Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नागरिकलाई कोरोनाको कहर र गाउँ–गाउँको सिंहदरबार

नेपाल अभियान नेपाल अभियान
१५ जेष्ठ २०७७, बिहीबार
in विचार
0
110
SHARES
Share on FacebookShare on Twitter

विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसको महामारीले विश्वभर आधा करोड भन्दा बढी मानिस संक्रमित भएका छन भने साँढे तीन लाखको हारहारीमा  मृत्यु भइसकेको छ । यो महामारीका कारण विश्व त्रसित छ भने मानव जिवन आक्रान्त बनिहरेको छ । यो विश्वब्यापी महामारीले हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन । यो सामग्री तयार पार्दा सम्म नेपालमा एक हजार बढी कोरोना संक्रमित फेला परिसकेका छन् भने ५ जना ब्यक्तीले ज्यान समेत गुमाइसकेका छन् ।

यसरी विश्वब्यापी माहामारीको रुप लिइएको कोरोना भाइरसको कारणले आम सर्वसाधरण नेपालीहरु त्रसित छन् भने नेपालमा कोरोना संक्रममित देखिएको लामो समय बितिसक्दा पनि तिब्रगतिमा कोरोना परिक्षण हुन सकिरहेको छैन । भएको पनि केवल कछुवा गतिमा सिमित छ । तर्सथ आफू र आफ्ना छिमेकीहरु कोरनाको संक्रमणबाट सुरक्षित छन कि छैनन ? कतै भुसको आगो झैँ भित्र–भित्रै संक्रमण फैलिरहेको त छैन ? यहि कुराले आम सर्वसाधरण त्रसित छन् । एकातिर कोरोना संक्रमणको कारणले त्रसित छन भने अर्कोतर्फ स्वदेश तथा विदेशवाट आम नेपाली युवाहरु घर फर्किरहेका छन् भने हजारौ युवाहरुले आफ्नो रोजगारी गुमाउन बाध्य भई गाउँ–गाउँमा वेरोजगार युवाहरुको संख्या व्यापक बृद्धि भएको छ । उनिहरु हाल काम नभएर भौँतारी रहेका छन् । यसबाट भविष्यमा गाउँ समाजमा उत्पन्न रोग र भोकको परिस्थिति भयावह नहोला भन्न सकिदैन ।

साँच्चै हिजो गाउँमा खेतीपाति गर्ने बेला युवाशक्तिहरु गाउँघरमा थिएनन् । गाँउघरमा भएका सिमित कृषक त्यो पनि वृद्धवृद्धाहरुले जे जति सके त्यती नै खेतीपाति गरेर सिमित मात्रामा उब्जाएको अन्नपात र तिनै युवाहरुले कमायर ल्याएको केही रकमले यति लामो लकडाउन जेनतेन धानी रहेका छ । अब यसरी परीक्षणको दायर फराकिलो नहुने हो र अझै लकडाउन लम्बिदै जाने हो भने हिजो गाउँमा बस्ने कृषकले उब्जाएको अन्न र तिनै युवाले कमाएरको सिमित रकमले कती दिन धान्ला ? गाउँघरमा एकातिर आम युवाशक्ती वेरोजगार अर्को तर्फ भएको अन्नपात सकिदै जानेछ र विकराल भोकमरीको अवस्था सृजना हुने देखिन्छ ।

हाल यति ठूलो महामारीबाट उत्पन्न विकराल परिस्थितिमा अपवाद बाहेकका स्थानीय तहहरुको भूमिका खासै प्रभावकारी देखिएन, सिमित स्थानीय तहहरुले अलि फरक ढंगले केहि गर्न खोजेपनि समग्रमा स्थनीय सरकारहरुले सर्वसाधरणलाई शहरबाट गाउँ ल्याउनु र केही राहत वितरण गर्नु बाहेक खासै प्रभावकारी भूमिका निर्वाह गर्न सकेनन् । ताकि यति काम त हिजो स्थानीय सरकार नहुँदा बिनासकारी भूकम्पको बेलापनि भएकै थियो । साँच्चै स्थानीय सरकार जहाँ ब्यवस्थापिका, कार्यपालिका र न्यायीक समिति समेत तिनै तह रहेको आफैमा निति निमार्ण गर्न सक्ने अधिकार सम्पन्न गाँउगाँउको सिंहदरवारले यस्तो महासंकटको बेला आफ्नो नागरिकको लागि प्रभावकारी भुमिका निर्वाह गरि गाउँगाउँको सिंहदरवारको आभास दिनुपर्ने हैन र ? महासंकट र महामारी जस्तो भैपरी आएको परिस्थिति अनुसार आफ्ना निति नियमहरु परिवर्तन गर्दै खर्च नभएको बजेट महामारी रोकथाम र त्यसबाट उत्पन्न परिस्थितिको पुर्वानुमान गरि त्यससँग जुध्नको लागी त्यो अनुसारको प्याकेज कार्यक्रम ल्याउनु पर्ने हैन र ? चालु आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी हुँदा सम्म समग्र देशको कुल वजेट अठार प्रतिशत भन्दा बढी खर्च नभएको सुनिन्छ । यसरी हेर्दा पक्कै स्थानीय तहको पनि त्यसकै पेरीफेरीमा खर्च भएको र धेरै बजेट खर्च हुन बाँकी रहेको देखिन्छ । के अझै यो खर्च हुन बाँकी वजेट असारे विकासको प्रतिक्षामा हो त ? यसरी नागरिकहरु रोग र भोकले छटपटाई रहेको “रोगबाट छिटो मुक्ती र भोकबाट उम्कने जुक्ती” चाहिरहेको बेला डोजरले कान्ला भत्काउने असारे विकासले न त नागरिकहरु रोगबाट बाँच्छन नत उनिहरुको भोक नै मेटिन्छ ! ’

