
रामेछाप,१५ जेठ । सामुदायिक सिकाई केन्द्र फुलासीको आयोजनामा सोमवार बाँस वाट निर्मित हस्तकला अन्तर्गतका सामानहरू बनाउने दश दिने तालिम सम्पन्न भएको छ ।
यही जेठको पहिलो हप्ता बाट सुरु भएको उक्त तालिममा हिरामाया शिवभक्तिले प्रशिक्षण दिनुभएको थियो ।
१० जना सहभागी उक्त तालिमको समापन समारोहका अवसरमा वडा अध्यक्ष नवराज थापामगरले प्रमाणपत्र वितरण गर्नु भएको सो सामुदायिक अध्ययन केन्द्र का अध्यक्ष विष्णु प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
यो बारेमा तपाईको प्रतिकृया