Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थलीको सडक बत्ति उपयोग विहिन, जडान गरेको चार महिना वितिसक्दा पनि अझै बत्ति वलेन

नेपाल अभियान नेपाल अभियान
२३ चैत्र २०७९, बिहीबार
in विविध, समाचार, समाज
0
24
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२३ चैत्र । नेपाल विधुत प्राधिकरणले मन्थली बजार आसपासमा जडान गरेको सडक बत्ती प्रयोग बिहिन भएको छ । बजार क्षेत्रलाई रातको समयमा पनि उज्यालो राखी शान्ति सुरक्षालाई मजबुद बनाउनका लागि जडान गरिएको सडकका बत्तीहरू अहिले सम्म बल्न सुरु गरेका छैनन् ।
विद्युत प्राधिकरणले आफ्नो जिम्मेवारीलाई प्राथमिकतामा नराख्दा सडक बत्ति प्रयोग बिहिन भएको स्थानीयले गुनासो गरेका छन् ।
सडकमा बत्ति नबल्दा मन्थली बजार आसपासमा रातको समयमा हिडडुल गर्न कठिनाइ भएको छ भने चोरीका घटनाहरु बढन लागेका छन् ।
सडक बत्ति हुँदा पनि हुने गरेको अन्धकारले बजार र बजार आसपासका स्थानीयहरू मारमा परेका छन् । राती अबेरसम्म काम गरेर घर फर्कनेहरु र बिहान सबेरै “मर्निङ वाक” गर्नेहरूलाई सडक बत्ती नबल्दा धेरै समस्या भएको छ ।
मन्थली बजारमा आफ्नो व्यापार ब्यवसाय गर्ने व्यवसायीहरूलाई समेत यो समस्याले ग्रसित बनाएको स्थानीय व्यवसायी महेश्वर कर्माचार्य बताउनुहुन्छ । सडक बत्ती नबल्दा कुकुरले टोक्ने डर बढ्ने तथा विहान सबेरै क्याम्पस जाने विद्यार्थीहरुले समस्या भोग्नु परेको उनको भनाई छ । जडान गरिएको बत्ती महिनौसम्म पनि नबल्दा रातको समयमा आफ्नो घर जान पनि डराउनु पर्ने बाध्यता भएको स्थानीय मनिशा बसेल बताउनुहुन्छ । । उहाँ भन्नुहुन्छ –साँझ विहान वजार तिर निस्कदा “गलत नियत बोकेका युवाहरु बाटोभरी भेटिन्छन् । उनीहरूले बजारमा हिड्ने आफु जस्ता किशोरी र अन्य वटुवाहरुलाई जिस्क्याउने जस्ता कार्य गर्नाले साझपख बजार निस्कन डराउनु पर्ने अबस्था रहेको छ । ”
बजारमा जडान गरिएका बत्तीहरु नबल्दा देबकोटाचोकदेखि बसपार्कसम्म अति नै जोखिम मोलेर रातको समयमा हिडडुल गर्न बाध्य भएको स्थानीय तारा थापा गुनासो गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ– “बजार क्षेत्रमा नै हामी जोखिममा छौँ । बाटो अन्धकार हुन्छ । बजारमा नै टर्च बालेर हिँड्न पर्ने अवस्था छ । अँध्यारोबाट हुने जोखिमको जिम्मेवारी कसले लिन्छ ? ”

रामेछाप बितरण केन्द्र मन्थलीका प्रमुख दिपेन्द्र बुढाथोकी सडकमा रहेको बत्ती बाल्ने काम आफ्नो नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “यो काम रामेछाप बितरण केन्द्रको होइन । यो काम केन्द्रकै टेन्डर मार्फत भएको हो ।” बत्ति जडानको काम सम्पन्न भइसकेको तर अझै केही ठाउँमा बत्ति थप गर्नु परेकाले ढिलासुस्ती भएको हुन सक्ने अनुमान मेरो छ । ”
ढिला भयो भनेर स्थानीय स्तरबाट धेरै गुनासो आइरहेको छ तर हामीले माथिल्लो निकायमा पहल गरिरहेका छौ त्यसको कुनै जवाफ आएको छैन ।
चार महिना अघि चार करोडको लगानीमा रामेछापको मन्थली बजार र सुनापति गाउँपालिकाको बेथानमा गरी १ सय ७६ वटा बत्तीहरु नेपाल बिद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङले आफ्नो गृह जिल्ला र पालिकामा जडान गर्न लगाउनु भएको थियो ।
यसै विच मन्थली मा दैनिक रुपमा उपभोग गरिदै आएको बत्ति दिनमा धेरै चोटि आउने जाने गरेका कारण धेरैको विद्युतिय सामाग्रीहरु जल्ने गरेका छन् । अझ जुनसुकै बेला बिद्युत आबश्यक पर्ने बिद्युतिय सञ्चार माध्यमहरु भने यसको ठुलो मारमा परेका छन् । यस कृयाकलापले सञ्चार क्षेत्रलाई निक्कै समस्या पारेको पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरे बताउनुहुन्छ ।

Share10Tweet6Share2

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

२३ चैत्र २०७९, बिहीबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२३ चैत्र २०७९, बिहीबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२३ चैत्र २०७९, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२३ चैत्र २०७९, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२३ चैत्र २०७९, बिहीबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

२३ चैत्र २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero