पहिलो संविधानसभाको पहिलो बैठकले १५ जेठ,२०६५ मा नेपाललाई गणतन्त्र घोषणा गरेको थियो । आजदेखि नेपाली गणतन्त्र १२ बर्ष पुरा गरेर १३ बर्षमा प्रवेश गरेको छ । गणतन्त्र घोषणा नेपाली राजनीति, नेपाली समाजलाई लोकतान्त्रिक विधिअनुरुप हिँडाउने अर्थ-राजनीतिक प्रयासको एउटा मोड थियो ।
सामन्तवादले थोपरेको विभेद, असमानता र अप्रतिनिधोत्वको अवस्थाबाट जनताको एउटा हिस्साले परिवर्तन खोजिरहेको थियो । यी सबै तागत मिलेर भएको जनआन्दोलनले अन्ततः संविधानसभामार्फत गणतन्त्रलाई संस्थागत गर्ने आधार प्रदान ग¥यो । देश राजतन्त्रात्मक व्यवस्था फालेर गणतन्त्रतर्फ उन्मुख हुँदै गर्दा नागरिकसँग नेताहरुले बाँडेका थुप्रै सपनाहरु अझैपनि सपनानै छन् । संघीय लोकतान्त्रिक गणतन्त्रमा कसैले पनि दुःख पाउँदैनन् भनेर व्याख्या गरिन्थ्यो । तर गणतन्त्रको स्थापनापछि यतिका वर्ष बित्दापनि आम नागरिकले परिवर्तनको अनुुभुति गर्ने वातावरण बनेन् । गणतन्त्र स्थापनापछि नीति बदलिएको भएपनि त्यसअनुरुपको सोच नेतृत्वले अझै बदल्न सकेको छैन ।
आजको प्रवृत्ति हेर्दा नाममात्र फेरिएको हो । गणतन्त्र आएपछि राजाका ठाउँमा राष्ट्रपतिको प्रतिस्थापन भयो तर आवरण, पिर्के सलामि र रातो कार्पेट हेर्दा त राजकिए झल्को दिन्छ । गणतन्त्र बहाली पछिको १२ बर्षमा १० जना प्रधानमन्त्री भए झन्डै तीन सय जना मन्त्री भए तर मन्त्रीमन्डलमा महिला, दलित, जनजाति, मधेसी, अल्पसंख्यक समुदायको उपस्थित न्युन छ । न्यायालयमा समेत राजनीतिक भागबन्डाका आधारमा नियुक्ति दिने प्रचलनको सुरुवात यही गणतन्त्रमा भयो । साथमा मुलुकका लागि केही गरौँ भनेर संघर्ष गरेकालाई उपेक्षा गर्दै आफ्ना र नजिककालाई काखि च्याप्ने प्रवृत्ति यो १२ बर्षमा सबैभन्दा मौलयो । समानताकै लागि भनेर माओवादीले सशस्त्र संघर्ष सुुरु गरेको २५ वर्षमा, दोस्रो जनआन्दोलनको १४ वर्षमा, देशमा गणतन्त्र आएको १२ वर्षमा, समावेशी संविधान बनेको ४ वर्षमा छुवाछुत र जातियवादजस्ता जघन्य अपराधमा रुकुम आज फेरि पछि फर्कियो र पुरानै शैलीको बर्बर विभेद अगाडि बढ्यो । “के गणतन्त्रको मर्म यही थियो त ?” समानतालाई कागजमामात्र सिमित नराखि आम मानिसको चेतना र व्यवहारमा परिवर्तन ल्याउनु गणतन्त्र नेपालको आवश्यकता हो ।
यी १२ वर्षमा गणतन्त्रलाई संस्थागत गर्ने राजनीतिक प्रयासले सार्थकता पाएका छन् । संविधान बनेको छ । संघियता कार्यान्वयनमा आएको छ । राज्यका अन्य निकाएमा समानुपातिक प्रतिनिधित्वका आधार तयार भएका छन् । पछिल्लो निर्वाचनपछि राजनितिक स्थिरता सुरु भएपनि सरकारको नेतृत्व केन्द्रिकृत मानसिकताबाट अझै अगाडि बढ्न सकेको छैन् । आर्थिक विकासका आधारभुत सर्तलाई अस्विकार गर्दै चलेकाले जनअपेक्षा संवोधन हुुन सकेको छैन । भूकम्प, नाकाबन्दि, कोरोना महामारीसम्म आइपुग्दा हाम्रो नेतृत्व र राज्य संयन्त्रको खोक्रोपन देखिएको छ । तर यसले गणतन्त्रका सिद्धान्तलाई असान्दर्भिक बनाउँदैन बरु लोकतान्त्रिक गणतन्त्रलाई समुदायस्तरसम्म र हरेक नागरिकस्तरसम्म संस्थागत गर्न मार्ग पहिल्याउन सजिलो गर्छ ।
नेपालमा धेरै परिवर्तन भए, व्यवस्था फेरिए मुलुकको भाग्य निर्माण र निर्धारण गर्ने ठाउँमा जनताबाट निर्वाचित व्यक्ति पुगेका छन् । “भनिन्छ १२ वर्षमा त खोलापनि फर्किन्छ” आम नागरिकको जिवनमा प्रत्यक्ष अनुभुति हुनेगरी परिवर्तन छिटै होस र जनता खुसि, सुखि र समृद्ध बनुन् । आशा गरौँ देशको राजनीति साथमा नेपालीले सुनौलो विहानी चाँडै देख्ने छन् । गणतन्त्र दिवसको सम्पूर्णमा हार्दिक शुभकामना !
(लेखक घिमिरे बावियाखर्क रामेछापका हुनुहुन्छ जो रिट्ज कलेजमा अध्ययनरत हुनुहुन्छ)
यो बारेमा तपाईको प्रतिकृया