तसर्थ केहि समयका लागि आफ्नो पालिका भित्रका सबै नाकाहरु सिल गरेर वाहिरी आवतजावत बन्द गर्ने र स्थानीय सरकार आफैले खर्च हुन नसकेको वजेटले कोरोना रोग प्ररीक्षण प्रविधि खरिद गरी पालिका भित्रका सबै नागरिकहरुको कोरोना परिक्षण गर्दै आफ्ना नागरिकहरुमा रोग भए नभएको एकिन गरि ढुक्क हुने र भए तिनीहरुको उपचारको उचित प्रवन्ध गर्दै बाँकी रोग फैलिन नदिने कार्य गर्न सक्ने हो भने हालको परिस्थितिमा यही नै स्थानीय सरकारको ठोस र महत्वपूर्ण अविस्मरणीय कार्य हुनेछ । कोरोनाको महामारी पश्चात पनि गाउँगाउँमा भित्रिएका वेरोजगार युवाशक्तीहरुलाई रोजगार सृजना र विकासको लागि उनिहरुमा उद्यमशिलताको विकास गराउँदै सामुहिक तथा सहकारीतामा आधारित ब्यवसायीक खेती, उन्नत पशुपालन, वन तथा हस्तकलामा आधारित लघु, घरेलु तथा साना उद्यमहरु स्थापना र विकास गरि ब्यापक रोजगार सृजना गर्ने खाल्का कार्यक्रम प्याकेज मै रणनिति तयार गरि लागु गर्ने हो भने दोश्रो महत्वपूर्ण कदम हुनेछ र यी कदमहरुले आम नागरिकको रोग र भोक दुवै टर्नेछ । बल्ल नागरिकले स्थानीय सरकारको महशुस गर्दै गाउँगाउँमा सिहदरबार भएको आभास गर्ने छन् । अन्यथा यति ठूलो विषम परिस्थिति जहाँ रोग र भोकको त्राहित्राहि भएको बेला शहर बसेकालाई  शहरबाट गाउँ ल्याउनु र नागरिकको घरघरमा लगेर साबुन र माक्स बाँड्नुले मात्र आम नागरिकलाई गाउँगाउँको सिहंदरवारको आभास हुदैन । यती ठूलो अधिकार सहित परिकल्पना गरिएको गाउँगाउँको सिहंदरबार सा–सानो कुरामा अल्झिनुले उल्टो नागरिकमा वितृष्णा फैलिन सक्छ । तसर्थ कोरोनाको कहरले दिन प्रतिदिन झन–झन छटपटाई रहेका नागरिक र विषम परिस्थितिमा पनि मौन रहेको गाँउगाँउको सिहंदरवारको कुनै अर्थ रहदैन । अझै समय छ केहि गरौ, कोरोना परीक्षणको कछुवा गतिलाई कुरेर नबसौं !

(लेखक कार्की सामाजिक तथा राजनीतिक क्षत्रमा लमो समय देखि क्रियाशिल हुनुहुन्छ)

Share44Tweet28Share8

Related Posts

विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन
राजनीति

विपी राजमार्ग खुलेपनि मन्थलीबाट पूर्ण रुपमा यातायात सञ्चालन भएन

१५ जेष्ठ २०७७, बिहीबार
सुकाजाेर आजदेखि अनिवार्य तथा नि:शुल्क शिक्षा वडा घाेषणा
विचार

सुकाजाेर आजदेखि अनिवार्य तथा नि:शुल्क शिक्षा वडा घाेषणा

१५ जेष्ठ २०७७, बिहीबार
योग साधना र उपयुक्त समय  
विचार

योग साधना र उपयुक्त समय  

१५ जेष्ठ २०७७, बिहीबार
वसुधैव कुटुम्बकमका लागि योग ः नवौँ अन्तर्राष्ट्रिय योग दिवस २०२३
विचार

वसुधैव कुटुम्बकमका लागि योग ः नवौँ अन्तर्राष्ट्रिय योग दिवस २०२३

१५ जेष्ठ २०७७, बिहीबार
 मन्थली–काठमाडौँ नियमित उडान हुने निश्चित 
विचार

 मन्थली–काठमाडौँ नियमित उडान हुने निश्चित 

१५ जेष्ठ २०७७, बिहीबार
विश्व पुस्तक दिवस र यसको महत्व
विचार

विश्व पुस्तक दिवस र यसको महत्व

१५ जेष्ठ २०७७, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.