Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गणतन्त्र र बितेको बाह्र वर्ष

नेपाल अभियान नेपाल अभियान
१५ जेष्ठ २०७७, बिहीबार
in विचार
0
231
SHARES
Share on FacebookShare on Twitter

पहिलो संविधानसभाको पहिलो बैठकले १५ जेठ,२०६५ मा नेपाललाई गणतन्त्र घोषणा गरेको थियो । आजदेखि नेपाली गणतन्त्र १२ बर्ष पुरा गरेर १३ बर्षमा प्रवेश गरेको छ । गणतन्त्र घोषणा नेपाली राजनीति, नेपाली समाजलाई लोकतान्त्रिक विधिअनुरुप हिँडाउने अर्थ-राजनीतिक प्रयासको एउटा मोड थियो ।

सामन्तवादले थोपरेको विभेद, असमानता र अप्रतिनिधोत्वको अवस्थाबाट जनताको एउटा हिस्साले परिवर्तन खोजिरहेको थियो । यी सबै तागत मिलेर भएको जनआन्दोलनले अन्ततः संविधानसभामार्फत गणतन्त्रलाई संस्थागत गर्ने आधार प्रदान ग¥यो । देश राजतन्त्रात्मक व्यवस्था फालेर गणतन्त्रतर्फ उन्मुख हुँदै गर्दा नागरिकसँग नेताहरुले बाँडेका थुप्रै सपनाहरु अझैपनि सपनानै छन् । संघीय लोकतान्त्रिक गणतन्त्रमा कसैले पनि दुःख पाउँदैनन् भनेर व्याख्या गरिन्थ्यो । तर गणतन्त्रको स्थापनापछि यतिका वर्ष बित्दापनि आम नागरिकले परिवर्तनको अनुुभुति गर्ने वातावरण बनेन् । गणतन्त्र स्थापनापछि नीति बदलिएको भएपनि त्यसअनुरुपको सोच नेतृत्वले अझै बदल्न सकेको छैन ।

आजको प्रवृत्ति हेर्दा नाममात्र फेरिएको हो । गणतन्त्र आएपछि राजाका ठाउँमा राष्ट्रपतिको प्रतिस्थापन भयो तर आवरण, पिर्के सलामि र रातो कार्पेट हेर्दा त राजकिए झल्को दिन्छ । गणतन्त्र बहाली पछिको १२ बर्षमा १० जना प्रधानमन्त्री भए झन्डै तीन सय जना मन्त्री भए तर मन्त्रीमन्डलमा महिला, दलित, जनजाति, मधेसी, अल्पसंख्यक समुदायको उपस्थित न्युन छ । न्यायालयमा समेत राजनीतिक भागबन्डाका आधारमा नियुक्ति दिने प्रचलनको सुरुवात यही गणतन्त्रमा भयो । साथमा मुलुकका लागि केही गरौँ भनेर संघर्ष गरेकालाई उपेक्षा गर्दै आफ्ना र नजिककालाई काखि च्याप्ने प्रवृत्ति यो १२ बर्षमा सबैभन्दा मौलयो । समानताकै लागि भनेर माओवादीले सशस्त्र संघर्ष सुुरु गरेको २५ वर्षमा, दोस्रो जनआन्दोलनको १४ वर्षमा, देशमा गणतन्त्र आएको १२ वर्षमा, समावेशी संविधान बनेको ४ वर्षमा छुवाछुत र जातियवादजस्ता जघन्य अपराधमा रुकुम आज फेरि पछि फर्कियो र पुरानै शैलीको बर्बर विभेद अगाडि बढ्यो । “के गणतन्त्रको मर्म यही थियो त ?” समानतालाई कागजमामात्र सिमित नराखि आम मानिसको चेतना र व्यवहारमा परिवर्तन ल्याउनु गणतन्त्र नेपालको आवश्यकता हो ।

यी १२ वर्षमा गणतन्त्रलाई संस्थागत गर्ने राजनीतिक प्रयासले सार्थकता पाएका छन् । संविधान बनेको छ । संघियता कार्यान्वयनमा आएको छ । राज्यका अन्य निकाएमा समानुपातिक प्रतिनिधित्वका आधार तयार भएका छन् । पछिल्लो निर्वाचनपछि राजनितिक स्थिरता सुरु भएपनि सरकारको नेतृत्व केन्द्रिकृत मानसिकताबाट अझै अगाडि बढ्न सकेको छैन् । आर्थिक विकासका आधारभुत सर्तलाई अस्विकार गर्दै चलेकाले जनअपेक्षा संवोधन हुुन सकेको छैन । भूकम्प, नाकाबन्दि, कोरोना महामारीसम्म आइपुग्दा हाम्रो नेतृत्व र राज्य संयन्त्रको खोक्रोपन देखिएको छ । तर यसले गणतन्त्रका सिद्धान्तलाई असान्दर्भिक बनाउँदैन बरु लोकतान्त्रिक गणतन्त्रलाई समुदायस्तरसम्म र हरेक नागरिकस्तरसम्म संस्थागत गर्न मार्ग पहिल्याउन सजिलो गर्छ ।

नेपालमा धेरै परिवर्तन भए, व्यवस्था फेरिए मुलुकको भाग्य निर्माण र निर्धारण गर्ने ठाउँमा जनताबाट निर्वाचित व्यक्ति पुगेका छन् । “भनिन्छ १२ वर्षमा त खोलापनि फर्किन्छ” आम नागरिकको जिवनमा प्रत्यक्ष अनुभुति हुनेगरी परिवर्तन छिटै होस र जनता खुसि, सुखि र समृद्ध बनुन् । आशा गरौँ देशको राजनीति साथमा नेपालीले सुनौलो विहानी चाँडै देख्ने छन् । गणतन्त्र दिवसको सम्पूर्णमा हार्दिक शुभकामना !

(लेखक घिमिरे बावियाखर्क रामेछापका हुनुहुन्छ जो रिट्ज कलेजमा अध्ययनरत हुनुहुन्छ)

Share92Tweet58Share16

Related Posts

विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन
राजनीति

विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन

१५ जेष्ठ २०७७, बिहीबार
सुकाजाेर आजदेखि अनिवार्य तथा नि:शुल्क शिक्षा वडा घाेषणा
विचार

सुकाजाेर आजदेखि अनिवार्य तथा नि:शुल्क शिक्षा वडा घाेषणा

१५ जेष्ठ २०७७, बिहीबार
योग साधना र उपयुक्त समय  
विचार

योग साधना र उपयुक्त समय  

१५ जेष्ठ २०७७, बिहीबार
वसुधैव कुटुम्बकमका लागि योग ः नवौँ अन्तर्राष्ट्रिय योग दिवस २०२३
विचार

वसुधैव कुटुम्बकमका लागि योग ः नवौँ अन्तर्राष्ट्रिय योग दिवस २०२३

१५ जेष्ठ २०७७, बिहीबार
 मन्थली–काठमाडौँ नियमित उडान हुने निश्चित 
विचार

 मन्थली–काठमाडौँ नियमित उडान हुने निश्चित 

१५ जेष्ठ २०७७, बिहीबार
विश्व पुस्तक दिवस र यसको महत्व
विचार

विश्व पुस्तक दिवस र यसको महत्व

१५ जेष्ठ २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.