रामेछाप,२२ फागुन । यहि फागुन २७ गते हुने रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनका लागि नविन कुमार थापा मगरको नेतृत्वमा रहेको संयुक्त ब्यवसायि एबं समाबेसी समुहलाई मत माग्दै कृषकका गोठ गोठमा पुगेका छन् ।
रङ हरुको पर्व होलीको अवसर पारेर सोमवार विहान देखिनै उनीहरु होली खेल्दै मन्थलीका पसल सहित पशु पालक कृषकका गोठ गोठमा पुगेका छन् ।
“सम्पूर्ण ब्यवसायी एबं कृषकहरुको शान,नविन कुमार थापा मगरको समुह लाई मतदान” भन्दै उनीहरु प्रतिज्ञा पत्र र भोटिङ कार्ड बितरण गर्न त्याहा पुगेका हुन्
उक्त समुहले आइतवार साँझ पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो २५ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक गरेको थियो ।
प्रतिज्ञा पत्रमा फुटपाथका ब्यवसायी देखि पशुपालक कृषक सम्मको हक हितमा काम गर्न यो समूह प्रतिबद्ध भएको कुरा उल्लेख गरिएको छ ।
यो बारेमा तपाईको प्रतिकृया