निमार्ण तहमा बस्नेहरुले बेलैमा बिचार पुर्याउन आवश्यक छ ।
(लेखक कार्की उद्यमशिलता विकासको क्षत्रमा क्रियाशिल हुनुहुन्छ )
यो बारेमा तपाईको प्रतिकृया